बैदेशिक रोजगारीले दाम्पत्य सम्बन्धमा परेको प्रभाव {Impact of Foreign Employment on Marital Relations}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र सङ्काय
Abstract
नेपालको औपचारिक बैदेशिक रोजगारको इतिहास सुगौली सन्धी (१८१६) पछि ब्रिटिस भारतीय
सरकारले नेपालीहरुलाई ब्रिटिस भारतीय सेनामा भर्ती गर्न शुरु गरेपछि बैदेशिक रोजगारीको ढोका
खुलेको मानिन्छ । नेपालीहरु रोजगारी खोज्नका लागि बिश्वका विभिन्न देशहरुका श्रम बजारमा जान
वाध्य रहेका छन । सन १९७० पछिको पूँजिवादको विकास, विश्वव्यापीकरण र आधुनिकिकरणको
प्रभावले गर्दा पनि नेपालीहरु बैदेशिक रोजगारीमा गइरहेका छन । बिशेष गरी नेपालका मध्यम स्तरका
मानिसहरु रोजगारीका लागि खाडी राष्ट्रहरु (कतार, साउदी अरब , दुबही, कुवेत, बहराइन, ओमन,
मलेशिया ) मा जाने गरेका छन ।
बैदेशिक रोजगारीका विभिन्न प्रेरक तत्वहरुमध्ये दाम्पत्य (बैवाहिक जीवन) पनि एक हो । विवाह
पश्चात थप जिम्मेवारीहरु वढदै जाने र रोजगारी अवसरको खोजीमा बैदेशिक श्रम वजारमा जाने
गरेका छन । बैदेशिक रोजगारवाट आएको बिप्रेषणले परिवारको आर्थिक जीवनमा मात्र नभएर दाम्पत्य
सम्बन्धमा पनि प्रभाव पारिरहेको छ । दाम्पत्य सम्बन्ध निर्माणमा आकर्षण र टटाउन प्रेरक पनि हुने
वैदेशिक रोजगारीले कस्तो प्रभाव पारेको छ भनेर यो अध्ययन केन्द्रित गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउपालिका लुम्ले गाउँलाइ अध्ययन क्षेत्र बनाइ सोधकार्य गर्न नमुना छनोटका
विभिन्न विधिहरूमध्ये सम्भावना रहित नमुना छनौट अन्तर्गतको उद्धेश्यपूर्ण नमुना छनोट र स्नाबल
विधि अवलम्वन गरिएको छ । उद्धेश्यपूर्ण नमुना छनौट र स्नोबल विधि प्रयोग गरी १२ परिवारमा
सघन वैयक्तिक अध्ययन तथा प्रत्यक्ष सहभागि अबलोकन विधि अवलम्बन गरिएको छ ।
अध्ययनका क्रममा १२ परिवार मध्ये २ जोडीको बैदेशिक रोजगारीकै कारणवाट सम्वन्ध विच्छेद
भएको पाइएको छ । वैदेशिक रोजगारीका क्रममा आपसी व्यवहारमा विभिन्न शंका, अविश्वास, अक
पुरुषहरुसँग श्रीमतिको सम्वन्ध भएका भन्ने सामाजिक हल्लाले उनीहरुवीच सम्वन्ध विच्छेदलाइ बल
पुर्याएको देखियो । त्यस्तै एक जना महिलाको पारपाचुके नभएपनि आपसी अविश्वास रहेको तथा
पारिवारिक जीवनमा यसले नकारात्मक प्रभाव पारेको पाइएको छ । बाँकी ९ जोडीमा सामान्य
झगडा वाहेक अन्य सबैमा सम्वन्ध राम्रै रहेको, घरेलु कामको श्रम विभाजन आपसी सहमतिमा नै
हुने गरेको पाइएको छ ।
कास्कीको लुम्ले गाउको यो अध्ययनका आधारमा भन्नुपर्दा दम्पतिमा आर्थिक श्रोतले मात्र सुमधुरता
निर्धारण गर्दो रहेनछ, यौनीक सन्तुलन र आपसी यौन विश्वासका पक्षले दाम्पत्य दीगो पार्न वा
टुटाउन भुमिका खेलेका हुदा रहेछन भन्ने तथ्य देखाएको छ ।
