प्राथमिक तहमा पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको सिकाइ उपलब्धि {Prathamik tahama puna:vidhyala prabesh bhayeka bidyarthiharuko sikae uplabdhi}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

“प्राथमिक तहमा पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको सिकाइ उपलब्धि” शीर्षकअन्तर्गत मोरङ जिल्लाको पथरी स्रोतकेन्द्रमा आबद्ध भएका ४१ वटा सामुदायिक विद्यालयमध्ये यादृच्छिक नमूना छनौटबाट १० विद्यालयहरूका प्राथमिक तहलाई प्रस्तुत अध्ययनका लागि छनौट गरिएको थियो । ती विद्यालयको प्राथमिक तहमा २०६४ सालमा अध्ययन गर्ने र बीचैमा विद्यालय छाडेका मध्ये २०६५ साल भाद्र १ गतेसम्ममा पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूमा यो अध्ययन केन्द्रित रहेको थियो । शोध अध्ययनका लागि पुनः प्रवेश भएका विद्यार्थीहरू, उनीहरूका अभिभावकहरू, उनीहरूलाई अध्यापन गराउने शिक्षकहरू र प्रधानाध्यापकहरूसँग अन्तर्वार्ता र समूह छलफल निर्देशिका आधारमा तथ्याङ्क सङ्कलन गरिएको थियो । यस अध्ययनका उद्देश्यहरूमा पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको अवस्था पहिचान गर्नु, पुनः प्रवेश भएका विद्यार्थीहरूको सिकाइ उपलब्धि विश्लेषण गर्नु, पुनः प्रवेशमा भोगिएका समस्याहरू पत्ता लगाई समाधानका उपाय खोजी गरी सुझाउनु रहेको थियो । प्रस्तुत शीर्षकको अध्ययनका व्रmममा पथरी स्रोतकेन्द्रमा आबद्ध ४ गाविसका १० वटा सामुदायिक विद्यालयमा २०६४ सालको शैक्षिक सत्रमा प्राथमिक तहमा ३३३५ जना विद्यार्थी अध्ययन गर्न भर्ना भएका थिए । तीमध्ये ७९५ जना (२३.८३%) विद्यार्थीले बीचैमा विद्यालय छाडेका थिए । विद्यालय छाडेका ७९५ जनामध्ये १९५ जना (२४.५२%) विद्यार्थीले मात्र २०६५ सालमा पुनः विद्यालय प्रवेश भएको पाइयो । ती विद्यार्थीहरूको सिकाइ उपलब्धि अध्ययन गर्ने व्रmममा स्रोतकेन्द्र पथरी र सम्बन्धित विद्यालयबाट प्राप्त तथ्याङ्क, प्रधानाध्यापक एवम् शिक्षकहरूबाट प्राप्त जानकारीअनुसार पुनः प्रवेश हुने संख्या कक्षा १ मा सबैभन्दा बढी र कक्षा २, ३, ४ र ५ मा व्रmमशः कम हुँदै गएको पाइयो । पुनः प्रवेश हुनेमा छात्राभन्दा छात्र बढी भएको पाइयो । दलित जातिका विद्यार्थी अन्य जातिका विद्यार्थीभन्दा कम भर्ना भएको पाइयो । कक्षागत उमेरभन्दा बढी उमेर भएका विद्यार्थी कम पुनः प्रवेश भएको पाइयो । पुनः प्रवेश भएका विद्यार्थीमा विद्यालय नियमितता, गृहकार्य र कक्षाकार्य गर्नेभन्दा अनुशासन कायम गर्नेहरूको दर कम पाइयो । पुनः विद्यालय प्रवेश भएका विद्यार्थीहरूको सिकाइ उपलब्धिमा विश्लेषण गर्दा कक्षा १ को सबैभन्दा राम्रो पाइयो । विषयगत सिकाइ उपलब्धिलाई विश्लेषण गर्दा सबैभन्दा राम्रो विज्ञान विषयको औसत प्राप्ताङ्क पाइयो भने सबैभन्दा कम औसत सिकाइ उपलब्धि गणित विषयको रहेको जानकारी प्राप्त भयो । पुनः प्रवेशमा भोगिएका समस्याहरूको रुपमा अभिभावकको आर्थिक अवस्था, परम्परागत सोच, बालश्रम, राजनीतिक हस्तक्षेप, सहपाठी र शिक्षकहरूको व्यवहार, परीक्षा प्रणाली, समयमा पाठ्यपुस्तक उपलब्ध नहुनु, लैङ्गिक विभेदहरू नै प्रमुख समस्या भएको जानकारी प्राप्त भयो । समस्या समाधानका उपायहरूमा विद्यालय छाडेका विद्यार्थीहरुका लागि कार्यव्रmमको निरन्तरता, सबैका लागि शिक्षा कार्यव्रmमको कार्यान्वयन, अभिभावकको आर्थिक उन्नतिको कार्यव्रmम, बाल क्लव र अधिकारकर्मीहरूको कार्यलाई प्रोत्साहन, विद्यालय सुधार योजना र गाउँ शिक्षा योजनाका साथै गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग थप कार्यव्रmममा सहकार्य गरिनुपर्ने जस्ता विषयहरू उल्लेख गरेको पाइयो । त्यसैगरी पुनः विद्यालय प्रवेश गराउन सहयोग पु¥याउने निकायहरूको रुपमा विद्यालय छाडेका विद्यार्थीका लागि कार्यक्रम, बाल क्लव, विद्यालय भर्ना अभियान, वन उपभोक्ता समिति, छरछिमेकी, शिक्षकहरू रहेको पाइयो । उक्त जानकारीहरू शिक्षकहरू, अभिभावकहरू र प्रधानाध्यापकहरूसँगको अन्तर्वार्ता र समूह छलफलबाट प्राप्त भएको थियो । यो शोध अध्ययनका व्रmममा सरोकारवाला पक्षहरू विद्यार्थी, अभिभावक, विषय अध्यापन गर्ने शिक्षकहरू र विद्यालयका प्रअहरूले आ–आफ्ना धारणा खुलस्त रुपमा राखेका थिए भने स्रोतकेन्द्र पथरीले आवश्यक तथ्याङ्क उपलब्ध गराई सहयोग पु¥याएको थियो । अन्तर्वार्ता प्रश्नावली र सामुहिक छलफलमा समेत सबै पक्षको सव्रिmय सहभागिता रहेको थियो । समग्रमा यो शोध अध्ययनले विद्यालय बीचैमा छाड्ने प्रवृत्ति रोक्ने र पुनः विद्यालय प्रवेशमा भोगिएका समस्या सम्बन्धमा अध्ययन गर्न चाहने जो कोहीलाई थोरै भए पनि सहयोग पुग्ने आशा गर्दछु ।

Description

Citation