शिक्षक विद्यार्थी अनुपातले सिकाई उपलब्धिमा पारेको प्रभाव{Śikṣaka vidyarthi anupatale sikai upalabdhima pareko prabhava}

Abstract

‘शिक्षक विद्यार्थी अनुपातले सिकाई उपलब्धिमा पारेको प्रभाव’ शीर्षकमा गरिएको यो अध्ययन शिक्षाको आधारशिला मानिएको प्राथमिक तहमा शिक्षक र विद्यार्थीको वितरण कसरी भएको छ र त्यसले सिकाई उपलब्धिमा कस्तो प्रभाव पारेको छ भन्ने मूल आशयका साथ गरिएको यो अध्ययन झापा जिल्लाको काँकडभिट्टा स्रोतकेन्द्र भित्रका सामुदायिक प्राथमिक विद्यालयहरुलाई नमूना आकारको रुपमा छनौट गरिएको थियो । गुणात्मक, विवरणात्मक, परिमाणात्मक जस्ता अनुसन्धान ढाँचाको प्रयोग गरी प्रश्नावली, अन्तर्वाता तालिका, अभिलेख अध्ययन जस्ता अनुसन्धानका साधनबाट सूचना संकलन गरी यो शोध अनुसन्धान सम्पन्न गरिएको छ । नमूना छनौटमा परेका विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात मिश्रित रहेको पाइयो, जसमा श्री सहिद दशरथ चन्द उ.मा.वि. मा २५.८ ः १, श्री कृष्ण प्रा.वि. मा १९.५ ः १ र शान्ति प्रा.वि. मा १९.८३ ः १ रहेको देखिन्छ भने शिक्षक विद्यार्थी उपस्थिति समेत विद्यालयमा मिश्रित देखिन्छ । यसैगरी कक्षागत सिकाई उपलब्धि घटीमा ४३.१९% (कक्षा–३) र बढीमा ५१.९७% (कक्षा–४) मा रहेको पाइयो भने विषयगत सिकाई उपलब्धि नेपाली विषयको ६१.७८% (कक्षा–३) बढी, गणित ३१.८०% (कक्षा–४) कम र मध्यम रुपमा विज्ञान विषयमा ५०.००% रहेको देखिन्छ । शिक्षक दरवन्दी मिलान (११ जना), शिक्षकको व्यवहार र शिक्षण विधिको प्रयोग (६ जना) विद्यालय वातावरण (४ जना) लगायत प्रधानाध्यापकको दक्षता (४ जना) समेतले सिकाई उपलब्धि प्राप्त गर्न असर पु¥याउने प्रमुख तत्वहरु रहेको तथ्यलाई यस अध्ययनले पुष्टि गरेको छ । यस अध्ययन मार्फत सामुदायिक प्राथमिक विद्यालयमा शिक्षक विद्यार्थीको असमान वितरणलाई सुधार गर्नुपर्ने, शिक्षकलाई कर्तव्य निष्ठ बनाउनुपर्ने, कक्षा कोठाको वातावरण सिकाई अनुकूल बनाउनुपर्ने, अतिरिक्त कक्षाको व्यवस्था गर्नुपर्ने, अतिरिक्त क्रियाकलापका साथै मनोरञ्जनात्मक क्रियाकलापमा समेत जोड दिनुपर्ने, सिकाई उपलब्धि बढाउन निरन्तर विद्यार्थी मूल्याङ्कन, नतिजा विश्लेषण, अभिभावक शिक्षा, शैक्षिक सामाग्रीको उपलब्धता र शिक्षण विधिको उपयुक्त छनौट हुनुपर्ने जस्ता सुझावहरु पेश गरिएको छ । यसै गरी नीति निर्माण तहका लागि शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, विद्यालयको भौतिक सुविधा सुधारका लागि कदम चाल्नुपर्ने, शिक्षकलाई कर्तव्यनिष्ठ बनाउन सहयोगी हुनुपर्ने जस्ता सुझाव दिइएको छ भने अभ्यास तहका लागि समेत सुझाव पेश गरिएको छ ।

Description

Citation