बालबालिकाको सामाजिकीकरणमा प्रारम्भिक बालबिकास केन्द्रको प्रभाव {Impact of Early Childhood Development Center on Socialization of Children}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र सङकाय, शैक्षिक योजना तथा व्यवस्थापन
Abstract
“बालबालिकाको सामाजिकीकरणमा प्रारम्भिक बालबिकास कन्द्रको प्रभाव” शीर्षकमा गरिएको यस शाधपत्रको मुख्य उद्देश्य बालबिकास कक्षामा अध्ययनको अवसर पाएका र नपाएका बालबालिकाको सामाजिकीकरणको तुलना गर्नु रहेको छ । यस शोधकार्य परिमाणात्मक र गुणात्मक मिश्रित ढाँचामा अपनाई सम्पन्न गरिएको छ ।
विराटनगर उपमहानगरपालिका वडा नं. ४ स्थित पाखरिया उच्च माध्यमिकविद्यालयका बालविकास कन्द्रमा अध्ययनको अवसर पाप्त गरेर कक्षा एकमा भर्ना भएका र सिधै कक्षा एकमा भर्ना भएका बालबालिकाहरुको तुलनात्मक अध्ययन गरिएको छ । कक्षा एकका बालबालिकाको विद्यालयमा नियमितता, कार्यशैली, कार्यक्षमता प्रदर्शन, बानीव्यवहारको तुलना गरिएको छ । यस अध्ययनमा बालबालिकाको व्यवहार अवलाकन, लक्षितसमूह संग छलफल, अन्तर्वार्ता प्रश्नावलीलाई साधनको रुपमा प्रयोग गरि वर्णनात्मक विश्लषणत्मक अनुसन्धान विधिमा आधारित रहेर तथ्याङ्क संकलन र विश्लषण गरिएको छ ।प्राप्त तथ्याङ्कलाई तालिका र चित्रहरुको माध्यमबाट प्रष्ट पारिएको छ ।
वालविकास कक्षामा गरिने क्रियाकलापहरूले कक्षा एकको सिकाई उपलब्धिलाइ प्रभाव पारेको पाइयो । बालबालिकाको सामाजिक व्यवहार, नैतिकता, आज्ञाकारिता,अनुसाशन, जस्ता सामाजिक पक्षहरूको विकासमा महत्वपुर्ण भुमिका खेलेको पाइयो ।वालवालिकाको सर्वाङ्गीण विकासका लागि प्रारम्भिक वालशिक्षाको महत्वपूर्ण भुमिका रहेकाछ ।
कक्षा एकमा आएका बालबालिकाको स्तर बढाउन विद्यालय आउनु भन्दा अघिबालविकास कक्षामा अध्ययन गर्ने अवसर पदान गर्नुपर्छ । नक्साङ्कनका आधारमा बालविकासकेन्द्र स्थापना गर्नुपर्छ । बालबालिकाको सामाजिक संस्कार विकास गर्न उनीहरुमा सोचनवानि निर्माण गर्न सामाजिक वातावरण अनुकुल किसिमको पाठयक्रम व्यवस्था हुनु पर्छ यसले गर्दा उनीहरुको वैज्ञानिक कार्यशैली र सामाजिक समायोजन क्षमता संगठनात्मक सोचाइमा विकास हुन्छ भन्ने कुराहरुको सुझाव प्रस्तुत गरिएको छ । बालबालिकाका स्वास्थ्य, पोषण र सुरक्षाका एकीकृत कार्यक्रम संचालन गर्नुपर्छ । बालविकास शिक्षामास्थानीय निकाय र संघ संस्थाको सहकार्यमा प्राथमिकता दिनु पर्छ, बालविकास शिक्षालाई आधारभुत शिक्षाको एकपक्ष मानेर बालबालिकाको सामाजिक जीवनसंग एकीकृत गरि शिक्षा दिनुपर्छ भन्ने यस अध्ययनले सिफारिस गरेको छ । प्राथमिक तहका शिक्षकको समयानुकल तालिमको व्यवस्था, बालविकास कक्षाका सहयोगी कार्यकर्ताको तालिमको अवधि वढाउनपर्ने । बालविकास कन्द्र तथा विद्यालयमा कक्षा एकको विद्यार्थीका लागि उपयुक्त भौतिक सामाग्री तथा सुविधा बढाउन सुझाव प्रंस्तुत गरिएको छ ।
