सङ्गीतचन्द्रोदयको अध्ययन {Sangeet Chandrodayako Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली विभाग

Abstract

प्ररस्तुत शोधपत्र मोतीराम भट्ट र मोतीमण्डलीका अन्य सदस्यहरूका गजल तथा अन्य लयमा लेखिएका पद्यात्मक रचनाहरूको सामूहिक सङ्गालो ‘सङ्गीतचन्द्रोदयको कृतिपरक अध्ययनमा केन्द्रित छ । मोतीराम भट्टकै नेतृत्वमा रचना संकलन भइ प्रकाशनको तयारी भएको भनिएको यस कृतिको मूल प्रति भने अझ सम्म प्राप्त हुन सकेको छैन । आजसम्मका खोज अनुसन्धान अनुसार वि.सं. १९५६ सालमा पाशुपत छापाखानाबाट प्रकाशित श्लोकसङग्रहको अन्तिम पृष्ठमा उक्त छापाखानाबाट प्रकाशित पुस्तकहरूको सूचीमा ‘सङ्गीतचन्द्रोदय’ नाम पनि उल्लेख गरिएकाले यस कृतिको प्रकाशन वि.सं. १९५६ सालपूर्व नै भएका प्रमाणित हुन्छ । हाल वि.संं. १९६९ सालमा प्रकाशित लक्ष्मीदत्त पन्तद्वारा सङग्रहीत(तृतीय कला मात्र) र गोपीनाथ लोहनी तथा दुर्गादेव पाडेद्वारा सम्पादित (एकमुष्ट सङग्रह) संस्करण प्राप्त छन । यिनका अतिरिक्त शिवप्रसाद उर्फ राघोराम, सर्वहितैषी कम्पनी (वितरक), जी.सी. शर्मा र सुब्बा होमनाथ–केदारनाथ आदि जस्ता सङग्रहकर्ता तथा प्रकाशकहरूद्वारा नेपाल बाहिरबाट प्रकाशित संस्करणहरू पनि प्राप्त छन । यसर्थ, मूल संस्करण फेला नपरेको र विभिन्न सम्पादक तथा प्रकाशकहरूद्वारा विभिन्न समयमा प्रकाशित हाल प्राप्त विभिन्न संस्करणहरूमा भाषा सम्पादन तथा प्रकाशनगत एकरूपता नपाइने हुँदा गोपीनाथ लोहनी र दुर्गादेवपाडेद्वारा सम्पादित संस्करणलाई मानक संस्करणका रूपमा ग्रहण गरी अन्य पाँच संस्करणलाई समेटदै शोधअध्ययन तथाअनुसन्धान गरिएको छ । प्रस्तुत शोधप्रबन्धको परिच्छेद एकमा शोधप्रबन्धको शीर्षक निर्धारण, प्रयोजन, विषय परिचय, समस्या कथन, उद्देश्य निर्धारण, पूर्वकार्यको समीक्षा, औचित्य, सीमाङ्कन, सामग्री सङ्कलन तथा शोधविधि निर्धारण र शोधको रूपरेखा निर्माण गर्ने कार्य गरिएको छ । सङ्गीतचन्द्रोदयमा सङग्रहीत रचनाहरू मध्ये अधिकांश रचनालाई अरबी–फारसी गजलमा प्रचलित बहर प्रयोग गरी ‘गजल’ शीर्षकमा छापिएको हुँदा तिनको अध्ययन तथा विश्लेषण गर्नका लागि गजलसिद्धान्तको ज्ञान हुनु वाञ्छनीय हुन्छ । यसर्थ, यसशोधप्रबन्धको दोस्रो परिच्छेदमा गजलको सैद्धान्तिक परिचय प्रस्तुत गरिएको छ । हाल सङ्गीतचन्द्रोदयको मूल प्रति फेला नपरे पनि विभिन्न सम्पादक तथा प्रकाशकहरूद्वारा विभिन्न स्थानबाट भिन्न–भिन्न समयमा प्रकाशित संस्करणहरू प्राप्त छन । तर, ती संस्करणहरू बीच रचना सङख्या, भाषिक सम्पादन आदिका आधारमा समानता पाउन सकिँदैन । यसर्थ, यस शोधप्रबन्धको तेस्रो परिच्छेदमा सङ्गीतचन्द्रोदयका हाल प्राप्त विभिन्न संस्करणहरूबीच तुलना गरिएकोछ । यस शोधप्रबन्धमा समटिएका सङ्गीतचनद्रोदयका ६ वटा संस्करणहरू मध्ये प्रत्येक संस्करणमा विभिन्न रचनाकार र नामोल्लिखित तथा बेनामी नया–नयाँ रचना थप गरिएको पाइन्छ । पूर्वचर्चित ६ वटै संस्करणमध्ये लक्ष्मीदत्त पन्तद्वारा सङग्रहीतसंस्करणमा सबैभन्दा कम(६६ वटा) र गोपीनाथ लोहनी तथा दुर्गादेव पाडेद्वारा सम्पादित संस्करणमा सबैभन्दा बढी (१५९ वटा)रचना सङगृहीत छन । अतः ती संस्करणहरूमा समग्रमा विभिन्न रचनाकारका नदोहोरिएका २१२ वटा रचना सङगृहित छन । तिन २१२ वटा रचनालाई यस शोधप्रबन्धको परिच्छेद चारअन्तर्गत गजलका संरचनात्मक घटक तथा विभिन्न तत्वका आधारमा विश्लेषण गरिएको छ । यस शोधप्रबन्धको परिच्छेद पाँचअन्तर्गत भने अघिल्ला परिच्छेदमा प्रस्तुत सङ्गीतचन्द्रोदयमा सङग्रहीत रचनाहरूको अध्ययतथा विश्लेषणबाट प्राप्त निष्कर्ष तथा मूल्याङ्कन प्रस्तुत गरिएको छ । यसरी ‘सङ्गीतचन्द्रोदयको कृतिपरक अध्ययन’ शीर्षकयहरु प्रस्तुत शोधप्रबन्धमा सङ्गीतचन्द्रोदयको मूल प्रति फेला नपरेको हुँदा गोपीनाथ लोहनी र दुर्गादेव पाडेद्वारा सम्पादित संस्करणलाई मानक संस्करणका रूपमा ग्रहण गरी अन्य पाँच संस्करणलाई समेटद सङ्गीतचन्द्रोदयको कृतिपरक अध्ययन गरिएको छ ।

Description

Citation

Collections