माध्यमिक तहकाे अनिवार्य विज्ञान विषयकाे शिक्षण क्रियाकलाप (Madhyamik tahako anibarya vigyan vishayako shikshan kriyakalap)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठ्यक्रम तथा मूल्याङ्कन विभाग

Abstract

नेपालको शिक्षा प्रतिवेदन २०४९ र उ.रा.शि.आ.को प्रतिवेदन २०५५ ले निर्दिष्ट गर अनुसार माध्यमिक तहमा अनिवार्य विज्ञान विषयको पाठयक्रम भाग १ को रूपमा लागू गर्दै आइरहेको छ । माध्यमिक तहको अनिवार्य विषयहरूमा शिक्षण सिकाइ क्रियाकलापको अवस्था अध्ययनको उद्देश्य अन्तर्गत मा.वि. तहमा विज्ञान शिक्षण गर्ने शिक्षकको पृष्ठभूमि पहिचान गर्नु शिक्षण सिकाइ क्रियाकलापको अवस्था पत्ता लगाउनु र शिक्षणप्रति शिक्षक र विद्याथीहरूको दृष्टिकोण पहिचान गर्नु रहेको थियो । यो अध्ययन सिरहा जिल्ला, अर्नमा क्षेत्रका ४ वटा मा.वि.लाई उद्देश्यात्मक नमूना छनोट विधिद्वारा सोही विद्यालयमा अध्यापनरत ४ शिक्षक, ४ जना प्र.अ.लाई अन्तर्वार्ता र ४८ जना विद्याथीहरूलाई समूह छलफल निर्देशिका तथा कक्षा शिक्षण अवलोकनबाट सूचना संकलन गरिएको थियो । अध्ययनको प्राप्तिमा कक्षा कोठा व्यवस्थापन सामान्यतया सबै विद्यालयमा राम्रो पाइयो भने अनिवार्य विज्ञान विषय शिक्षकहरू बढी स्थानीयम मद्येशी र दलित समुदायका पुरुष, धार्मिक आस्था हिन्दु धर्म, मातृभाषा मैथिली आवश्यक न्युनतम शैक्षिक योग्यता स्नातकतह उत्तिण गरेका, तालिम प्राप्त, अध्यापन र अध्ययन गर्ने विषय एउटै पाइयो । शिक्षण सिकाइ क्रियाकलापमा सबै विषय शिक्षकले लिखित पाठयोजना निर्माण नगरिकन कक्षा शिक्षण गर्दा पूर्व पाठको स्मरण गराइ नयाँ पाठको सुरुवात गर्दै कहिले काँही मात्र शैक्षिक सामग्रीको प्रयोग गरि सोही अनरूप व्याख्यान छलफल, प्रश्नोत्तर विधिको प्रयोग गरी लिखित र मौखिक प्रश्नद्वारा मूल्यांकन गरी अन्त्यमा पाठको सारांश बताई आवश्यकता अनुसार गृहकार्य दिने र हेर्ने गरिएको पाइयो । सुधारात्मक शिक्षणको लागि लिखित रूपमा पाठयोजना निमार्ण गरी, विषयवस्तु अनुसारका शैक्षिक सामग्रीद्वारा शिक्षिण विधिको छनोट र प्रयोगद्वारा निरन्तर मूल्यांकन गरी तत्कालै पृष्ठपोषण दिनुपर्ने, यसका लागि प्रत्येक कक्षामा विद्यार्थी संख्या बढीमा २५ जना राखी विषयवस्तु अनुसारका शैक्षिक सामग्री सम्बन्धित निकायले व्यवस्था गर्नुपर्ने अधिकांश शिक्षक तथा विद्यार्थीको दृष्टिकोण पाइयो । सुधारात्मक शिक्षणको लागि शिक्षकलाई बेला बेलामा पुर्नताजकि तालिम दिनुपर्छ र तालिममा शिकेका कुरालाई शिक्षणमा लागु गरेको छ छैन अनुगमन गर्नुपर्ने साथै शिक्षण सिलसिलामा विद्यार्थीलाई उत्प्रेरित गर्ने । बिषय वस्तुको प्रकृति अनुसार लिखित पाठयोजना निर्माण गरी सकेसम्म आवश्यक शैक्षिक सामग्रीको प्रयोग गरी शिक्षण गर्नुपर्दछ । विषयवस्तु अनुसार विद्यार्थी केन्द्रित शिक्षण विधिको प्रयोग गर्दै निरन्तर मूल्यांकनका साधनद्वारा मूल्यांकन साथै तत्काल पृष्ठपोषण शिक्षकले दिनुपर्दछ । यसरी प्रभावकारी शिक्षणका लागि सम्बन्धित निकायले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामग्रीको व्यवस्था गरी शिक्षकलाई शिक्षण सम्बन्धी तालिम दिई समय–समयमा कक्षा अवलोकन गर्नुपर्ने सुझावहरू दिएको छ ।

Description

Citation