नवलपरासी जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका निवेदन लेखन क्षमताको अध्ययन{Nawalparashi Jillaka Kakshya saatma Adhyayanrat Viddyarthiharuka Nivedan Lekhan Kshyamatako Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय

Abstract

शोध शीर्षक - नवलपरासी जिल्लाका कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूका निवेदनलेखन क्षमताको अध्ययन शोध निर्देशक - सहा. प्रा. गुञ्जेश्वरी महतो शोधार्थी - बिमला श्रेष्ठ क्याम्पस÷विभाग ः शिक्षाशास्त्र नेपाली विभाग, श्री कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती नवलपरासी ।शैक्षिक बर्ष - २०७५पृष्ठ संख्या - ५७अध्याय संख्या - ५ कक्षा सातमा अध्ययनरत विद्यार्थीहरूको निवेदनलेखन क्षमताको अध्ययन गर्नु, लैङगिकताकाआधारमा विद्यार्थीहरूको निवेदनलेखन क्षमताको तुलनात्मक विश्लेषण गर्नु, विद्यालयका प्रकृतिका आधारमा विद्यार्थीहरूको निवेदनलेखन क्षमताको तुलनात्मक अध्ययन गर्नु यस शोधकार्यका प्रमुख उद्देश्यहरू रहेका छन । प्रस्तुत शोधपत्र अध्ययनका क्रममा सामग्री सङकलनका निम्ति मुख्यतः क्षेत्रीय सामग्री सङकलन विधिलाई अँगाल्दै व्याख्यात्मक तथा विश्लेषणात्मक पद्धतिलाई पछ्याइएको छ ।नवलपरासी जिल्लाका पाँच सरकारी र पाँच निजी विद्यालयमा कक्षा सातमा अध्ययनरत जम्मा १०० जना विद्यार्थीहरूलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने यस सँगसम्बन्धित अन्य पत्रिका, पुस्तकहरू, शा आधारमा छुट्टाछुट्टै व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । समग्र विद्यार्थीहरूको निवेदनलेखन क्षमता सन्तोषजनक नै रहेको छ । लैङगिकताकाआधारमा छात्र विद्यार्थीको तुलनामा छात्राहरूको निवेदनलेखन क्षमता उच्च रहेको देखिन्छ । विद्यालयको प्रकृतिका आधारमासामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयकाविद्यार्थीहरूको निवेदनलेखन क्षमता राम्रो रहेको देखिन्छ ।

Description

Citation