उच्च माध्यमिक विद्यालयको शैक्षिक अवस्था {Educational Status of High School}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
यस अध्ययनको शीर्षक उच्च माध्यमिक विद्यालयको शैक्षिक अवस्था रहेको छ । अध्ययनको मुख्य उद्देश्य ग्रामीण र शहरी क्षेत्रका सामुदायिक उ.मा.वि.को शैक्षिक अवस्था पहिचान गर्नु रहेको छ ।
यस अध्ययन पाल्पा जिल्लाको सदरमुकाम तानसेन नगरपालिकाका ५ वटा र ग्रामिण क्षेत्रको रामपुर स्रोत केन्द्रका ५ वटा गरी जम्मा १० वटा सामुदायिक उ.मा.वि.का कक्षा ११ र १२ को शैक्षिक अवस्था अध्ययनमा सीमाङ्कन गरिएको छ । अध्ययनको लागी वि.व्य.स. अध्यक्ष, प्राचार्य, शिक्षक तथा विद्यार्थीलाई नमुना उत्तरदाताको रूपमा छनोट गरिएको छ । अन्तरवार्ता प्रश्नावली तथा सर्वेक्षण फारमलाई मुख्य तथ्याङ्क सङ्कलनको साधनको रूपमा लिइएको छ । प्राप्त तथ्याङ्कलाई मिश्रित ढाँचामा प्रस्तुत गरिएको छ ।
कक्षा ११ को भर्ना प्रतिशत २०६५,२०६६ र २०६७ सालमा शहरी क्षेत्रमा ग्रामिण क्षेत्रमा भन्दा क्रमश ३५.३१%,३१.५७% र ३७.६५% ले बढि भएको पाइयो । शहरी र ग्रामिण क्षेत्रका सामुदायिक उ.मा.वि.मा २०६७ सालको कक्षा १२ को विद्यार्थी भर्ना शहरी क्षेत्रमा ६२.८६% र ग्रामीण क्षेत्रमा ३७.१४% पाइएको छ । औसत उत्तिर्ण प्रतिशत शहरी क्षेत्रमा ४८.८६% र ग्रामीण क्षेत्रमा ४३.९२% पाइएको छ । शिक्षाशास्त्र सङ्कायतर्फको औसत सिकाइ उपलब्धि शहरमा ५७.६५% र ग्रामीण क्षेत्रमा ५८.९४% पाइएको छ । उ.मा.तहको शैक्षिक अवस्थालाई आर्थिक, प्रशासनिक, सामाजिक, भौतिक, भौगोलिक, वातावरणीय तथा पाठ्यक्रम सम्बन्धी तत्वहरूले प्रभाव पारेको पाइयो ।
दुवै क्षेत्रका सामुदायिक उ.मा.वि.का समस्याहरूमा नीतिगत तथा संरचनागत समस्यामा उ.मा. तहलाई मा.वि. तह बनाउने वा नवनाउने अन्योलता हुनु, योग्य तालिम प्राप्त शिक्षकको अभाव हुनु, आर्थिक स्रोतको अभाव, शिक्षक दरबन्दीको व्यवस्था नहुनु, शिक्षकको सेवा, शर्त र सुविधाको ग्यारेण्टी नहुनु, परीक्षा व्यवस्थापनमा कमजोरी हुनु, राजनैतिक हस्तक्षेप वढ्नु, शिक्षक तालिमको अभाव, विद्यार्थीहरूमा अनुशासनको कमी, विद्यार्थीको पढाईप्रति रुचि कम हुनु आदि रहेका छन् ।
दुवै क्षेत्रका सामुदायिक उ.मा.वि.का शैक्षिक समस्या समाधान गर्न उ.मा. तहलाई माध्यामिक तहको संरचनामा ल्याउनुपर्ने, पूर्णकालीन तथा विषयगत शिक्षकको दरवन्दी व्यवस्था गर्नुपर्ने, सरकारी अनुदान बढाउनुपर्ने, उच्च माध्यमिक शिक्षालाई सर्वशुलभ, समयसापेक्ष, व्यवहारिक, प्रतिस्पर्धी बनाइनुपर्ने, परीक्षा प्रणालीमा सुधार गर्र्न आन्तरिक मूल्याङ्कन प्रभावकारी बनाइनुपर्ने, सुपरिवेक्षण प्रभावकारी बनाइनुपर्ने, वि.व्य.स, प्राचार्य, शिक्षक, अभिभावक र विद्यार्थीवीच बेला–बेलामा अन्र्तक्रिया गर्नुपर्ने जस्ता उपायहरू प्रस्तुत गरिएका छन ।
