कक्षा ७ मा अध्ययनरत पहरी भाषा हुने विद्यार्थीहरूले स्तरीय भाषा सिक्दा गर्ने उच्चारणगत त्रुटिहरूको अध्ययन {Pahari language students studying in class 7 learn standard language Study of Pronunciation Errors}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली केन्द्रीय विभाग
Abstract
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङकाय नेपाली शिक्षा विभागअन्तर्गतस्नातकोत्तर नेपाली दोस्रो वर्षको पाठयांश ५९८ को उद्देश्य पूरा गर्न तयार पारिएको यसशोधको शीर्षक “कक्षा ७ मा अध्ययनरत पहरीभाषा हुने विद्यार्थीहरूले स्तरीय भाषा सिक्दागर्ने उच्चारणगत त्रुटि रहेको छ । यस शोधका उद्देश्य पहरी भाषी विद्यार्थीहरूले नेपालीभाषाको उच्चारणमा गर्ने त्रुटि पत्ता लगाउनु, ती त्रुटिहरू हुने कारण पत्ता लगाउनु रत्रुटिहरू निराकरणका लागि आवश्यक सुझाव प्रस्तुत गर्नु रहेको छ ।
प्रस्तुत शोधपत्रलाई निम्न सीमाभित्र राखी तयार पारिएको छ । क्षेत्रीय सामग्रीसङ्कलन विधिको प्रयोग गरिएको यस शोधमा नमुना छनोट सामग्री सङ्कलन, व्याख्या तथाविश्लेषण मुख्य रुपमा रहेका छन ।
दोस्रो अध्यायमा पहरी भाषाको चिनारी, दिने विभिन्न पक्षहरूको उल्लेख छ ।यिनीहरूको पृष्ठभूमि वा उत्पत्ति, बसोवास, पारिवारिक स्थिति, भाषा शारीरिक बनोट,यिनीहरूले प्रयोग गर्ने पहिरन तथा गरगहना, पेसा, परम्परागत जीवनचक्र(जन्म, न्वारन,पास्नी , छेवर व्रतबन्ध, वैवाहिक कर्म, मृत्युकर्म) यिनीहरूले मनाउने चाडपर्व र आर्थिकअवस्था जस्ता पक्षहरूको उल्लेख गरी छोटकरीमा जानकारी दिइएको छ ।
तेस्रो अध्यायमा त्रुटिविश्लेषणको सैद्धान्तिक अवधारणा शीर्षक दिइएको छ ।त्रुटिविश्लेषणको परिचय दिदै यसको महत्व
हरूलाई स्पष्ट पार्न खोजिएको छ । त्रुटिकाप्रकृति र वर्गीकरणलाई वृक्षारेखमा देखाई क्रमैसँग तिनको परिचय दिइएको छ । त्यसपछित्रुटिविश्लेषण प्रक्रियाको उल्लेख गर्दै वृक्षारेखमा देखाइएको छ र तिनको परिभाषा क्रमैसँगदिइएको छ ।
अध्याय चारमा उच्चारणगत त्रुटिहरूको पहिचान र व्याख्या, विश्लेषण, नामदिइएको छ । उच्चारणमा हुने त्रुटिहरूको क्रमैसँग पहिचान गरी व्याख्या र विश्लेषणगरिएको छ । त्रुटिगत शब्दहरू प्हिचान गरी तिनीहरूको छुट्टाछुट्टै तालिका बनाइ स्पष्ट
रूपमा व्याख्या विश्लेषण गरिएको छ । त्रुटि उच्चारण हुने कारणहरूको पनि यसअध्यायमा उल्लेख गरिएको छ ।
पाँचौ अध्यायमा उपसंहार वा अन्तिममा पुरै अध्ययनको निष्कर्ष र सुझाव दिइएकाछ । जसले त्रुटिकर्ताहरूलाई के कति कारणले त्रुटि हुने रहेछ भन्ने कराको जानकारीहुनुका साथै सावधानी अपनाउनमा सहयोग पु¥याउँछ
