वर्तमान कक्षाा छको नेपाली पाठयपुस्तकमा प्रयुक्त नमुना अभ्यासहरूको अध्ययन{A study of the Sample Exercises Used in the Current Class Six Nepali Textbooks}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षा सङ्काय
Abstract
प्रस्तुत अध्ययनका शीर्षक कक्षा छको नेपाली पाठ्यपुस्तकमा प्रयुक्त नमुना अभ्यासहरूको
अध्ययन रहेको छ । यस अध्ययन भाषिक सीप विकासका दृष्टिबाट उपयुक्तताको अध्ययनमा
केन्द्रित छ । यस अध्ययनको उद्देश्य कक्षा छका वर्तमान नेपाली पाठ्यपुस्तकमा प्रयुक्त नमुना
अभ्यासहरूका भाषिक सीपका आधारमा अध्ययन गर्नु हो ।
यस अध्ययनको अध्याय एकमा शोधको परिचय अध्ययनको उद्देश्य, महत्व÷औचित्य,
अनुसन्धानात्मक प्रश्न, परिसीमा तथा पारिभाषिक वा पाविधिक शब्दहरूका उल्लेख गरिएको छ ।
त्यस्तै अध्याय दुईमा पूर्वकार्यमा समीक्षा गरिएको छ । यसको उद्देश्य अध्ययनीय विषयसँग
सम्बन्धित शोधकार्यहरूले अनुसन्धानमा सहयोग पु¥याउने भएकाले त्यस्ता पर्वकार्यको अध्ययन
गरी समीक्षा समेत प्रस्तुत गरिएको छ । यस अध्ययनले अध्ययनीय विषयसँग सम्बन्धित
शोधकार्यमा भएका सबल पक्षहरूलाई मध्यनजर गर्दै सुधार गर्नुपर्ने पक्षहरूको पहिचान गर्नु पनि
रहेको छ । पूर्वकायहरूले समेट्ने नसकेका विषयवस्तुलाई यस शोधकार्यमा समेट्ने प्रयास गरिएको
छ । यस अध्ययनमा अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधि, अध्ययनको क्षेत्र, तथ्याङ्क
सङ्कलनका साधन, व्याख्या÷विश्लेषण गरिनुका साथै निष्कर्ष, सुझाव साथै उपयोगिता समेत
प्रस्तुत गरी पाच अध्यायमा विभाजित छ । यो अध्ययन पुस्तकालयीय विधिमा आधारित रहेर
तयार पारिएको हुँदा पुस्तकालयमा सङ्ग्रहित पाठयपुस्तक स्तक, शोधग्रन्थ, पत्रपत्रिका तथा अन्य
पाठ्यपस्तकबाट सामाग्री सकलन गरी विश्लेषण गरिएको छ ।
यस शोधग्रन्थको अध्याय चारमा कक्षा छको वर्तमान नेपाली पाठ्यपस्तकमा समावेश
गरिएका अभ्यासहरूको भाषिक सीप विकासका आधारमा वर्गीकरण गरिएको छ । पत्येक पाठमा
भएका नमुना अभ्यास कुन सीपसँग सम्बन्धित छन् वा कुन सीप विकासमा सहयोग पु¥याउँदछ
भन्ने कुरा पत्ता लगाइएको छ । पाठमा प्रयोग भएका अभ्यासले कसरी भाषिक सीप विकासमा
सहयोग पु¥याउँदछन् भन्ने कुरालाई पनि प्रष्ट पार्ने प्रयास गरिएको छ । भाषाका चार सीप सुनाइ,
बोलाइ, पढाइ र लेखाइ जस्ता भाषिक सीपसँग सम्बन्धित अभ्यासहरूलाई अलग–अलग
छुट्याउनुका साथै एक सीप अन्तर्गत पर्ने अभ्यासलाई सयुक्त रूपमा एउटै उपशीर्षकमा समावेश
गरी विश्लेषण गरिएको छ । सबै खालका भाषिक सीपलाई अभ्यासमा समावेश गर्न लामा, छोटा
वा वस्तुगत कस्ता प्रश्नहरू अभ्यासका रूपमा समावेश गरिएको छ भन्ने कुरा पनि निष्कर्षमा
प्रस्तुत गरिएको छ । अन्त्यमा सम्पूर्ण अध्ययनको निष्कर्ष, सबल पक्ष र सधारात्मक पक्षको
विश्लेषण सहित सुझाव प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम र पाठ्यपुस्तकका अन्तरसम्बन्ध र त्यसमा समाविष्ट नमुना अभ्यासका कमी
कमजोरी पहिचान गरी आवश्यक सुधार÷संशोधन गर्नका लागि पनि यस अध्ययनले मद्दत
पु¥याउन सक्छ । सिकाइमा भाषिक सीप विकास गर्न नमुना अभ्यास एकमात्र सेतु मानिने
सन्दर्भमा यस्ता अभ्यास र तिनको अध्ययनको महत्व रहेको स्पष्ट हुन्छ । भाषा शिक्षणलाई
समावेशीकरण गरी शैक्षिक क्षति न्युनिकरण गर्न पनि यसले सहयोग पु¥याउने देखिन्छ ।
पाठ्यक्रमको उद्देश्यअनुरूप पर्याप्त नमुना अभ्यासहरूको संयोजन गरी पाठ्यपस्तकमा सुधार
गर्नका साथै विद्याथी केन्द्रित र कार्यकलापमुखी शिक्षण सिकाइको प्रवद्र्धन गर्नमा सहयोग पु¥याउने
देखिन्छ ।
