आम्दानी र उपभोगबीचको सम्वन्धको अध्ययन : आम्चोक गाउँपालिका, भोजपुुर (Aamdani ra upbhogbichko sambandhako adhyayan : Aamchok gaunpalika, Bhojpur

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

यस अध्ययन आम्दानी र उपभोगबीचको सम्वन्धको अध्ययन ः आम्चोक गाउँपालिका, भोजपुुर शीर्षकमा गरीएको हो । यस अध्ययनको साधारण उद्देश्य आम्दानी र उपभोगबीचका सम्बन्धको अध्ययन गर्नुु रहेको छ भने अध्ययनमा समावेश भएका परिवारहरूको आम्दानी र उपभोगको विश्लेषण गर्नुु, परिवारहरूको उपभोग प्रवत्तिको अध्ययन गर्नुु र छनोटमा परेका परिवारहरूमध्ये न्यूून आम्दानी भएका घरपरिवारहरूको आम्दानी न्यूून हुुनुुका कारण पहिचान गरी आम्दानी वुद्धि गर्ने उपायहरूको खोजि गर्नुु रहेको छ । यस अध्ययनको उद्देश्यहरू पुुरा गर्न सर्वे ढाँचामा आधारीतरही पाथमिक स्रोतको माध्यमद्वारा परिमाणात्मक र गुुणात्मक दुुवै प्रकृतिका सुुचना÷तथ्याङ्कहरू संकलन गरीएको छ । यसरी पाप्त तथ्याङ्कलाई आवश्यकता अनुुसार तालिका, वृृत्तचित्र, स्तम्भचित्र, प्रतिशांक तथा उपभोग प्रवृत्तिद्वारा विश्लेषण गरीएको छ । प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न प्रस्नावली निर्माण गरी अध्ययन क्षेत्रको नमुुना छनोटमा परेका घरपरिवारहरूलाई प्रत्यक्ष अन्तरवार्ताद्वारा लिइएको थियो । यसका साथै अवलोकन सूूचीको माध्यमद्वारा प्रत्यक्ष अवलोकन र लक्षित समुुह छलफल कार्यक्रम सञ्चालन गरी प्राथमिक तथ्याङ्क संकलन गरीएको थियो जसका लागि सम्भावनायुुक्त नमुुना छनोट विधिद्वारा आम्चोक गाउँपालिका वडा नं. २ मा बसोबास गर्ने कुुल ३५१ घरपरिवारको १५ प्रतिशत छनोट गरीएको थियो । उक्त १५ प्रतिशतमा ५३ घरपरिवार रहेका छन । यस अध्ययनका लागि छनोटमा परेका कल ५३ घरपरिवारमध्ये ४३ घर कृषि, ५ घर सेवा÷नोकरी, ३ घर व्यापार र २ घर ज्याला मजदुुरी पेशामा आवद्ध रहेको पाइयो । यी विभिन्न पेशामा आवद्ध घरपरिवारहरूको क्षेत्रगत आम्दानीको अध्ययन गर्दा कृषिबाट रु. ५७,७८,९००, पशुुपालनबाट रु. २७,९४,५००, व्यापार व्यवसायबाट रु. ४८,७८,०००, जागिर अथवा सेवाबाट रु. २२,३०,०००, ज्याला मजदुुरीबाट रु. २७,२५,०००, पेन्सन भत्ताबाट रु. ६,८९,४००, वैदेशीक रोजगारबाट रु. २४,८७,०००, सहयोग चन्दा अनुुदानबाट रु. २९,०४,००० तथा अन्य क्षेत्रबाट रु. ३५,२९,७०० गरी कल आम्दानी रु. २,६०,६५,५०० रहेको पाइयो । यसैगरी यी विभिन्न स्रोतबाट प्राप्त आम्दानीलाई खाद्यन्नमा रु. ४१,०५,८००, लत्ताकपडामा रु. ७,४५,७००, शिक्षा रु. ३६,१७,०५०, स्वास्थ्यमा रु. २१,७३,८००, मनोरञ्जनमा रु. ३,३४,१००, करमा रु. ३१,४९६ तथा विविध क्षेत्रमा रु. ५६,००,३०० गरी कुुल रु. १,७४,५४,२४६ उपभोग क्षेत्रमा खर्च गरेका पाइयो । छनोटमा परेका ५३ घरपरिवारहरूको औषत आम्दानी रु. ४,९१,८०१.८८, औषत उपभोग रु. ३,२९,३२५.३९, औषत बचत रु. १,६२,४७६.४९, प्रतिव्यक्ति आम्दानी रु. ८९,८८१.०३, प्रतिव्यक्ति खर्च रु. ६०,१८७.०३ र प्रतिव्यक्ति बचत रु. २९,६९६.९७ रहेको पाइयो । यस अध्ययनको लागि छनोटमा परेका घरपरिवारहरूको उपभोग प्रवृत्तिको विश्लेषण गरीएको छ । यहाँ कल आम्दानी र उपभोगबीचको औषत उपभोग प्रवृत्ति ०.६६९ प्राप्त भयो भने पेशागतरुपमा हेर्दा कृषि पेशामा आवद्ध ४३ घरपरिवारको औषत उपभोग प्रवृत्ति ०.