सार्वजनिक विद्यालयमा दण्ड तथा पुरस्करकाे व्यवस्थापन { Sarbajanik bidyalayama danda tatha purskarko byabasthapan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Abstract

शोधसार प्रस्तुत अध्ययन सार्वजनिक विद्यालयमा दण्ड तथा पुरस्काको व्यवस्थापन विषयमा केन्द्रित रही तयार गरिएको हो । यस अध्ययनको मुख्य उद्देश्य विद्यालय तहमा दण्ड र पुरस्कारको लेखाजोखा गर्नु हो । यो अनुसन्धान कार्यलाई सम्पन्न गर्नका लागि गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । अध्ययनको उद्देश्य प्राप्तिका लागि प्राथमिक स्रोतबाट तथ्याङ्क सङ्कलन गर्न अन्र्तवार्ता प्रश्नावली, अवलोकन, कक्षा अवलोकनहरुको प्रयोग गरिएको थियो । यस अध्ययनलनई अगाडि बढाउन उद्देश्यात्मक नमुना छनौट विधिको प्रयोग गरिएको छ । उद्देश्य प्राप्तिको लागि सम्बन्धित जनता उ.मा.वि.भवानीपुर र श्री डोमी चौधरी उ.मा.वि.पोखरभिण्डाका र श्री .ज.न.ल.मा.वि. लक्ष्मीपुरपतारी विद्यालयमा गई प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट गरी अन्र्तवार्ता प्रश्नावली मार्फत आवश्यक तथ्याङ्क संकलन गरिएको थियो । प्राप्त तथ्याङ्कको आधारमा उद्देश्यनुसार छुटाछुटै शीर्षक तथा उपशीर्षकमा राखी विश्लेषण तथा विवेचना गरिएको छ । अध्ययनले देखाए अनुसार शिक्षा नियमावलीमा तोकिए बमोजिम बालबालिकाहरुलाई कुनै पनि प्रकारको दण्ड नदिने व्यवस्था भएपछि छनौटमा परेका विद्यालयहरुमा शारीरिक तथा मानसिक दण्डहरु दिने गरेको पाइयो । विद्यालयमा साथीभाइसँग झैझगडा गर्ने, अर्काको किताब कापि च्यात्ने, कोठाको भ्याल ढोकाको सिसा फुटाउने, विद्यालय ढिलो आउने, कक्षाकार्य तथा गृहकार्य नगर्ने, शिक्षकले भनेको नमान्ने र विद्यार्थीहरुलाई दण्ड दिने गरेको पाइयो भने पढाईमा उत्कृष्ट र अतिरिक्त क्रियाकलापका उत्कृष्ट भएमा कक्षाकार्य, गृहकार्य गरेको, शिक्षकले भनेको मानेमा पुरस्कार दिने गरेको पाइयो । पुरस्कार आर्थिक पुरस्कार नभई भौतिक पुरस्कार (कापी, कलम, पेन्सिल, किताब, पोशाक, झोला) दिने गरेको पाइयो । साथै शाब्दिक रुपमा उत्प्रेरणात्मक र होशलामुखी शब्दहरु बढी प्रयोग भने गरेको पाइयो । नराम्रो बानी व्यवहार गरेमा दण्ड र राम्रो काम गरेमा पुरस्कार दिने गरेको, शिक्षण–सिकाइ क्रियाकलाप गर्दा सुधारात्मक तथा सचेतात्मक रुपबाट दिइएको दण्डले विद्यार्थीहरुलाई पठनपाठन कार्यदेखि अन्य वानी व्यवहारमा सकारात्मक प्रभाव पार्नुको साथै नकारात्मक प्रभावमा शिक्षकसँग डराउने, विद्यालय छाड्ने, हिनताबोध जस्ता प्रभाब परेको पाइयो । पुरस्कारको सकारात्मक प्रभाबमा पठनपाठनमा उत्साहित, हरेक क्रियाकलापका भाग लिने गृहकार्य सधै गर्ने, हरेक कुरामा चासो राख्ने गरेको पाइयो भने नकारात्मक पक्षमा साथीलाई हेप्ने तथा घमण्ड गर्ने गरेको पाइयो । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन गर्दा देखिएका समस्याहरु क्रमशः विद्यालय छोडने तथा मानसिक समस्या, प्रतिसोधको भावना, दृन्दको सिर्जना, अहमताको भावना जस्ता समस्या देखियो । समस्या समाधानमा दण्डमुखि शिक्षण भन्दा पुरस्कारमुखि शिक्षण सिकाइ, शिक्षक–विद्यार्थी समझदारि, अभिभावक–विद्यालय सम्बन्ध राम्रो हुनु अति आवश्यक देखिन्छ । विद्यालयमा दण्ड र पुरस्कार व्यवस्थापन प्रभावकारी तुल्याउन स्थानीय स्तरको सुझाव सल्लाह सहित माथिल्लो निकायबाट निति बनाउनु पर्ने छ । साथै विद्यालय व्यवस्थापन समिति तथा विभिन्न सरोकारबालाहरु र विज्ञको सहयोगमा दण्ड रहित सिकाईलाई प्रोत्साहन गर्नुपर्दछ ।

Description

Citation