ध्रुवचन्द्र गौतमका उपन्यासमा अस्तित्ववाद {Dhrubacandra Gautamaka upanyasma astitwawad}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
मानविकी तथा सामाजिकशास्त्र सङ्काय, नेपाली
Abstract
ध्रुवचन्द्र गौतमका उपन्यासमा अभिव्यक्त अस्तित्ववादलाई आधार बनाई प्रस्तुत शोध
गरिएको छ । उनका उपन्यासमा अस्तित्ववादी जीवनदृष्टिको अभिव्यक्ति भएको छ भन्ने जानकारी
तिनका उपन्यासमा गरिएका पूर्वकार्यको अध्ययनबाट प्राप्त भएको छ । आरम्भदेखि नै
अस्तित्ववादी जीवनदृष्टिलाई अभिव्यक्त गर्दै आएका गौतमका उपन्यासको अध्ययन त्यस
जीवनदृष्टिका कोणबाट नभएकाले ज्ञानको रिक्तता देखिएको छ । उक्त रिक्तताको परिपूर्तिका लागि
उनका उपन्यासमा अभिव्यक्त अस्तित्ववादलाई मुख्य शोधसमस्या बनाइएको छ । उक्त समस्याको
समाधानमा पुग्नाका निम्ति ध्रुवचन्द्र गौतमका उपन्यासमा व्यक्त निस्सारताको स्वर केकस्तो रहेको
छ ? ध्रुवचन्द्र गौतमका उपन्यासमा वरणस्वतन्त्रता र व्यक्तिसर्वोच्चताको अभिव्यक्ति कसरी
गरिएको छ ? ध्रुवचन्द्र गौतमका उपन्यासमा ऐकान्तिकता र विद्रोहको अभिव्यक्ति केकसरी
गरिएको छ गरी तीनओटा शोधप्रश्नलाई समावेश गरिएको छ । शोधसमस्यामा उठान गरिएका
जिज्ञासाको समाधान गर्ने उद्देश्य यस अध्ययनमा राखिएको छ । अस्तित्ववादलाई मूल प्रवृत्ति
बनाएका गौतमका उपन्यासको त्यस सिद्धान्तका आधारमा अध्ययन गर्नु औचित्यपूर्ण देखिएकाले
यो अध्ययन गरिएको हो । यस शोधमा गौतमका सोद्देश्य छनोट गरिएका डापी, कट्टेल सरको
चोटपटक, स्वर्गीय हीरादेवीको खोज, एक शहरमा एक कोठा, सहस्राब्दीको अन्तिम प्रेम कथा र
भीमसेन–४ को खोजी गरी छओटा उपन्यासको अस्तित्ववादी जीवनदृष्टिका निस्सारता,
वरणस्वतन्त्रता, व्यक्तिसर्वोच्चता, ऐकान्तिकता र विद्रोहका कोणबाट अध्ययन गरिएको छ ।
अस्तित्ववादी जीवनदृष्टिका अन्य मान्यताहरू अस्तित्व सारको पूर्ववर्ती, भविता र शून्यता, मानिस
मात्रका अस्तित्वशीलता, अस्तित्वको प्रेरक : मृत्यु, मानव जीवनका दुर्बोध्यता, दुःखी हुनु नै
मानिसको नियति, पूर्वपरिभाषित हुन नसक्नु मानिसका नियति, निर्णयगत नैतिकता, प्रामाणिक
अस्तित्वका कोणबाट गौतमका उपन्यासको विश्लेषण नगर्नु यस अध्ययनको सीमाका रूपमा
रहेको छ ।
यस शोधमा उपन्यासको विश्लेषणका लागि उपयुक्त शोधविधिको अवलम्बन गरिएको छ ।
जीवन निरर्थक भए पनि मानिसले अस्तित्वका लागि कर्म, सङघर्ष र विद्रोहमा सक्रिय रहेको हुन्छ
भन्ने सत्यता यस शोधको तत्वमीमांसा हो । संरचनावादी एवम व्याख्यावादी कोणबाट विश्लेषण
गरी ज्ञाननिर्माण गर्नु यस शोधको ज्ञानमीमांसा हो । अध्ययनका लागि निर्धारित उपकरणलाई
समान महत्व दिनु र सम्भावनालाई खुला राख्नु यस अध्ययनको मूल्यमीमांसा हो । बहुसत्यमा
आधारित गुणात्मक प्रकृतिको प्रस्तुत अध्ययनमा पाठविश्लेषण विधिको अवलम्बन गरिएको छ ।
ध्रुवचन्द्र गौतमका अटठाइसओटै उपन्यासमा शोधको उद्देश्यअनुरूपको विश्लेषणका लागि तथ्यहरू
प्राप्त गर्न नसकिने भएकाले असम्भाव्य नमुना छनोटअन्तर्गतको सोद्देश्य नमुना छनोट विधिका
आधारमा छओटा प्राथमिक स्रोतका सामग्रीलाई विश्लेषणका लागि छनोट गरिएको छ । घटना,
पात्र र परिवेशलाई अस्तित्ववादका मान्यतामा गहन रूपमा केन्द्रित गराइनुलाई छनोटको आधार
बनाइएको छ । छनोट गरिएका उपन्यासको सूक्ष्म पठन गरी विश्लेषणका लागि तथ्यसङकलन
