ग्रामीण घरपरिवारको आर्थिक तथा शैक्षिक अवस्थाको विश्लषण: एक अध्ययन (मेन्छयायेम गाउँपालिका, तेह्रथुम) (Gramin gharpariwarko aarthik tatha shaikshik abasthako bishleshan: ek adhyayan)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
ग्रामीण घरपरिवारको आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण गरिएको यस शोधपत्रमा नमूना
छनोटमा परेको तेह्रथुम जिल्ला मेन्छयायेम गाउँपालिका वडा नं. १ का ग्रामिण घरपरिवारको
आर्थिक अवस्थाको विश्लेषण गर्नु, ग्रामिण घरपरिवारमा गरिवीको आकार पत्ता लगाउनु र
ग्रामिण घरपरिवारको शैक्षिक अवस्था पत्ता लगाउनु उद्देश्यहरु राखी यो अध्ययन सम्पन्न
गरिएको छ ।
शोधपत्रको उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्राथमिक र
द्वितीय स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकता अनुसार
तालिका, स्तंभचित्र तथा बृत्तिचित्रको माध्यमबाट विश्लेषण गरिएको छ । अध्ययन क्षेत्र तेह्रथुम
जिल्ला मेन्छयायेम गाउँपालिका उद्देश्यमुलक नमूना छनोट विधिका आधारमा छनोट गरिएको
थियो । यस अध्ययनमा तेह्रथुम जिल्ला मेन्छयायेम गाउँपालिका वडा नं. १ मा रहेका कुल २१७
घरपरिवारलाई संगणना अध्ययन विधिका आधारमा नमूना छनोट गरिएको थियो । प्रश्नावली
तयार गरी नमूना घरपरिवारका घरमूलीसंग प्रत्यक्ष व्यक्तिगत अर्तवार्ता लिएको थियो भने
द्वितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित जिल्ला विकाश समितिको कार्यालय, केन्द्रीय तथ्याङ्क
विभाग, नेपाल राष्ट्र बैङ्क, गाउँपालिका कार्यलय, विद्वानहरुको लेख रचना, पत्रपत्रिका र अन्य
अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको थियो । ग्रामीण गरिवीको अवस्था विश्लेषण गर्न
मानकको रुपमा नेपाल जीवनस्तर मापन सर्वेक्षण २०६६÷६७ अनुसार ग्रामीण पूर्वाञ्चल
पहाडको रु १६५५१ लाई गरिवीको रेखा मानिएको थियो ।
अध्ययनका क्रममा नमुना घरपरिवारको स्रोतगत आम्दानीको अध्ययन गदा सबैभन्दा बढी
बैदेशिक रोजगारी बाट ६१.४५ प्रतिशत आम्दानी भएको पाइयो भने सबैभन्दा कम व्यापार बाट
३.६८ प्रतिशत प्राप्त हुनेगरेको पाइयो । त्यसैगरी वार्षिक पारिवारीक औषत आय रु
२,१०,५८९.७३ र वार्षिक प्रतिव्यक्ति औषत आय रु ४६,९६६.०६ रहेको पाइयो । घरपरिवारको
उपभोग खर्चको अध्ययन गर्दा सबैभन्दा बढि खाद्यन्न उपयोगमा ४८.०१ प्रतिशत खर्चहुने
गरेको देखिन्छ भने सबैभन्दा कम स्वास्थ्यमा ४.५२ प्रतिशत हुनेगरेको पाइयो । त्यसैगरी वार्षिक
पारिवारीक औषत खर्च रु २,२०,६०६.४५ हुने गरेको पाइयो भने वाषिक प्रतिव्यक्ति औषत खर्च
रु ४९,२०० हुनेगरेको पाइयो ।
गरिबीको आकारलाइ हेर्दा वार्षिक रु ५० हजार भन्दा कम आय प्राप्त गर्ने २१ घरपरिवार
पाइया । यहाँ २१ घरपरिवारको वार्षिक आम्दानी रु. १०,१८,५०० र वार्षिक आसत पारिवारिक
आम्दानी रु. ४८,५०० पाइया । घरपरिवारको वाषिक औषत आय भन्दा खच बढी देखिएकोले
वार्षिक घाटा रु १०,०१६.७२ रहेको देखिन्छ ।
खासगरी ९७३ जना जनसंख्या मध्ये ५९६ जना अर्थात ६१.२५ प्रतिशत साक्षर र २१५ जना
अर्थात २२.०९ प्रतिशत निरक्षर रहेको पाइयो । कुल साक्षर जनसंख्या मध्ये ६६.२२ प्रतिशतले
एस.एल.सी. भन्दा कमको मात्र शिक्षा हासिल गरेको पाइयो भने स्नातक र सो भन्दा माथिको
जनसंख्या ३.२९ प्रतिशत रहेको पाइयो
समग्रमा अध्ययन क्षेत्रका घरपरिवारहरुको गरिवीका कारणहरुमा न्यून आम्दानी हुनु, निर्वाहमुखी
व्यवसाय हुनु, रोजगारीको अभाव, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको अभाव, न्यून
औधोगिकरण, पुँजिको अभाव आम्दानीको ठूलो भाग उपभोगमा खर्चहुनु आदि रहेको पाइयो ।
