वैदेशीक रोजगारीले उनीहरूको पारिवारीक आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव(थुमी गा.वि.स,गोरखा){Impact of Foreign Employment on Their Family Economic and Educational Sector (Thumi VDC, Gorkha)}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
प्रस्तुत शोधपत्र वैदेशिक रोजगारले उनीहरूको पारिवारीक आर्थिक तथा शैक्षिक क्षेत्रमापारेको प्रभावको अध्ययन ः थुमी गाउँ विकास समिति, गोरखा शीषकमा तयार गरिएको हा। अध्ययनको उद्देश्य वैदेशिक रोजगारीका लागि दुवई, कतार, मलेसिया साउदी अरब रदक्षिण कोरिया जानुपन कारण पत्ता लगाउनु र वैदेशिक रोजगारीका क्षेत्रमा देखिएकासमस्याको अध्ययन गरी समाधानको उपाय पत्ता लगाउनु, कामदारहरूको स्वदेशमा सिकेकासिप र विदेशमा सिकेको सिपको सम्बन्धमा व्याख्या गर्नु वैदशिक रोजगारीबाट प्राप्त आयलआर्थिक क्षेत्र तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव पत्ता लगाउनु यस शोध पत्रको उद्देश्यहरूरहेका छन ।
कल२६० जना मध्यबाट संगणना विधिका छनौट गरी २००जनालाई लिइएको छ रयिनीहरूको तथ्याङक सङकलनका लागि प्राथमिक स्रोतका रूपमा वैदेशिक रोजगारीमा गएरफर्कीएका व्यक्ति र उनीहरूको परिवारलाई प्रश्नावली र अन्तवार्ता आदिको सहायतालतथ्याङक सङकलन गरिएको छ भने द्धितीय तथ्याङकको स्रोतका रूपमा गा.वि.स. जि.वि.स.आदिमा पाइने तथ्याङकहरूस्थानीय शिक्षकहरूराजनीतिज्ञ आदिबाटतथ्याङक लिइएको छ। संकलित तथ्याङकको आधारमा विश्लेषण गर्दा विप्रेषणले, व्यक्तिहरूको आधारभूतआवश्यकता परिपूर्ति गनका साथै शिक्षा स्वास्थ्य जस्ता कुरामा सकारात्मक विचार बढनकासाथै पहुँच पनि बढाएको छ । नमुना छनोट क्षत्रको जनसङख्याको अवस्थालाई हेदासबैभन्दा बढी वडा नं. ५ बाटघरपरिवार छनोटमा परेको छ । उमेरगत रुपमा वैदेशिकरोजगारीमा सहभागिता हेर्दा सबैभन्दा बढी २६ वर्ष दखि ३५ वर्ष उमेर समूहकासहभागीहरूबढीरहेको पाइयो । वैदेशिक रोजगारीमा जाने देशहरूमा मलेसियामा सबैभन्दाबढी कुल सहभागीहरू मध्ये ३०.५० पतिशत गएको पाइयो । वैदेशिक रोजगारीमासहभागीको वैवाहिक स्थितिलाई हेर्दा ६३ प्रतिशत विवाहित र ३७ प्रतिशत अविवाहित रहेकापाइयो । वैदेशिक रोजगारमिा सहभागी मध्ये सबैभन्दा कम दलित जातिको १२.७ प्रतिशतरहेको छ भने बढी जनजाति ३५.८ प्रतिशत रहेको छ ।
वैदेशिक रोजगारीमा संलग्न घरपरिवारको आर्थिक अवस्थाको अध्ययन गर्दा वैदेशिकरोजगारीमा जानुपूर्व कृषि पेशालाई मुख्य पेशाका रुपमा अवलम्बन गरेको पाइन्छ । साथपारिवारिक वार्षिक आम्दानी १,९२,११,०००÷–र औषत आम्दानी ९६,०५५÷–रहेको पाइया
ष्ख
