महिला शिक्षिकाहरुको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण : दमक नगरपालिका, झापा (Mahila sikshakharuko pariwarik arthik tatha saikshik awasthako bislesan; Damak Nagarpalika Jhapa)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

झापा जिल्लाको दमक नगरपालिकामा रहेका निजि तथा सामुदायिक विद्यालयमा अध्यायनरत महिला शिक्षिकाहरुको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण दमक भन्ने शिर्षकमा गरिएको शोधपत्र लेखनको मुख्य उद्देश्य निजी तथा सामुदायिक विद्यालयमा अध्यापनरत महिला शिक्षिकाहरुको पेशागत अवस्थाको पहिचान गर्नु, शिक्षण पेशामा संलग्न हुनुपहिला र पछिको महिला शिक्षिकाहरुको पारिवारिक, आर्थिक तथा शैक्षिक अवस्थाको तुलनात्मक अध्ययन गर्नु र समस्याहरुको पहिचान गरी समाधानका उपायहरुको खोजी गर्नु रहेको छ । उल्लेखित उद्देश्यहरु पुरा गर्नको लागी प्राथमिक र सहायक तथ्याङ्कहरुको स्रोतबाट प्राप्त तथ्याङ्कलाई तालिकाको प्रयोग गरि विश्लेषण गरिएको छ । प्राथमिक तथा द्वितिय स्रोतको माध्यमबाट तथ्याङ्कहरु संकलन गर्न निजि तथा सामुदायिक विद्यालयहरुमा अध्यापनरत महिला शिक्षिकाहरुलाई संगणना नमुना विधिबाट लिई र अभिभावकहरु,विद्यार्थीहरु र पुरुष शिक्षकहरुसंग प्रश्नावली र छलफललाई प्राथमिक औजारको रुपमा लिईएको छ । द्वितिय औजारको रुपमा दमक नगरपालिकाको वस्तुस्थितिको विवरण, जिल्ला विकास समिति, केन्द्रिय तथ्याङ्क विभागमा, र विभिन्न अध्ययन प्रतिवेदनहरु र पत्रपत्रिका आदिलाई मानिएको छ । नेपालको आधाभन्दा धेरै जनसंख्या महिलाहरुको रहेको छ तर साक्षरताको दृष्टिकोणले उनीहरु नै पछाडी परिरहेका छन् । देशका सम्पूर्ण पक्षमा लैङ्गिक समानताका आवाजहरु उठे तापनि व्यवहारमा पूरा हुन सकेको छैन । महिलाहरु हरेक क्षेत्रमा अगाडी बढ्न नीतिगत व्यवस्था भएर मात्र पुग्दैन । त्यसको लागि उचित वातावरण, कार्यरत अवस्थाको समेत पहिचान हुनु पर्दछ । विद्यालय तहमा छात्राहरुको भर्नादरमा वृद्धि गर्न र लैङ्गिक असमानता हटाउन महिला शिक्षिकाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा उनीहरुको उपस्थिति अपरिहार्य छ । नेपालमा विद्यालय तहमा अध्यापनरत महिला शिक्षिकाहरुको संख्या पुरुष शिक्षकहरुको तुलनामा अत्यन्तै न्युन रहेको छ । अझ माध्यमिक विद्यालय तहमा त झन कममात्र महिला शिक्षिकाहरु रहेका छन् । सामाजिक, सांस्कृतिक अवरोध, शारीरिक अवस्था, विद्यालयमा महिला शिक्षिकाहरुको लागि आवश्यक पर्ने सेवासुविधाको अभाव, महिला शिक्षिकाको उपस्थिती न्यून प्रतिशत जस्ता कठिनाइहरुले उनीहरुको सहभागितामा वृद्धि हुन सकिरहेको छैन । झापा जिल्ला एक तराईको जिल्ला हो । जसको क्षेत्रफल १,६०६ वर्ग कि.मि. रहेको छ । विभिन्न जातजाति, भाषाभाषी, धर्मावलम्बीहरुको बसोबास रहेको यस जिल्लाको जम्मा जनसंख्या ६ लाख ८८ हजार १०९ रहेको छ । यस जिल्लाको साक्षरता दर ६१.१० प्रतिशत छ । यस न.पा. मा निजी क्याम्पस ३, उच्च मा.वि. १० वटा रहेको छ । मा.वि. सरकारी र निजी गरी १५ वटा रहेको छ । नि.मा.वि. सरकारी र निजी गरी २२ वटा रहेका छन् । त्यसै गरी प्रा.वि.सरकारी ११ वटा र निजि ४ वटा गरी कुल १५ वटा रहेका छन् । दमक नगरमालिकाको कुल क्षेत्रफल ७५१३ हेक्टर रहेको छ । कुल जनसंख्या ७९,६४८ रहेको छ । सामुदायिक तथा निजी विद्यालयहरुमा छनोट गरिएको १०० जना महिला शिक्षिकाहरुको संख्या हेर्दा प्रा.