देवकोटाका महाकाव्यमा मिथकीय प्रयोगको अध्ययन {Devkotaka Mahakavyama Mithkiya Prayogko Adhyayan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Department of Nepali
Abstract
देवकोटाका महाकाव्यमा मिथकीय प्रयोगको अध्ययन” मूल शीर्षकरहेको छ । शीर्षककाशोधपत्रलाई निम्नलिखित छ परिच्छेदभित्रको मूल शीर्षकमा विभाजन गरी आवश्यक विभिन्नउपशीर्षकहरुमा राखेर देवकोटाका माहाकाव्यमा प्रयोग भएको मिथकको अध्ययन गरिएकाछ ।
पहिलो परिच्छेद ः शोधपत्रको परिचय ।दोस्रो परिच्छेद ः महाकाव्यको सैद्धान्तिक परम्परा ।तेस्रो परिच्छेद ः मिथकका विशेषताहरु ।चौथो परिच्छेद ः देवकोटाका महाकाव्यहरुको मिथकिय विश्लेषण ।पाँचौ परिछेद ःसाहित्यमा मिथकको महत्व छैटौं परिच्छेदः उपसंहार एवम निष्कष
प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा “शोधपत्रको परिचय” मूल शीर्षक रहेकाछ । शोधपत्रको शीर्षक, शोधको प्रयोजन, शोधसमस्या, शोधकार्यको उद्देश्य, पूर्वकार्यका सीमाङ्कन, सामग्री सङ्कलन तथा अध्ययन विधि र शोधपत्रका रुपरेखा जस्ता शीर्षक दिएर यो परिच्छेद तयार पारिएको छ ।
प्रस्तुत शाोधपत्रको दोस्रो परिछेदमा महाकाव्यको सैद्धान्तिक परम्परा मूलशीर्षक रहेको छ । यस परिच्छेदमा सबै भन्दा पहिल महाकाव्यको सैद्धान्तिक स्वरुप प्रस्तुतगरिएको छ । यस अन्तगत कहाकाव्यको पूर्वीय चिन्तन परमपरा र पाश्चात्य चिन्तनपरमपरा देखाइएको छ । त्यसैगरी यस परिच्छेदमा नेपाली महाकाव्यको विकास क्रम रचरण विभाजन प्रस्तुत गरिएको छ । त्यसपछि महाकवि देवकोटाको सक्षिप्त परिचय दिइएर उनको महाकाव्य यात्रा र चरण विभाजन प्रस्तुत गरिएको छ ।
प्रस्तुत शोधपत्रको तेस्रो परिच्छेदमा ‘मिथकका विशेषताहरु’ मूल शीर्षकराखिएको छ । यस परिच्छेदमा सबै भन्दा पहिले मिथकको परिचय दिइएको छ । त्यसपछिमिथकका विशेषताहरु प्रस्तुत गर्नुका साथै मिथकको वर्गिकरणलाई प्रस्तुत गरिएको छ । यसपरिच्छेदको अन्त्यमा अन्य महाकाव्यका तुलनामा देवकोटाका महाकाव्यमा प्रयोग भएकामिथकलाई विश्लषण गरिएको छ । प्रस्तुत शोधपत्रको चौँथो परिच्छेदमा ‘देवकोटाकामहाकाव्यहरुको मिथकीय विश्लेषण’ मूल शीर्षक रहेको छ । यस परिच्छेदमा महाकविदेवकोटाका शाकुन्तल, सलोचना, प्रमिथस, वनकसम, महाराणा प्रताप र पृथ्वीराज चौहानमहाकाव्यमा प्रयुक्त मिथकलाइप्रस्तुत गरिएको छ ।
प्रस्तुत शोधपत्रको पाँचौँ परिच्छेदमा ‘साहित्यमा मिथकको महत्व’ मूल शीर्षकराखिएको छ । यस अन्तर्गत गजल, फुटकर कविता, खण्डकाव्य, महाकाव्य, लोकसाहित्य,अनुश्रुतिगत साहित्य, कथा र उपन्यास जस्ता विधामा मिथकको महत्व झल्काइएको छ ।
अन्तिम तथा छैटा परिच्छेदमा अघिल्ला परिच्छेदहरुमा गरिएको अध्ययन रवर्णन गरिएको कुराहरुको सारांश प्रस्तुत गरिएको छ । साथै शोधपत्रको समष्टि निष्कषप्रस्तुत गरिएको छ ।
अन्त्यमा भावी शोधकर्ताहरुका लागि शोध शीर्षक प्रस्तुत गरिनुका साथशोधपत्र तयार गर्दा प्रयोग गरिएका प्रमुख सन्दर्भ सामग्रीहरुको सूची र परिशिष्ट समावेशगरिएको छ ।
