सामुदायिक तथा संस्थागत मा.वि.मा आर्थिक लगानी तथा शैक्षिक उपलब्धिको तुलनात्मक अध्ययन कीर्तिपुर नगरपालिका, काठमाण्डौँ{Comparison of financial investment and educational achievement in community and institutional universities Study Kirtipur Municipality, Kathmandu}

Abstract

सामुदायिक तथा संस्थागत मा.वि. मा आर्थिक लगानी तथा शैक्षिक उपलब्धिको तुलनात्मक अध्ययन ः काठमांडा जिल्ला कीर्तिपुर नगरपालिका शीर्षकमा गरिएको एक अध्ययन अनुसन्धान हो । यसमा सामुदायिक तथा संस्थागत मा.वि. को आम्दानीको स्रोत तथा खर्चका क्षेत्रहरु पहिचान गर्नु, सामुदायिक तथा संस्थागत मा.वि.को चालु आम्दानी र चालु खर्चको तुलनात्मक अध्ययन गर्नु, र सामदायिक तथा संस्थागत मा.वि. को शैक्षिक उपलब्धिको तुलनात्मक अध्ययन गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । अध्ययनकोे उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक स्रोत तथा केही आवश्यक थप तथ्याङ्क द्धितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिका, वृतचित्र आदिको माध्यमवाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतवाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्नावली निर्माण गरी सम्बन्धित मा.वि. का प्र.अ., अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाई प्रत्यक्ष सोधेर संकलन गरिएका थियो, भने यसका साथै अवलोकन सूची र छलफल निर्देशिकाको माध्यमवाट प्रत्यक्ष अवलोकन र लक्षित समुह छलफल सञ्चालन गरी प्राथमिक तथ्याङ्क संकलन गरीएको थियो जसका लागि उद्देश्यमुलक र सुविधाजनक नमूना छनौटका आधारमा कीर्तिपुर न.पा. मा रहेका ३ सामुदायिक र ४ संस्थागत मा.वि. वाट सामुदायीक तर्फ जनसेवा मा.वि. र संस्थागत तर्फ लेवोरेटरी मा.वि. लाई छनौट गरिएको थियो । द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित कीर्तिपुर न.पा., जि.वि.स., अर्थ मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद, जिल्ला शिक्षा कार्यालय, केन्द्रीय तथ्याङ्क विभाग, पत्रपत्रिका र अन्य प्रकाशित तथा अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको छ । सामुदायिक र संस्थागत मा.वि.को भौतिक अवस्था हर्दा ३ वटा भवन रहेको सामुदायिक मा.वि. को कक्षाकोठामा औसत ४ विद्यार्थी वरावर १ डेक्स बेन्चको व्यवस्था भएको र प्रति विद्यार्थी क्षेत्रफल ९.३० वर्गफिट रहेको पाईया, भने संस्थागत मा.वि.मा ४ वटा भवन भएको जसमा कक्षाकोठामा औसत २ विद्यार्थी वरावर १ डेक्स वेन्चको व्यवस्था भएको र प्रति विद्यार्थी २.१० वर्गफिट क्षेत्रफल रहेको पाइयो । दुवै मा.वि. मा १÷१ वटा खेल मैदान भएको, १÷१ वटा पुस्तकालय भएको र शौचालय दुवै मा.वि. मा ४÷४ वटा रहेको पाईयो । ख अध्ययनमा रहेका सामुदायीक मा.वि. मा शिक्षा र व्यवस्थापन संकायहरु सञ्चालन भएको, भने संस्थागतमा व्यवस्थापन र विज्ञान संकाय सञ्चालन भएको पाईयो । सामुदायिक र संस्थागत दुवै मा.वि. मा जम्मा ४३ जना शिक्षक रहेका छन जसमा महिला ४ जना र पुरुष ३९ जना रहेको पाईयो । सामुदायिक मा.वि. मा विद्यार्थीको भर्ना दर २०७०÷०७१ मा औषतमा ४१.७९ प्रतिशत पाईयो भने २०७१÷०७२ मा ५८.१९ प्रतिशत पाईयो । त्यस्तैगरी संस्थागत मा.वि. मा २०७०÷०७१ मा ४६.३० प्रतिशत र २०७१÷०७२ मा ५३.६९ प्रतिशत देखिएको छ । विद्यार्थी शिक्षक अनुपात सामुदायिकतर्फ २०७०÷०७१ र २०७१÷०७२ मा क्रमशः १ः७÷१ः९ छ भने संस्थागततर्फ २०७०÷०७१ र २०७१÷०७२ मा क्रमश ः १ः१५÷१ः१७ रहेको छ । त्यस्तैगरी सामुदायिक मा.