सामुदायिक तथा संस्थागत मा.वि. मा आर्थिक लगानी र शैक्षिक उपलब्धी एक अध्ययन : जलथल गा.वि.स, झापा (Samudayik tatha sansthagat ma. vi. ma aarthik lagani ra shaikshik upalabdhi ek adhyayan : Jalthal ga.bi. sa. Jhapa)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
सामुदायिक तथा संस्थागत.माध्यमिक विद्यालयमा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक
अध्ययन ः जलथल गा.वि.स.,झापा शीषकमा गरिएको एक अनुसन्धान हो । यसमा
सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयको आम्दानीको स्रोत तथा खर्चका क्षेत्रहरु
पहिचान गर्नु, सामुदायिक तथा संस्थागतमाध्यमिक विद्यालयको प्रति एकाई विद्यार्थी लागत
अनुमान गर्नु र सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयकोे प्रति विद्यार्थी लागत र
शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ ।
शोधपत्रको उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक तरिकाबाट तथ्याङ्क संकलन गरी
वर्णनात्मक र व्याख्यात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक स्रोत र अपूरा
तथ्याङ्क द्धितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार
तालिका र स्तम्भचित्रको माध्यमवाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतवाट तथ्याङ्क
संकलन गर्न छुट्टाछुट्टै प्रश्न निर्माण गरी माध्यमिक विद्यालयका प्र.अ., अभिभावक, विद्यार्थी र
विद्यालय व्यवस्थापन समिति लाई प्रत्यक्ष रुपमा प्रश्न सोधेर संकलन गरिएको थियो भने
यसका साथै अवलोकन सुचि र छलफल निदशिकाको माध्यमवाट प्रत्यक्ष अवलोकन र
लक्षित समुह छलफल सञ्चालन गरी प्राथमिक तथ्याङ्क संकलन गरीएको थियो जसका लागि
उद्देश्यमुलक र सुविधाजनक नमुना छनौटका आधारमा जलथल गा.वि.स. मा रहेका
सामुदायिक तर्फ श्री लक्ष्मी माध्यमिक विद्यालय र संस्थागत तर्फ चिल्ड्रेन गार्डेन अंग्रेजी
माध्यमिक विद्यालयलाई छनौट गरिएको थियो । द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित
गा.वि.स., अर्थ मन्त्रालय, माध्यमिक शिक्षा परिषद, जिल्ला शिक्षा कार्यालय, केन्द्रीय तथ्याङ्क
विभाग, पत्रपत्रिका र अन्य प्रकाशित तथा अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको छ ।
सामुदायिक र संस्थागत माध्यमिक विद्यालयको भौतिक अवस्था हेर्दा ६ वटा पक्की भवन
रहेको सामुदायिक माध्यमिक विद्यालयको कक्षाकोठामा औषतमा ४जना विद्यार्थी बराबर १
डेक्स बेञ्चको व्यवस्था भएको र प्रति विद्यार्थी क्षेत्रफल २.४४ वर्ग फिट रहेको पाइयो भने
संस्थागत विद्यालयमा २ वटा पक्की भवन भएकोमा जसमा कक्षाकोठामा औसतमा ३ जना
विद्यार्थी बराबर १ वटा डेक्स बेञ्चको ब्यवस्था भएको र प्रति विद्यार्थी २.५७ वर्ग फिट
क्षेत्रफल रहेको देखियो । दुवै माध्यमिक विद्याललयमा खेल मैदान रहेको, १÷१ वटा
पुस्तकालय, कम्प्युटर कक्षा र शौचालयको सुविधा दुवै विद्यालयमा रहेको पाइयो । पिउने
पानीको लागि दुवै विद्यालयमा टयुवेलको व्यवस्था रहेको पाइयो ।