वि. मा ४० प्रतिशत रहेको छ भने नि.मा.वि. र मा.वि मा ३०÷३० प्रतिशत मात्र रहेको छ । महिला शिक्षिकाहरुको शैक्षिक योग्यता लाई हेर्दा निजी तथा सामुदायिक विद्यालयका कुल १०० जना महिला शिक्षिकाहरुमध्ये ४० प्रतिशत एस.एल.सी. पास रहेका छन् भने ५ प्रतिशतले मात्र स्नतकोत्तरतह उत्तिर्ण गरेको पाईयो । त्यसैगरि शिक्षक तालिमको अवसर हेर्दा ५० प्रतिशत तालिम प्राप्त रहेका छन् भने ५० प्रतिशतले नै तालिम प्राप्त नगरेको पाइयो ।पेशागत स्थितीलाई हेर्दा स्थायी २० प्रतिशत र अस्थायी ८० प्रतिशत रहेको पाइयो । महिला शिक्षिकाहरुको अध्यापनरत विषय हेर्दा नेपाली अध्यापन गराउने ३५ प्रतिशत, सामाजिक २० प्रतिशत, गणित १५ प्रतिशत, विज्ञान १० प्रतिशत, अंगे्रजी १५ प्रतिशत र अन्य विषय ५ प्रतिशत रहेको पाईयो । शिक्षणपेशामा लाग्नुका कारणहरुलाई हेर्दा शैक्षिक सोच भएकाले ४० प्रतिशत, बेरोजगारी १५ प्रतिशत, क्षमता अभिवृद्धि गर्न ३० प्रतिशत, कमजोर आर्थिक स्थिती ५ प्रतिशत र सेवाको भावना १० प्रतिशत रहेको पाईयो ।महिला शिक्षिकाहरुको कार्यभारको वितरण प्रतिहप्ता ३५–४० पिरियड सम्म शिक्षिण गर्ने महिला शिक्षिकाहरु ४० प्रतिशत र २०– २५ प्रतिशत पिरियड सम्म शिक्षिण गर्ने ५ प्रतिशत रहेको पाईयो । कक्षाकोठा र फर्निचरको अवस्थालाई हेर्दा ९० प्रतिशतले उचित व्यवस्था नभएको बताए भने १० प्रतिशतले मात्र उचित व्यवस्था भएको बताए । त्यसैगरी शैक्षिक सामग्री राख्ने ठाउँ भएको ३० प्रतिशतले बताए भने ७० प्रतिशत उचित ठाउँ नभएको बताए जसले गर्दा शैक्षिक सामग्रीहरु हराउने, छिटो बिग्रने गरेको पाईयो । खानेपानी र शौचालयको अवस्था हेर्दा ९० प्रतिशत विद्यालयमा महिला र पुरुषकालागी छुट्टाछुट्टै शौचालयको व्यवस्था भएको र १० प्रतिशतमा नभएको साथै ८० प्रतिशत विद्यालयमा खानेपानीको व्यवस्था भएको र २० प्रतिशतमा शुद्धखानेपानीको व्यवस्था नभएको पाईयो । उमेरगत जनसंख्या ०–५ वर्ष समुहका १३.१४ प्रतिशत, ६–१५ वर्ष समुहका १२.८२ प्रतिशत, १६–६० वर्ष समुहका ६९.२३ प्रतिशत र ६० भन्दा माथिको जनसंख्या रहेको पाईयो । परिवारको प्रकार हेर्दा ४ जना सम्म ४७ प्रतिशत, ५ देखि ६ जनासम्म ४८ प्रतिशत र ७ जना वा सो भन्दा माथि ५ प्रतिशत जनसंख्या रहेको पाइयो । ९५ प्रतिशत महिला शिक्षिकाहरु विवाहित र ५ प्रतिशत अविवाहित रहेको पाइयो । शिक्षिणपेशाप्रति परिवारको दृष्टिकोण हेर्दा ९० प्रतिशतको सकारात्मक, ५ प्रतिशतको नकारात्मक र ५ प्रतिशतकै कुनैप्रतिक्रिया नभएको पाइयो । शिक्षणपेशामा संलग्न हुनु अघि र पछिको आम्दानीको तुलनागर्दा शिक्षणपेशामा संलग्न हुनु अघिको वार्षिक आम्दानी रु १,०४,००,००० भएको देखिन्छ । त्यसैगरी औसत आम्दानी रु १,०४,००० रहेको थियो भने शिक्षण पेशामा संलग्नभए पछिको वार्षिक आम्दानी रु ३,४०,००,००० भएको देखिन्छ । त्यसैगरी औसत आम्दानी रु. ३,४०,००० रहेको देखिन्छ । यसरी शिक्षणपेशामा संलग्न भएका कारण उक्त परिवारको आम्दानी वृद्धि भएको देखिन्छ । शिक्षण पेशामा संलग्न हुनु अघि र पछिको खर्चको तुलनागर्दा शिक्षण पेशामा संलग्न हुनु अघिको खर्च रु ४२,८०,००० र बचत रु. ६१,२०,००० रहेको थियो भने शिक्षणपेशामा संलग्नभए पछिको खर्च रु. ५०,००,००० र बचत २,९०,००,००० रहेको पाइयो । चल सम्पत्तिमाथि महिलाको अवस्था ४५ प्रतिशत महिला र पुरुष ५५ प्रतिशत रहेको तथा अचल सम्पत्ति ३० प्रतिशत महिलाको र ७० प्रतिशत पुरुषको स्वमित्व रहेको पाइयो ।

Description

Citation