८२५, सेवामा आवद्ध ५ घरपरिवारको औषत उपभोग प्रवृत्ति ०.६२३, व्यापारमा आवद्ध ३ घरपरिवारको औषत उपभोग प्रवृत्ति ०.३९३ र ज्याला मजदुुरी पेशामा आवद्ध २ घरपरिवारको औषत उपभोग प्रवृत्ति ०.४३१ प्राप्त भयो । त्यसैगरी कुुल सिमान्त उपभेग प्रवृत्ति ०.३४ र कृषि तथा सेवा पेशाको क्रमशः ०.५५ र ०.३५ रहेको पाइयो । समग्रमा, आम्दानी र उपभोगबीचको सम्वन्धको अध्ययन गर्दा सव परिवारहरूको आम्दानी र उपभोगबीच असमान सम्वन्ध रहेका पाइयो । जसमा छनोटमा परेका कुुल ५३ घरपरिवारहरूमध्ये ४३ घरपरिवारको बचत आम्दानी अर्थात उपभाग भन्दा आम्दानी बढी रहेको पाइयो भने १० घरपरिवारहरूको आम्दानी भन्दा उपभोग बढी रहेको पाइयो तर नेपाल जीवनस्तर सर्भेक्षण २०६६÷६७ का आधारमा गरिवीको रेखामुुनि जम्मा ७ घरपरिवार रहेको पाइयो । यी गरिवीको रेखामुुनि रहेका घरपरिवारहरूको न्यूून आम्दानी हुुनुुका कारणहरू र आम्दानी वृद्धि गर्ने उपायहरूको खोजि गर्ने क्रममा लक्षित समुुह छलफल कार्यक्रम सञ्चालनबाट प्राप्त कारणमा परम्परागत कृषि प्रणली, प्राविधिक तथा व्यावसायीक शिक्षाको कमि, वेरोजगार, उच्च आश्रित जनसंख्या, पूूँजीको अभाव, प्रतिस्पर्धात्मक क्षमताको कमि, लक्षित आयआर्जन कार्यक्रमको फितलो कार्यन्वयन तथा परम्परागत मुुल्यमान्यता आदि रहेको पाइयो भने आम्दानी वृद्धि गर्न आन्तरिक सोचमा परिवर्तन, पेशागत विशिष्टीकरण, आन्तरिक उत्पादनलाई प्रोत्साहन, पूूर्वाधारको विकास, रोजगार तथा स्वः रोजगारमुुलक कार्यक्रम सञ्चालन र व्यवसायीक अनुुदन, विमा तथा पेशागत सुुरक्षाको सुुनिस्चितता गर्नुुपने देखियो । यस अध्ययनवाट प्राप्त तथ्यको आधारमा छनोटमा परेका ५३ घरपरिवारहरूको कुुल आम्दानीमा कृषि क्षेत्रको योगदान ५६ प्रतिशत र कृषि पेसामा आवद्ध ८१.१३ प्रतिशत रहेको पाइया जुुन नेपालको भन्दा बढी हो । उक्त समयमा आ. व. २०७५÷७६ मा कुुल गार्हस्थ उत्पादनको २६.९८ प्रतिशत रहेको छ भने शिक्षा क्षेत्रमा कुुल आम्दानीको २०.७२ प्रतिशत लगानी भइरहेको पाइयो जुुन नेपालको भन्दा बढी हो । उक्त समयमा आ. व. २०७६÷७७ कुुल बजेटको १०.६८ प्रतिशत विनियोजन गरेको छ । त्यस्तै पेशागत आम्दानी र उपभोगको स्वरुप कृषि पेशा भन्दा गैरकृषि पेशामा आवद्ध परिवारहरूको औषत उपभोग प्रवृत्ति उच्च रहेको पाइयो, जुुन अर्थशास्त्री व्। ः। प्भथलभक का ब्दकयगितभ क्ष्लअयmभ ज्थउयतजभकष्क जस्तै रहेको पाइयो । त्यस्तै कुुल आम्दानीको ३४ प्रतिशत वचत रहेको पाइयो । उक्त समयमा नेपालको कुुल आम्दानीको २०.४८ प्रतिशत वचत रहेको छ भने प्रति व्यक्ति आम्दानी नेपालको भन्दा न्यूून अर्थात रु. ८९८८१.०३ रहेको पाइयो । उक्त समय आ. व. २०७५÷७६ मा नेपालको प्रति व्यक्ति आम्दानी रु. १,१५,५१८ रहेको थियो । त्यसैगरी छनोटमा परेका कुुल परिवारको १३.२ प्रतिशत गरिबीको रेखामुुनी रहेको पाइयो, जुुन नेपालको भन्दा न्यूून हो । उक्त समय आ. व. २०७५÷७६ मा नेपालमा १८.७ प्रतिशत मानिसहरू गरिबीको रेखामुुनी रहेका छन । अन्त्यमा, छनोटमा परेका घरपरिवारहरूको पेशागत आम्दानी र उपभोगको अनुुपातलाई हेर्दा आम्दानी र उपभोग दुुवै वृृृद्धि गर्न कृषि पेशालाई आधुुनिकीकरण, व्यावसायीकरण, बजारमुुखीकरण गर्नुुपर्ने आवश्यकता छ अन्यथा कृषि भन्दा गैरकृषि पेशा अंगाल्नुु पर्ने देखिन्छ ।

Description

Citation