मौरीपालन व्यवसायले कृषकहरूको जीविकापार्जनमा पारेकासामाजिक प्रभाव (कपिलवस्तु जिल्लाको बाणगंगा न.पा. वडा नं. ५, ६ र ७ को एक अध्ययन){Social impact of beekeeping business on farmers' livelihood (A study of Banganga Napa Ward No. 5, 6 and 7 of Kapilvastu District)}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र विभाग
Abstract
यस बाँणगंगा न.पा.वडा. नं. ५, ६ र ७ मा रहेका मौरीपालन व्यवसाय गनकृषकहरूको घरधुरी ८० रहेको छ । जसमा थारु, ब्राहमण र क्षेत्री गरी सबै१०० प्रतिशतहिन्दु धर्म मान्ने उत्तरदाता रहेका छन । यसले अनसन्धान क्षेत्रको धार्मिक अवस्थामा हिन्दधमको बर्चश्व रहेको छ । अध्ययन क्षेत्रका मौरीपालन व्यवसाय गर्ने कृषकहरूमा ब्राहमण५६.२५ प्रतिशत, थारु ३५ प्रतिशत र क्षेत्री ८.७५ प्रतिशत रहकाछन ।
यस क्षेत्रमा थारुहरूको बाहुल्यता भएपनि व्यवसायमा भने थारुहरू भरखरै भरखरमात्र प्रवेश गरेको र यिनीहरूले पनि नेपाली भाषा नै बढी प्रयोग गन गरेको पाइयो । यसवडा भरखर भरखर मात्र नगरपालिका भएको र यहाँका मानिसहरूको बस्ती अझै पनिग्रामीण बस्ती नै भएको पाइयो । यहाँको मुख्य पसा पनि कृषि नै रहेको छ । यहाँकामौरीपालन गर्ने व्यवसायीहरू यो व्यवसाय गनुभन्दा पहिले गुजारामुखी कृषि नै गरेको रहाल आएर यो व्यवसाय शुरुवात गरेपछि व्यवसायिकता तर्फ उन्मुख भएको पाइयो ।
क्षेत्रका मौरी कृषकहरूमा ४४ घरधुरीका कृषकहरूको शुद्घ कषि पसा अपनाइआफनो जीविका चलाएको पाइन्छ । त्यस गरी कृषि पसा सँगसग बैदेशिक रोजगारअपनाउनेको घरुधरी संख्या १२ रहेको छ । त्यस्तै गरी कृषि पसा सँगसँगै आधुनिक तरकारीखेती पनि अपनाउनेको घरधुरी संख्या २० रहेको छ भने कृषिका अलावा सरकारी जागीरगर्नेको संख्या ४ रहेको देखिन्छ । त्यसले मौरीपालन व्यवसायलाई मुख्य पेसाको रूपमालैजानको लागि मौरी कृषकहरू उत्सक छनतर आफनो भएको खेत बाझो रहने डरले यसपेसालाई साईड पेसाका रूपमा लिने गरेको बताउछन । मह र मैनलाई चोखो र धार्मिकबस्तुको रूपमा लिने भएपनि दलित जातिले उत्पादन गरेको मह पनि अरु जातिले सजिलप्रयोग गर्ने गरेको अध्ययनमा दखिएको छ ।
यस व्यवसायमा संख्यात्मक रूपमा महिला र पुरुष करिव करिव बरावर भएपनिनेतृत्व लिन सवालमा पुरुषहरू नै बढी अगाडि रहेको पाइयो । थोरै लगानीमा धेरै फाईदालिन सकिन र यसको लागि धेरै जग्गा जमिन पनि नचाहिने भएकोल कम जग्गा जमिनभएको मानिसले पनि सजिलै या पेसालाई अवलम्वन गर्न सकिने अध्ययनबाट देखिएको छ ।यो व्यवसाय सुरुवात गर्दा मौरी कृषकहरूले कषि ज्ञान केन्द्र कपिलवस्त लगायतबाटतालिम लिनुका साथै गोर्खा बी कन्सर्न उद्योग रामनगर चितवनबाट मौरी घार ल्याई जिल्ला कृषि विकास कार्यलयको प्राविधिक सहयोगमा व्यवसाय सुरुवात गरी बिस्तारै बिस्तारै अन्यस्थानीय मौरी कृषकहरूबाट समेत मौरी घार किनेर ल्याउने गर्नाले घारको संख्यामा ब्यापकवृद्धि गरेको अध्ययनबाट दे खियो । जसले गर्दा पनि यस व्यवसायमा त्यहाँका कृषकहरूअझ बढी व्यवसायिक रूपमा अगाडि बढिरहे को देखियो ।
यहाँँका मौरीपालन गर्ने कृषकहरूलाई बाँणगंगा.न.पा. र कृषि ज्ञान केन्दकपिलवस्तको तालिम र केही मौरी घार सहयोग मिलेको सो बाहेक अन्य त्यस्तो केहीआर्थिक सहयोग कहि कतबाट प्राप्त नभएको कुरा उल्लेख गरेका छन । अध्ययन क्षेत्रमामौरीपालन व्यवसायबाट प्राप्त आम्दानीमा महिलाको भन्दा पुरुषको पहुँच बढी हुने देखिएकाछ । हरेक शनिबार सबै मौरीपालन व्यसायिहरू एक ठाउँमा जम्मा भई सार्वजनिकबाटोघाटो सरसफाई गर्ने एवं प्रति व्यवसायीले रु.१००÷–जम्मा गरी सामाजिक कार्यमालगाउने कार्यल उनीहरू सामाजिक उत्तरदायित्व पति सजक रहेको पनि अध्ययनबाट पाइया। मौरीपालन व्यवसाय गनकृषकहरूलाई तालिम अवधि थोरै भएपनि यसबाट उत्पादनमाखासै असर नपरेको पनि उनीहरूको भनाई रहेका पाइयो । यस बाँणगंगा न.पा. वडा नं. ५,६ र ७ को भौगोलिक वातावरण मौरीपालन व्यवसायको लागि उपयुक्त भएको पाइयो ।
