नेपाली मातृभाषी र इतर नेपाली मातृभाषी बालबालिकाहरूको सिकाइ उपलब्धिको तुलनात्मक अध्ययन {A Comparative Study of Learning Achievement of Nepali Native Speaker and Other Nepali Native Speaker Children}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन संकाय

Abstract

यो शोधपत्रको शीर्षक नेपाली मातृभाषी र इतर नेपाली मातृभाषी बालबालिकाहरूको सिकाइ उपलब्धिको तुलनात्मक अध्ययन रहेको छ । यस अध्ययनका उद्देश्यहरू प्राथमिक तहका नेपाली मातृभाषी र इतर नेपाली मातृभाषी बालबालिकाहरूको सिकाइ उपलव्धिको तुलनात्मक अध्ययन गर्नु रहेको छ । यस अध्ययनमा आवश्यक सूचनाहरू संकलन गर्नका लागि सर्वेक्षण विधिमा आधारित गुणात्मक र परिमाणात्मक दुवै विधि अपनाइएको छ । अध्ययनका लागि मोरङ जिल्ला केराबारी स्रोत केन्द्र अन्तर्गत सिंहदेवी गा.वि.स.का विद्यालयहरू, प्र.अ.हरू, शिक्षक तथा विद्यार्थीहरू र अभिभावकहरूलाई जनसंख्याको रूपमा लिइएको छ भने सोही गा.वि.स.का ३ वटा विद्यालय, ३ जना प्र.अ., ६ जना अभिभावक र १२ जना विद्यार्थीलाई उद्देश्यमूलक विधिका आधारमा छनौट गरी नमुनाको रूपमा लिइएको छ । तथ्याङ्क संकलनका लागि प्रश्नावली, अन्तर्वार्ता सूची, लक्षित समूह छलफल निर्देशिका, अवलोकन फारम र सर्वेक्षण फारम जस्ता साधनहरूको प्रयोग गरिएको छ । यस अनुसन्धान कार्यबाट प्राप्त भएका मुख्य प्राप्तिहरूमा नेपाली मातृभाषी र इतर नेपाली मातृभाषी बालबालिकाहरूले प्राप्त गरेको विषयगत प्राप्तांकको औसतलाई हेर्दा गणित बाहेक सबै विषयहरूमा इतर नेपाली मातृभाषी बालबालिकाहरूको उपलव्धि स्तर कम भएको पाइयो । नेपाली मातृभाषी र इतर नेपाली मातृभाषी बालबालिकाहरूको प्राप्ताङ्कमा सबैभन्दा बढी भिन्नता नेपाली विषयमा र सबैभन्दा कम भिन्नता अंग्रेजी र गणित विषयमा पाइयो । अध्ययन क्षेत्रका इतर नेपाली मातृभाषी बालबालिकाहरूलाई नियमित रूपमा विद्यालय जान मन लागेता पनि घरको काम गरी रहनु पर्ने, कमजोर आर्थिक अवस्था, प्रेरणाको अभाव, अभिभावकको शिक्षाप्रतिको चेतनाको कमी, पारिवारिक, सामाजिक, सांस्कृतिक कारणले गर्दा विद्यालयमा नियमित उपस्थिति नभई सिकाइ उपलव्धि कमजोर रहेको पाइयो । त्यसै गरी घरायसी समस्या रहेको, अभिभावकको चेतनाको कमी, भाषिक कठिनाई, मातृभाषामा शिक्षण नभएको, कमजोर आर्थिक अवस्था, पारिवारिक, सामाजिक, सांस्कृतिक कारण आदि जस्ता प्रमुख समस्याहरूलाई समाधान गर्नका लागि मातृभाषामा शिक्षण गर्नु पर्ने, इतर नेपाली मातृभाषी बालबालिकाहरूका लागि थप कक्षा सञ्चालन जस्ता विशेष कक्षाको व्यवस्था गर्नु पर्ने, विद्यार्थी केन्द्रित विधिद्वारा शिक्षण गर्नुपर्ने, शिक्षक तालिमको व्यवस्था गरी प्रभावकारी शिक्षण विधि लागू गर्नु पर्ने, निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली लागू गर्नु पर्ने, विद्यार्थी संख्या र कक्षागत रूपमा शिक्षक दरवन्दीको व्यवस्था गर्नु पर्ने, कोचिङ कक्षा, गरिब तथा जेहेन्दार इतर नेपाली मातृभाषी विपन्न बालबालिकाहरूलाई छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने जस्ता मुख्य सुझावहरू यस शोधपत्रमा समावेश गरिएका छन् ।

Description

Citation