प्रौढ साक्षरता कार्यक्रमको प्रभावकारिता {Effectiveness of Adult Literacy Program}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
यो अध्ययन “प्रौढ साक्षरता कार्यक्रमको प्रभावकारिता” शीर्षकमा आधारित छ । यस
अध्ययनको मूल उद्देश्यका रुपमा प्रौढ साक्षरता कार्यक्रमको प्रभाव लेखाजोखा गर्नु रहेको छ ।
विषयवस्तुको अध्ययनसँग सम्बन्धित व्याख्या विश्लेषणका लागि गुणात्मक र
परिमाणात्मक मिश्रित ढाँचा प्रयोग गरिएकोछ भने यस अध्ययनमा निरक्षरतादर न्यूनिकरणमा प्रौढ
साक्षरता कार्यक्रमको प्रभावकारिता सम्बन्धमा जानकारी हाँसिल गर्नका लागि जनसंख्या नमूनाका
रूपमा कटहरी गा.वि.स.का स्रोत व्यक्ति, सहभागी प्रौढहरू, अभिभावकहरू, स्थानीय निरीक्षक
एवम स्वयम सेवक शिक्षकहरूलाई सम्भावनायूक्त नमूना छनौट विधि प्रयोग गरी छनोट गरिएको
छ । त्यस्तै आवश्यक तथ्याङक संकलनका लागि प्राथमिक स्रोतहरूमा अन्तवाता प्रश्नावली,
लक्षित समूह छलफल प्रश्नावलीहरूको प्रयोग गरिएको छ भने द्वितीय स्रोतहरूमा समूहका
अभिलेख फारमहरू, स्रोतकेन्द्र प्रोफाइलका साथै अवलोकन फारमहरुलाई अनुसन्धान साधनको
रुपमा प्रयोग गरिएको छ ।
अध्ययनका क्रममा प्राप्त तथ्याङ्कहरूको विश्लेषणबाट भने यस गा.वि.स. मा सञ्चालित
प्रौढ साक्षरता शिक्षाले निरक्षर प्रौढहरूलाई अक्षर चिन्न पढन र लेख्नका साथै दैनिक जीवनमा
आइपर्ने साधारण पढाइ लेखाइ र हिसाब सम्बन्धी सीपको विकास गराउन, आधुनिक ठच्क
सम्बन्धी सीपहरू प्रदान गराउने, आय आर्जन र जिविकोपार्जन सम्बन्धी सीपहरूकोे विकासमा
प्रयत्नरत रहेको देखिएता पनि उक्त गा.वि.स. मा सञ्चालित कार्यक्रममा नेपाल सरकार र
अनौपचारिक शिक्षा केन्द्रको संलग्नता बाहेक अन्य संघ संस्थाको संलग्नता निष्कृय रहनु, साक्षरता
शिक्षामा संलग्न विद्यार्थीहरू अधिकांश दलित तथा जनजातिका तर्फबाट रहेको र अन्य
जातजातिको शुन्य सलग्नता देखिन, साक्षरता कक्षामा शैक्षिक सामग्रीको अभाव र कमजोर
व्यवस्थापन हुनु, स्वयमसेवकहरू नियूक्ति गर्दा बौद्धिकता र योग्यताका आधारमा नभई पिछडिएको
वर्गका आधारमा गरिन, अनौपचारिक शैक्षिक कार्यक्रममा समुदायका सबै पक्षहरूको समान
सहभागितामा कमी देखिनु, साक्षरता कक्षाको अनुगमन र निरीक्षणमा स्थानीय निरीक्षकको मात्र
संलग्नता रहन र जिल्ला तथा गा.वि.स. को चासो कम रहनु जस्ता कुराहरू अध्ययनका क्रममा
प्राप्त भएको छ ।
त्यस्तै अनौपचारिक शिक्षा मार्फत साक्षर बनेका मानिसहरू रोजगारमूलक
जिवीकोपार्जनका निम्ति योग्य नहुन, राज्यले औपचारिक शिक्षामा मात्र बढी लगानी गन,
सीपमूलक र आयआर्जनमूलक कार्यक्रम ल्याउन नसक्नु, आधारभूत साक्षरता शिक्षामा मात्र जोड
दिनु, अनौपचारिक शिक्षालाई हेर्ने मानिसको दृष्टिकोण नकारात्मक हुनु, प्रौढहरूलाइ उपलब्ध गराइएको ज्ञान व्यावहारिक भन्दा बढी सैद्धान्तिक र अप्रयोगयोग्य हुनु जस्ता कारणहरुले गर्दा
निरक्षर प्रौढहरूको झुकाव साक्षरता कक्षा तर्फ कम रहेको देखिन्छ ।
माथि उल्लेखित कारण तथा निष्कर्षका आधारमा साक्षरता विकासका लागि शैक्षिक
कार्यक्रम चाहे औपचारिक होस वा अनौपचारिक यसको प्रभावकारी ढंगले सञ्चालन तथा
कार्यान्वयन गर्न नितान्त आवश्यक देखिएको वर्तमान अवस्थामा प्रौढ साक्षरता कार्यक्रमलाई अझ
प्रभावकारी रूपमा कार्यान्वयन गरी साक्षरता विकासमा सहयोग गर्न राज्य, अनौपचारिक शिक्षा
केन्द्र र साक्षरता सेवा केन्द्रहरूले हाल अनौपचारिक शिक्षा तर्फ विनियोजन गर्दै आएको बजेटमा
बृद्धि गर्नु पन, कार्यमूलक र व्यवहारमूलक अनौपचारिक शिक्षा लागू गर्नु पन, विशेषजाति, समूह
तथा लक्षित वर्गलाई यस कार्यक्रमले समेटनु पन, आधारभूत राष्ट्रिय साक्षरता कार्यक्रमलाई
निरन्तर शिक्षाका कार्यक्रमहरूसँग एकीकृत गरी सञ्चालन गरिनुपर्ने, कार्यक्रम कार्यान्वयनको
प्रभावकारिता र गतिशीलताको अनुगमनमा तीब्रता ल्याउनु पर्ने, आयआर्जनमूलक अनौपचारिक
शिक्षा प्रणालीको विकाश र विस्तार गरिनुपर्ने, साक्षरता शिक्षा प्रति अभिभावकहरूमा सकारात्मक
सोचको विकास गरिनु पन, साक्षरतादर अभिवृद्धि कार्यक्रममा सरकारी तथा गैह्र सरकारी
संस्थाहरुको पहुँच बढाउन पन, प्रौढको मनोवैज्ञानिकता बुझी शिक्षण गर्न सक्ने व्यक्तिको नियुक्ति
गरिनु पर्ने, स्वयम सेवकहरूको छनौट दक्षता र क्षमताका आधारमा गरिनु पन, कक्षाको उचित
व्यवस्थापनमा ध्यान दिनुपर्ने साथै अब बन्ने नयाँ संविधानमा अनौपचारिक शिक्षासम्बन्धी व्यवस्था
प्रभावकारी ढंगले गरिनु पर्ने जस्ता सुझावहरू यस शोधपत्र मार्फत दिइएको छ ।