। वैदेशिक रोजगारी पश्चात वैदेशिक रोजगारी मुख्य पेशा र सहायकमा कृषि, व्यापार आदिरहेको पाइयो । कुल आम्दानी ७,९८,००,०००÷–र औषत आम्दानी, ३,९९,००० रहेकापाइयो । वैदेशिक रोजगारपूर्व भन्दा पश्चातका आम्दानीमा वृद्धि भएको देखिन्छ । वैदेशिकरोजगार पूर्व आम्दानी भन्दा खर्च बढी वा ऋणको अवस्थामा पाइयो भने पश्चातआम्दानीभन्दा खर्च कम भई बचतको अवस्थामा पाइयो । नमुना छनौटमा परेका व्यक्तिहरूकावैदेशिक रोजगारीमा जानुपूर्व उपयोगमा ६२.३ प्रतिशत, शिक्षामा ७.८ प्रतिशत, स्वास्थ्य७.८ प्रतिशत, चाडपर्वमा ६.६ प्रतिशत र अन्यमा १५.६ प्रतिशत खर्च गरको पाइयो ।वैदेशिक रोजगारी गएपछि उनीहरूको उपभोगमा ४२.४ प्रतिशत, शिक्षामा १२.१ प्रतिशतस्वास्थ्यमा ६.१ प्रतिशत, चाडपर्वमा ३०.३ प्रतिशत र अन्य क्षेत्रमा ९.१ प्रतिशत खर्च गरेकापाइयो ।
वैदेशिक रोजगारीमा संलग्न युवाहरूलाई हेर्दा सबै भन्दा बढी नि.मा.वि. शिक्षा हासिल गन५५.९ प्रतिशत रहेको पाइयो भने उच्च शिषा हासिल गर्ने १०.१ प्रतिशत रहको पाइयो ।वैदेशिक रोजगारीमा संलग्न घर परिवारको बालबालिकाहरूलाई अध्ययन गर्दा वैदेशिकरोजगार पूर्व ८९.४ प्रतिशत सरकारी विद्यालयमा अध्ययन गर्दथ्यो भने १०.६ प्रतिशतनीजिका विद्यालयमा अध्ययनरत छनभने पश्चात४२.६ पतिशत सरकारी विद्यालयमा र५७.४ प्रतिशत निजी विद्यालयमा अध्ययनरत रहेका छन । वैदेशिक क्षत्रबाट प्राप्तआम्दानीले बालबालिकाको शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको देखिन्छ । वैदशिकरोजगारीमा जानुपूर्व शिक्षामा लगानी ७.८ प्रतिशत रहेको छ भने पश्चात १२.१ प्रतिशतरहेको छ ।
नमुना छनौटमा परका व्यक्तिहरू वैदेशिक रोजगारीमा जानुको कारणमा आर्थिक कारणमा५०.८ प्रतिशत, शैक्षिक कारणले १९.४ प्रतिशत पारिवारिक कारण १२.७ प्रतिशत,सामाजिक कारण ६.७ प्रतिशत राजनैतिक कारणमा १०.४ प्रतिशत पाइयो । विदेशमा रहँदाकामदारको सुरक्षात्मक स्थिति अन्तर्गत जीवन बिना गर्ने ५०.८ प्रतिशत, औषधिउपचारकासुविधा पाउने १३.८ प्रतिशत रहेको पाइयो । वैदेशिक रोजगारमिा देखिने समस्याहरूमामेनपावर र दलालल दुःख दिन श्रम शोषण शारीरिक शोषण, कार्य गर्दा आफ्ना शरीरकाजोखिम जस्ता समस्याहरूदेखियो ।
ख
जसबाट प्रष्ट छ वैदेशिक रोजगारी पश्चात उनीहरूको आर्थिक स्थितिम सुधार भएको छ ।जसको फलस्वरूप शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच बढेको पाइन्छ । वैदेशिकरोजगारीको क्षेत्रमा विभिन्न समस्याहरूदेखिए पनि औषतरूपमा हेर्दा यसले शिक्षामा पहुँचबढाएको आर्थिक स्थितिमा सुधार आएकोल देखिएको छ । यसरी व्यक्तिको आधारभूतआवश्यकता परिपूर्ति देखि लिएर देशको अर्थतन्त्रलाई समेत मजबुत बनाउन ठूलो हिस्साओगटेको वैदशिक रोजगारीलाई सरकारी क्षेत्रबाट न नीति निर्माण गरी सुरक्षित बनाउनपहल गर्नु पछ । समयर बाध्यताले विभिन्न देशमा फसेका कामदारको उदारगर्ने र अंग–भंग भएका र कामका क्रममा ज्यानै गुमाएका परिवारलाई उचित क्षतिपूतिको व्यवस्थागर्नुपर्ने देखिन्छ ।
