एस. एल. सी. परीक्षामा सामाजिक शिक्षा विषयको प्राप्ताङकमा प्रभाव पार्ने कारकतत्वहरुको अध्ययन {S.L.C ParIkshama Samajika Siksha Bisayako Praptanakama Prabhab Parne Karakatatwaharuko Adhyayan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
सामाजिक विषयमा अनुत्तीर्ण हुनु वा थोरै अंक प्राप्त गर्नु भनेको यस विषयमा ज्ञान,सीप बिनाको कमजोर मानवीय संसाधन उत्पादन हुनु हो । यस्ता कमजोर मानवीय संसाधनले परिवर्तित समाजलाई सफल ढङ्गले डो¥याएर अगाडि बढाउन सक्दैनन । तसर्थ सामाजिक विषयमा विद्यार्थीहरुको ज्ञान, सीप र धारणाको विकास उच्च कोटिको हुनुपर्छ । यसका लागि उनीहरुले परीक्षामा उत्कृष्ट अंक ल्याउनु पर्ने भएकोले यस शाधको शीर्षक एस.एल.सी. परीक्षामा सामाजिक शिक्षा विषयको प्राप्ताङ्कमा प्रभाव पार्ने कारक तत्वहरुकाअध्ययनछनोट गरी प्राप्ताङ्कको अवस्था सुधार्ने मूल उद्देश्यले धरान स्रोत केन्दमा सञ्चालितसामुदायिक माध्यमिक विद्यालयहरुमा अध्ययन गरी यो शोधपत्र तयार पारिएको छ ।
एस.एल.सी. परीक्षामा सामाजिक विषयको प्राप्ताङकका लेखाजोखा गन, यस विषयमा अधिक वा न्यून प्राप्ताङक आउने कारण पत्ता लगाउनर यस विषयका प्राप्ताङक वृद्धि गर्ने उपायहरु सुझाउनु जस्ता उद्देश्यहरूलाई आधार मानी यो शोध कार्य सम्पन्न गरिएको छ ।
माध्यमिक तहमा सामाजिक शिक्षा विषयको छुट्ट र अनिवार्य पाठयक्रम एउटा शैक्षिक कार्यक्रमको रुपमा सञ्चालित छ । यस कार्यक्रमको मूल्याङ्कन गरेर मात्र माथि उल्लेखित शोध शीर्षकका कार्य पूरा हुने भएकोल कार्यक्रम मूल्याङ्कन नमनालाई आधार मानिएको छ । प्रयोगात्मक अभ्यास माथि जोड, अभिभावकको छोराछोरी प्रति दायित्व, उत्तरपुस्तिका परीक्षणमा एकरुपता, तथ्य व्यवहार र मनोवृत्ति सुधार गर्न सक्ने शिक्षण सीप हासिल गराउने आदि महत्वपूर्ण सुझावलाई आधार मानी यस अनसन्धानलाई केन्द्रित गरिएको छ ।
यस शोधको व्याख्या र विश्लेषण गुणात्मक रुपमा गरिएको छ । यस शोधका लागि अध्ययन क्षेत्रका १३ वटा सामुदायिक माध्यमिक विद्यालयमा विद्यार्थीहरुको आर्थिक तथा सामाजिक स्तरऔसत रुपमा एकनासको भएकोले ती मध्ये चिठ्ठा विधिबाट ३०% का दरले ४वटा विद्यालयलाइ नमना छनोट गरिएको छ । उक्त ४ वटा विद्यालयहरुका एस.एल.सी.परीक्षा दिइसकेका संख्यामध्ये सामान्य सम्भावनायुक्त नमुना छनोट विधिद्वारा १०० जना
विद्यार्थीहरुसँग प्रश्नावली भराइएको छ साथै उद्देश्यमूलक नमुना छनोटमा परका ८ जना सामाजिक शिक्षण गन शिक्षकहरु, ४ जना प्र.अ.हरु, ४ जना विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, १जना स्रोतव्यक्ति र १ जना वि.नि. समेतलाई प्रश्नावली भराइएकाछ । उनीहरुसँग अन्तर्वार्ता लिई छलफल गरी संकलन गरिएको सूचना र उक्तविद्यालयहरुका २०६२ र २०६३ सालका एस.एल.सी. परीक्षामा सामाजिक विषयमा प्राप्तअंकहरुलाई तालिकीकरण, चित्र, ग्राफ, पाइचार्ट, प्रतिशत तथा औसत आदिको माध्यमबाट क्रमबद्ध रुपमा व्याख्या तथा विश्लेषण गरिएको छ ।
यस शोधकार्य मार्फत पत्ता लगाइएका विषयहरुमा एस.एल.सी. परीक्षामा सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरुले सामाजिक शिक्षा विषयमा प्राप्त गर्न प्राप्ताङक उत्कृष्ट नभएको देखिएको छ । यसको कारणहरुमा ग्रीड अनुसार अभ्यास नहनु, मार्क टेबुलेसनमा कमजोरी हुनु, उत्प्रेरणा र पुरस्कारको व्यवस्था नहुनु आदि देखिएको छ ।त्यसैगरी छात्रहरुको भन्दा छात्राहरुको प्राप्ताङ्क घटी देखिएको छ । यसको कारणहरुमा छात्राहरु घरायसी काममा बढी अलमलिनु र समाजमा स्वतन्त्र रुपले सामाजिक विषयवस्तको अध्ययन गर्न अवसर प्राप्त गर्न नपाउन आदि देखिएको छ ।