वि. को विद्यार्थी उत्तीर्ण दर २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा क्रमशः ६५.८५ र ६३.०३ प्रतिशत रहेको र कक्षा छोडने दर पनि क्रमशः १९.६४ र १८.३२ प्रतिशत रहेको छ । संस्थागत तर्फ विद्यार्थी उत्तीर्ण दर २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा क्रमशः ७७.३५ र ८०.९५ प्रतिशत र कक्षा छोडने दर २.०९ र ९.४८ प्रतिशत रहेको पाईयो । विद्यालयहरुको आर्थिक अवस्था अन्र्तगत सरकारी अनुदान र विद्यार्थी शुल्कलाई अध्ययन गरिएको छ । सामुदायिक मा.वि. लाई २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा जम्मा रु.२,४६,९४,९२२ अर्थात ८६.६६ प्रतिशत सरकारी अनुदान र विद्यार्थी शुल्कबाट रु.३७,९८,८१० अर्थात १३.३३ प्रतिशत आम्दानी प्राप्त भएको पाईयो। यसरी सामुदायिक मा.वि. लाई २ वर्षमा औसतमा रु.१,४२,४६,८६६ आम्दानी प्राप्त भएका छ भने संस्थागत मा.वि. लाई सरकारी अनुदान प्राप्त नहुने हुनाले आम्दानीको स्रोत विद्यार्थी शुल्क भएकाले २ वर्षमा उक्त मा.वि.लाई विद्यार्थी शुल्कबाट कल रु.२,३१,९०,९६१ आम्दानी भएको पाईयो, भने औसतमा रु.१,१५,९५,४८०.५ आम्दानी प्राप्त भएको पाईयो । त्यस्तैगरी सामुदायिक मा.वि. को खच विवरण हेर्दा २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा जम्मा रु.२,०६,७५,२४२ खर्च भएको पाईयो, भने संस्थागत मा.वि. मा २ वर्षमा रु.१,९२,९५,००० खर्च भएको पाईया । विद्यालयहरुको प्रतिविद्यार्थी (औषत) लागतको अवस्था हेर्दा सामुदायिक मा.वि. को ११ र १२ मा प्रति विद्यार्थी (औषत) लागत रु.६७,५०० रहेको पाईया, भने संस्थागत मा.वि. को ११ र १२ मा प्रति विद्यार्थी (औषत) लागत रु। १,११,००० रहेको पाईयो । दुबै मा.वि. को शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्दा २०७०÷०७१ मा सामुदायिकमा ६५.८५ खष् प्रतिशत र संस्थागतमा ७७.३५ प्रतिशत शैक्षिक उपलब्धि भएको पाईयो भने २०७१÷०७२ मा सामुदायिकमा ६३.०३ प्रतिशत र संस्थागतमा ८०.९५ प्रतिशत शैक्षिक उपलब्धि भएको पाईयो । यसरी २ वर्षको उपलब्धि हेर्दा सामुदायिकमा भन्दा संस्थागतमा शैक्षिक उपलब्धि बढी अर्थात राम्रो भएको देखियो । समग्रमा, सामुदायिक मा.वि.को आम्दानीको स्रोतमा सरकारी अनुदान र विद्यार्थी शुल्क रहेको र संस्थागत मा.वि. मा विद्यार्थी शुल्क मात्र रहेको अवस्थामा हेर्दा सामुदायिक मा.वि. मा संस्थागत मा.वि.को भन्दा बढी आम्दानी भएको देखिन्छ र खर्च पनि सामुदायीक मा.वि. मा नै बढी भएको देखिन्छ भने कक्षा छोडने दर पनि सामुदायिक मा.वि.मा बढी भएको देखिन्छ । यसको सुधारका लागी सामुदायिक माध्यमिक विद्यालयले शिक्षण सिकाईका आधुनिक प्रविधीहरु जस्तस् टि.भी., प्रोजेक्टर, ईन्टरनेट लगायतका विद्युतीय उपकरणहरुको विकास तथा विस्तार गर्नु आवश्यक देखिन्छ । तर मा.वि. को प्रति विद्यार्थी लागत र शैक्षिक उपलब्धि हेर्दा सामुदायिक मा.वि.मा भन्दा संस्थागत मा.वि.मा प्रति विद्यार्थी लागत रशैक्षिक उपलब्धि बढी भएको देखिन्छ । अन्त्यमा, सामुदायिक तथा संस्थागत मा.वि. को लगानी र शैक्षिक उपलब्धि हेर्दा के भन्न सकिन्छ भने सामुदायिक मा.वि. ले शैक्षिक उपलब्धि बढाउनको निम्ती लगानी सँगैआधुनीक शिक्षण प्रविधीको प्रयोग, प्रशासन क्षेत्रलाई सुदृढीकरण, बिद्यार्थी भर्ना संख्यामा बृद्धी,आर्थीक अवस्थालाई चुस्त दुरुस्त, भौतिक पुर्वाधारलाई सम्पन्न, सुधारित परीक्षा प्रणाली, स्वच्छ शैक्षिक वातावरण, वालमैत्री विद्यालय र तालिम प्राप्त शिक्षक हुनु पनि अति आवश्यक दखिन्छ ।

Description

Citation