सामुदायिक प्राथमिक विद्यालयमा निरन्तर विधार्थी मूल्याङ्कन प्रणालीकाे प्रयाेग (Application of continuous student assessment system in community primary schools)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन विभाग

Abstract

यो शोधसारको शीर्षक सामुदायिक प्राथमिक विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीको प्रयोग रहेको छ । यस अध्ययनको मुख्य उद्देश्य विराटनगर उपमहानगरपालिकाका सामुदायिक प्रथामिक विद्यालयको निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन प्रणालीमा देखिएका समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पत्ता लगाउने रहेको छ । परीक्षण गरिने साधनको माध्यमले विद्यार्थीका सबै उपलब्धिहरूको ठीकस“ग मापन पनि नहुने र विद्यार्थीहरूलाई परीक्षाको सन्त्रासबाट बचाउन तथा शिक्षा क्ष्ँेत्रमा भएको शैक्षिक लगानीको सही सदुपयोग गर्न, अनुत्तीर्ण हुने र विचैमा कक्षा छाड्ने दर कम गर्न तथा शैक्षिक क्षतीलाई कम गर्नका लागि यो कार्यव्रmम सञ्चालन गरिएको छ । यो अध्ययन स्टफलबिमको ऋक्ष्एए मूल्याङ्कन नमुना, हेमण्डको मूल्याङ्कन नमुना र टायलरको मूल्याङ्कन नमुनामा आधारित छ । यस अध्ययनको महŒव र औचित्यलाई निम्नानुसार प्रष्ट्याउन सकिन्छ । यस विषयमा आगामी दिनमा अध्ययन गर्न चाहनेहरूको लागि एक स्रोत सामग्रीको रूपमा रहनसक्छ । निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणालीमा देखिएका समस्याहरूलाई निराकरण गर्न सहयोग पुग्नेछ । अध्ययन, अनुसन्धानकर्ता र नीति निर्मातालाई एक स्रोत सामग्रीको रूपमा प्रयोग हुन सक्छ । यो अध्ययन अनुसन्धानका लागि विराटनगर उपमहानगरपालिकाका ४५ वटा सामुदायिक विद्यालयहरू मध्ये ६ वटा प्राथमिक विद्यालयहरू र चारवटा माध्यमिक विद्यालयहरू नमुना छनौटमा लिइएको छ । यिनै विद्यालयका प्र.अ. शिक्षक, शिक्षिका, वि.व्या.स. पदाधिकारीहरूलाई प्रश्नावली गराई अध्ययन कार्य अघि बढाइएको छ । यसका अतिरिक्त अध्ययनका अन्य साधनहरूमा अभिलेख, अन्तर्वार्ता, छलफल, प्रश्नावली आदि राखिएका छन् । यिनै साधनका आधारमा प्राप्त सूचनाहरूलाई व्याख्या विश्लेषण गरिएको छ । यस अध्ययनबाट आएका प्राप्तीहरू र निष्कर्षहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ । कक्षा १–३ को उत्तीर्ण दर २०६३, २०६४ र २०६५ मा व्रmमशः ९५.१७ प्रतिशत, ९५ प्रतिशत र ९३.१७ प्रतिशत रहेको छ । पुनः सोही कक्षा दोहो¥याउने दर २०६३, २०६४ र २०६५ मा व्रmमशः ९.३४ प्रतिशत, १५.७ प्रतिशत र ८.६ प्रतिशत रहेको छ । २०६४ मा कक्षा ३ मा सबैभन्दा बढी १४.२२ प्रतिशत विद्यार्थीहरू अर्को विद्यालयबाट स्थानात्रण भई आएको पाइयो । कक्षा १ मा एउटै सेक्सनमा ८१ जना विद्यार्थीसम्म राखी अध्यापन गराएको पाइयो । ४० प्रतिशत विद्यार्थीको एयचतायष्यि बाकसमा राखेको पाइयो । यस कार्यव्रmमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि कार्यसञ्चयिका ९एयचतायष्यि० लाई व्यवस्थित रूपमा प्रयोग गर्नको तालिम आवश्यक छ । नियमित रूपमा निरीक्षण अनुगमनको व्यवस्था हुनुपर्दछ । कार्यसञ्चयिका Portfolio राख्नका लागि प्रत्येक कक्षामा कम्तिमा एक दराज राख्न आवश्यक देखिन्छ । विद्यालयलाई सेक्सन खोल्न प्रोत्साहित गर्दै शिक्षक दरबन्दी थप्नु आवश्यक देखिन्छ ।

Description

Citation