प्राथमिक तहका विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र सिकाइ उपलब्धि {Prathamik Taha ka Bidharthiko Pariwarik Arthik Awastha ra Sakai Upalabdhi}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
प्राथमिक तहका विद्यार्थीको पारिवारिक आर्थिक अवस्था र सिकाइ उपलब्धि नामक शोधशीर्षकको मुख्य उद्देश्य प्राथमिक तहका विद्यार्थीले प्राप्त गरेको सिकाइ उपलब्धिको उनीहरुका पारिवारिक अवस्था सँग तुलना गर्ने रहेको छ । यो अध्ययनले सर्वेक्षणमा आधारित विश्लेषणात्मक अध्ययन विधि प्रयोग गरेको छ । यस अध्ययनको क्रममा उदयपुर जिल्लाका मुर्कुची स्रोतकेन्द्र अन्तर्गत २१ वटा विद्यालयहरु मध्ये गोला प्रथाद्धारा ६ वटा विद्यालयहरु छनोट गरिएको छ । प्रत्येक विद्यालयवाट लिङ्ग, जातिगत
आधार नवनाइ ६ वटा विद्यालयका कक्षा ५का पारिवारिक आर्थिक अवस्था सवल भएका र पारिवारिक आर्थिक अवस्था दर्वल भएकाविद्यार्थी क्रमशः २÷२ जना गरी जम्मा १२÷१२ जनाको दुइ समह खडा गरी सो वाट विद्यार्थीकाछनोट गरिएका छ । अध्ययनको मूख्य आधार विद्यार्थीको अघिल्लो वर्ष जिल्ला स्तरिय परीक्षामाविद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्कलाई लिइएका छ भने ६ वटा विद्यालयका प्र.अ. ६, शिक्षक ६ रअभिभावक पनि सवल अवस्था र दुर्वल अवस्थाका १÷१ गरी १२ जना सुविधाको आधारमा गरीजम्मा ४८ जनामा यो अध्ययनअधारितछ ।
यस अध्ययनमा छनोट गरिएका विद्यार्थीको प्राप्ताङ्कलाई सवल र दुर्वल अवस्था अनुसारतालिकीकरण गर्ने, ब्याख्या गर्ने, विषयगत प्राप्ताङ्क तुलना गर्ने, मध्यमान, मध्यिका निकालीप्रष्टियाउने प्रयास गरिएको छ । साथै आवश्यकता अनुसार स्तम्भ चित्र, वृतचित्र र रेखाचित्रमासमेत उपलब्धिदेखाउने प्रयास गरिएको छ ।
पारिवारिक आर्थिक अवस्था सवल भएका विद्याथीमा १ जना पनि दलित नपर्नु र दुर्वलभएका विद्यार्थीमा साठी प्रतिशत दलित पर्नु, आठवटा विषयमा सवल भएका विद्यार्थीकानेपालीमा वढी अंक र गणितमा कम अंक ल्याउनु, दुर्वल भएका विद्यार्थीको अंग्रजीमा वढी रनेपालीमा कम उपलब्धि भएको पाइयो । सि.अ.क. र शारीरिक विषयमा अन्य विषय भन्दातुलनात्मक रुपमा कम भिन्नता रहनु, मध्यमान र मध्यिका १६.५१ र १३.१ को भिन्नताले सवलविद्याथीका उपलब्धिवढी पाइनु, प्र.अ., शिक्षक र अभिभावकको प्रतिक्रियाका आधारमा आर्थिक अवस्थाले सिकाइ उपलब्धिमा प्रभाव पार्ने, गरिब परिवारका वालवालिकालाई खानलगाउननपुग्नाले विद्यालय जान नपाउने, धेरै जसो विद्यालयमा अनुपस्थित हुन,े उपस्थित भएर पनिविचैका कक्षा छाडने, वढी विद्याथीअसफल हुने जस्ता निष्कर्ष निस्किएको थिया ।
प्राथमिक तहका विद्याथीका सिकाइउपलब्धि वढाउन आर्थिक सहायता उपलब्ध गराउनपर्ने, छात्रवृत्ति प्रदानगर्नुपर्ने, निः शूल्क शिक्षा, गरिव, दलितका लागि विशेष शिक्षाकार्यक्रमसंचालन गरी सिकाइ वढाउन सकिने, आवश्यक ठाँउहरुमा विद्यालय स्थापना, शिक्षकदरवन्दीको उचित व्यवस्था, प्रयोगशाला, पस्तकालयको व्यवस्थाका साथै गुणस्तरीय,व्यवहारिकरसीपमूलक शिक्षा दिइनुपर्ने सुझावहरुरहेका छन ।