गरिएको छ । तिनै तथ्यका आधारमा पाठको व्याख्यावादी अनुसन्धानपद्धतिको अवलम्बन गरी यस
शोधलाई पूर्णता प्रदान गरिएको छ । यस अध्ययनमा द्वितीयक स्रोतका सामग्रीका रूपमा
शोधक्षेत्रका बारे गरिएका पूर्वकार्य र समस्यासँग सम्बद्ध पुस्तकहरू, लेखहरू, जर्नलहरू
शोधप्रबन्धहरू रहेका छन । यी दुवै स्रोतका सामग्रीको सङकलन पुस्तकालय र इपुस्तकालयबाट
गरिएको छ । यस अध्ययनमा विश्लेषणको सैद्धान्तिक आधारका रूपमा रहेका अस्तित्ववादका
मान्यताको आशयअनुरूप सूचकहरू निर्माण गरिएका छन । निर्धारित सूचकहरूमा जीवनको
निरर्थकता, अभाव र अनिश्चितता, कर्म र सङघर्ष, वैयक्तिक स्वतन्त्रता, स्वतन्त्रताको पीडा,
उत्तरदायित्व वहनको अनिवार्यता, मानवसत्ताको अङगीकार, स्वतन्त्रता र उत्तरदायित्वको एकल
वहन, एकल सङघर्ष अस्तित्वप्रतिको सचेतता र स्वतन्त्रताका प्राप्तिका निम्ति सङघर्ष रहेका छन ।
यिनै सूचकका आधारमा उपन्यासको विश्लेषण गरिएको छ ।
ध्रुवचन्द्र गौतमका उपन्यासमा अस्तित्ववादी जीवनदृष्टिको गहन अभिव्यक्ति भएको
देखिन्छ । उनका उपन्यासका अस्तित्वशील पात्रहरू आफ्नो अस्तित्वको बोध गर्दै जीवनमा सक्रिय
रहेका हुन्छन । उनका उपन्यासका अस्तित्वशील पात्रले सङघर्ष गरिरहँदा भोग्नुपरेका अनपेक्षित
परिणामका कारण तिनमा जीवनप्रति नै निस्सारताको भाव जागृत भए पनि अस्तित्वका लागि
कर्म, सङघर्ष र विद्रोह गर्न प्रतिबद्ध रहेका छन । उनका उपन्यासका अस्तित्वशील पात्रले
स्वनिर्मितिका लागि स्वतन्त्र निर्णय गरेपश्चात आर्थिक, पारिवारिक, सामाजिक, नैतिक, प्रेम आदि
विषयमा समस्या भोग्न बाध्य भए पनि जिम्मेवारी वहन गर्ने कुराबाट अलग नरहको सन्दर्भलाई
प्रस्तुत गरिएको छ । उनले अस्तित्वशील पात्रलाई नै कर्म, सङघर्ष र विद्रोहमा सक्रिय गराई
अस्तित्ववादी व्यक्तिसर्वोच्चता अभिव्यक्त गरेका छन । उनका उपन्यासका पात्रमा समस्यासँग
सम्झौता गर्ने, जीवनबाट पलायन हुने, विसङगतिका सामु आत्मसमर्पण गर्ने, अदृश्य ईश्वरीय
सत्ताप्रति समर्पित हुने तथा मूल्य स्थापनाको अभियानबाट पछाडि फर्कने मनोविज्ञान रहेको
देखिँदैन । उनका उपन्यासका पात्रले वरणस्वतन्त्रतालाई एक्लै वहन गर्नुपरेकाले र जीवनमा
आइपर्ने व्यवधानसँग एक्लै सङघर्ष गर्नुपरेका कारण ऐकान्तिकताको अनुभूत गरेको कुरालाई
आख्यानात्मक रूपमा प्रस्तुत गरिएको छ । उनका उपन्यासका अस्तित्वशील पात्रले आफ्नो
अस्तित्वमा बाधा पु्र्याउन पक्षका विरुद्ध प्रतिवाद गरेका घटनालाई आख्यानात्मक रूपमा प्रस्तुत
गरी अस्तित्ववादी विद्रोह अभिव्यक्त गरिएको छ । समग्रमा उनले जीवनको निस्सारतामा पनि
आशावादी रहँदै सङघर्ष गनपर्छ भन्ने मान्यता प्रस्तुत गरेर नेपाली उपन्यासका अस्तित्ववादी
लेखन धारामा भिन्न पहिचान बनाएका छन भन्ने कुरा यस अध्ययनबाट प्राप्त हुन्छ । समस्याग्रस्त
एवम भयग्रस्त अवस्थामा पनि जीवन मूल प्रवृत्ति बनाई अस्तित्वका लागि कर्म र सङघर्षमा
सक्रिय रहन मानिसलाई प्रेरित गरेकाले उनको स्थान नेपाली उपन्यासको अस्तित्ववादी धारामा
भिन्न रहेको छ भन्ने कुरासमेत स्पष्ट हुन्छ । समग्रमा गौतमले जीवनप्रति आशावादी, कर्मवादी,
सकारात्मक रहँदै कर्म, सङघर्ष र विद्रोहमा सक्रिय रहनुपर्छ भन्ने विचारलाई आफ्ना उपन्यासमा
सशक्त ढङगले अभिव्यक्त गरेका छन भन्ने निष्कर्ष यस अध्ययनको रहेको छ ।
