एकाङ्कीकार राधिका रायाका एकाङ्कीहरूको विश्लेषण र मूल्याङ्कन {Ekankikara radhika rayaka ekankiharuko visleṣaṇa ra mulyankana}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली सङ्काय
Abstract
नेपाली साहित्यको क्षेत्रमा लामो समयदखि निरन्तर रुपमा सेवा गर्दै आएकी साहित्यकारराधिका रायाका सिर्जनाल कथा कविता, निबन्ध, एकाङ्की, समालोचना आदि नेपाली साहित्यकाविविध फाँटलाई ढाकेको पाइन्छ । नारीले ‘शिक्षा आर्जन गर्नुहुदन’ भन्ने जटिलअवस्थामा पनिशिक्षा आर्जन गरेर तत्कालीन समय र परिवेशलाइ मनन गरी साहित्य गरी साहित्य सिर्जना गनरायाका प्रायजसो रचनाहरुकमा नारी मनमस्तिष्कका अभिव्यक्तिहरू भावुकता कोमलताका साथव्यक्त भएका पाइन्छन । यहाँ राधिका रायाले कलम चलाएका साहित्यका विभिन्न विधाहरूमध्यएकाङ्की विधाका विषयमा चर्चा गद उनको ‘जीवनको इच्छा’ एकाङ्की सङग्रहको विश्लषण तथामूल्याङ्कन गरिएको छ ।
एकाङ्कीकारको रुपमा राधिका रायालाई प्रस्तुत गर्ने क्रममा यस शोधपत्रलाई पाच परिच्छेदमाविभाजन गरिएको छ । पहिलो परिच्छेदमा शोध परिचय अन्तर्गत शोधको शीर्षक, शोधको प्रयोजन,शोध समस्या शोधको उद्दश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य र महत्व, अध्ययनको सीमा,सामाग्री सङकलन विधि र शोधपत्रको रुपरेखालई प्रस्तुत गरिएको छ ।
यस शोधपत्रको दोस्रो परिच्छेदमा ‘एकाङ्कीकार राधिका रायाको जीवनीको मुख्य मुख्य अंशकापरिचय ‘अन्तर्गत रायाको जन्म, जन्मस्थान र बाल्यकाल, पारिवारिक पृष्ठभूमि शिक्षाको क्रममाविकास, व्यक्तिगत विशेषता र स्वभाव, बौद्धिक चेतना, प्रेरणा, प्रभाव र सङगत, साहित्यिक प्रेरणाआदिका विषयमा चर्चा गरिएको छ ।
तेस्रो परिच्छेदमा एकाङ्की सैद्धान्तिक परिचय र एकाङ्कीको विकासमा राधिका रायाकाउपस्थिति अन्तर्गत एकाङ्की परिचय, एकाङ्कीको स्वरुप र संरचक घटक, आधुनिक नेपाली एकाङ्कीकाविकासक्रममा राधिका रायाको उपस्थितिका क्रममा नेपाली एकाङ्कीको विकास क्रमलाई प्रस्तुतगरिएको छ ।
यसै परिच्छेदमा एकाङ्कीकार राधिका रायाका एकाङ्कीगत प्रवृत्तिको चर्चा गरिएका छ ।चौथो परिच्छेदमा राधिका रायाको आठवटा एकाङ्कीहरूको सङग्रह ‘जीवनको इच्छा’ मा
सङग्रहित एकाङ्कीहरूको विश्लेषण गरिएको छ । एकाङ्कीको विश्लेषण गर्ने क्रममा संरचक घटक–एकाङ्कीगत तत्वका आधारमा गरिएको छ । अन्त्यमा प्रत्येक एकाङ्की शीर्षक सार्थक गराउने प्रयासगरिएको छ ।
पाँचौ परिच्छेदमा उपसंहार खण्ड राखिएको छ । जस अन्तर्गत एकाङ्कीकार राधिका रायाकाएकाङ्कीकारिताको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।
यस शोधपत्रको परिशिष्ट भाग अन्तर्गत रायाको एक सम्मानपत्र, तस्वीर र सन्दर्भ ग्रन्थसूचीप्रस्तुत गरी यस शोधपत्रको रुप तयार गरिएको छ ।
