सदस्यहरुमा बचत तथा ऋण सहकारीले पारेको सामाजिक आर्थिक प्रभावको एक समाजशास्त्रीय अध्ययन (काभ्रेपलाञ्चोक जिल्ला पनौती न.पा १० भित्रको श्री नवदुर्गा साकोसको अध्ययन){A sociological study of the socio-economic impact of savings and credit cooperatives on members (Study of Shri Navdurga Sakos within Kavrepalanchok District Panauti Municipality 10)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

सामाजिक शास्त्र संकाय

Abstract

समाजमा दिन प्रतिदिन भईरहेका तीव्र परिवर्तन सगै नेपाली समाजमा देखापरेकाएक शताब्दी नपुग्द दु्रत गतिमा फष्टाइरहेको सहकारी संस्थाहरुलाई नेपाल सरकारले पनिआर्थिक पाटोका तीन खम्वा मध्ये एक खम्वा सहकारी संस्था हो भनि स्वीकारेको परिप्रेक्षमासामाजिक आर्थिक रुपमा समाजमा यसले के कस्तो प्रभाव पारिरहेको छ त भन्ने अभिप्रायलसमाजशास्त्र मानवशास्त्र अन्तर्गत संरचनात्मक प्रकार्यात्मक समाजशास्त्रीय सिद्धान्तको मूलमर्मलाई स्थापित गर्ने गरी सोका आधारमा सदस्यहरुमा बचत तथा ऋण सहकारीेले पारेकासामाजिक आर्थिक प्रभावको समाजशास्त्रीय एक अध्ययन(काभ्रेपलाञ्चोक जिल्ला पनौतीन.पा १० भित्रको श्री नवदुर्गा साकोसको अध्ययन) विषयमा काभ्रेपलाञ्चोक जिल्ला पनौतीनगरपालिका भित्र रहेका ४३ बचत तथा ऋण सहकारी मध्ये श्री नवदुर्गा साकोसलाई नमूनाछनौटका आधारमा छनौट गरी उद्धेश्य अनुरुप अध्ययन गरिएकोछ । यसस्नातकोत्तर तहदोस्रोे वर्षको ५४० पत्रको पूर्ण प्रयोगात्मक १०० पूर्णाङ्क विषयको परीक्षा पूरा गनअध्ययनको उद्धेश्य सहकारीमा सदस्य रहेका नमूना छनौटमा परेका व्यक्तिहरुको उत्तरकाआधारमा सामाजिक अवस्था पत्ता लगाउने सहकारीका सदस्यहरुको सामाजिक आर्थिकअवस्थामा भएको परिर्वतन पत्ता लगाउने र सदस्यको आर्थिक सामाजिक विकासमासाकोसले पारेका प्रभाव अध्ययन गर्ने रहेको छ । उक्त विषयमा अध्ययनको लागिअग्रजहरुको अध्ययन अनसन्धान, सहकारी सम्वन्धी लेख रचना प्रतिवेदनहरु, सहकारीक्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्टिय वेब साइडहरुका सूचनाहरु र विविध स्रोतबाट पर्याप्तसन्र्दभ स्रोतहरुको प्रयोग गरिएको छ ।

Description

Citation

Collections