सामुदायिक विद्यालयमा प्राथमिक तहका दलित विद्यार्थीहरुले विद्यालय छाड्नुका कारणहरु {Reasons for Dropping Out of Primary School Dalit Students in Community Schools}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय, शैक्षिक योजना तथा व्यवस्थापन

Abstract

यो शोध–पत्र सामुदायिक विद्यालयका प्राथमिक तहमा अध्ययन गर्ने दलितविद्यार्थीहरुले तह पूरा नगरी बीचैमा विद्यालय छाडने समस्यासंग सम्बन्धित छ । याअध्ययन त्रि.वि. शिक्षाशास्त्र संकाय शैक्षिक योजना तथा व्यवस्थापन विभाग सकुना वहुमुखीक्याम्पस अन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको आंशिक आवश्यकता पूर्तिको लागि तयारगरिएको हो । यस अध्ययनका उद्देश्यहरु अध्ययन क्षेत्र शनिश्चरे स्रोतकेन्द्र अन्तर्गतकाप्राथमिक विद्यालयहरुमा दलित विद्यार्थीहरुको भर्नाको स्थिति र सहभागिताको अध्ययन गर्ने, अध्ययन क्षेत्रका विद्यालयहरुको कक्षा १ मा सहजै देखिने भर्नादर९न्भ्च्०र खुद भर्नादर९ल्भ्च्० पत्ता लगाउने, स्रोतकन्द्र अन्तर्गतका विद्यालयहरुमा विद्यालय छाडने दलित विद्यार्थीहरुको संख्या पत्ता लगाउने र दलित विद्याथीहरुले बीचैमा विद्यालय छाडनुका कारणपत्ता लगाउनुका साथै बीचैमा विद्यालय छाडने दर घटाउने उपायहरु सुझाउन सिफारिसगर्नु रहेको छ । यस अध्ययनका लागि अध्ययन क्षेत्र छनौट गर्ने क्रममा झापा जिल्लाकामध्य उत्तरमा पर्ने शनिश्चरे स्रोतकेन्द्र अन्र्तगतका शनिश्चरे, अर्जुनधारा र खुदुनावारीगा.वि.स.हरु प्रत्येकबाट दुईवटाका दरले जम्मा ६ वटा विद्यालयका प्राथमिक तहमाअध्ययनरत दलित छात्र छात्राहरुको छनौट गरिएको छ । यस अध्ययनमा प्राथमिक र द्वितीय स्रोतका तथ्याङ्कहरुलाई आधार बनाइएकाछ । अभिभावक, पढाइ छाडेका बालबालिका, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापनसमिति अध्यक्ष, जिल्ला शिक्षा कार्यालय झापा, शनिश्चरे गा.वि.स., अर्जुनधारा गा.वि.स.खुदुनावारी गा.वि.स., जि.वि.स. झापा, दलितसंग सम्वन्धित गैह्रसरकारी संस्थाहरुबाटउद्देश्यमूलक रुपमा प्रश्नावली, अन्तर्वार्ता, सहभागितामूलक अवलोकन र समूह छलफलविधिबाट तथ्याङ्क संकलन गरी सो का विश्लषण र निष्कष निकालिएको छ । अध्ययनबाट दलित बालबालिकाको विद्यालयमा सहभागिता सन्तोषजनकनरहेको, विद्यालयमा उनीहरुको नियमितता कमी रहेको, विद्यालय छाडने दर बढी रहेकापाइयो । दलित बालबालिकाका अभिभावकहरुको साक्षरताको स्तर र शिक्षाप्रतिको चासाकम रहेको दखिन्छ । बालबालिकाहरु घरको काममा संलग्न हुन परेको र शिक्षाप्रति बालबालिका एवम अभिभावक उदासीन रहेको देखिन्छ । यसो हुनाको प्रमुख कारकतत्वहरुमा अशिक्षा, गरिबी, वेरोजगारी र निषेधात्मक सामाजिक परिवेश रहेका छन । उक्त समस्यालाई समाधान गर्न दलित समुदायमा चेतनामूलक कार्यक्रमसञ्चालन गन, उनीहरुसंग समान व्यवहार गर्ने, उनीहरुको सहभागिता वृद्धि र स्थायित्वकानिम्ति छात्रवृत्ति तथा निशुल्क शिक्षा कार्यक्रम सञ्चालन गन, दलित अभिभावकहरुका लागिसीपमूलक तालिमको व्यवस्था गरी रोजगारी दिलाउने, आय आर्जनको व्यवस्था मिलाई दिने,प्रौढका लागि कार्यमूलक प्रौढ साक्षरता कार्यक्रम सञ्चालन गन, बालविकास तथाशिशुस्याहार केन्द्र स्थापना गर्ने, उदार कक्षोन्नति नीतिलाई प्रभावकारी रुपमा सञ्चालनगर्ने, अतिरिक्त समयमा शिक्षण कार्यक्रम सञ्चालन गर्ने, सहयोगी प्रकतिका कार्यहरुसञ्चालन गर्ने, जिल्ला शिक्षा कार्यालयले यस्तो लक्षित वर्गको लागि विशेष कार्यक्रम तर्जुमागरी कार्यान्वयन गर्ने र जातिय विभेदीकरण अन्त्य गर्ने जस्ता समाधानका उपायहरुसिफारिस गरिएको छ ।

Description

Citation