कक्षा छ को ‘हाम्रो नेपाली किताब’ र ‘सजिलो नेपाली माला’ भित्र समाविष्ट रूपकविधाको तुलनात्मक अध्ययन {A comparative study of the metaphors included in 'Hamro Nepali Kitab' and 'Sajilo Nepali Mala' of class VI}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङ्काय नेपाली भाषा

Abstract

कक्षा ६ को ‘हाम्रो नेपाली किताब’ र ‘सजिलो नेपाली माला’ भित्र समाविष्ट रूपक विधाकातुलनात्मक अध्ययन शीर्षक शोधपत्रको सार अध्याय क्रमअनुसार तल प्रस्तुत गरिएको छ । जम्मा पाँच अध्यायमा विभाजन गरी तयार गरिएको यस शोधपत्रको प्रथम अध्यायमाशोधको परिचय प्रस्तुत गरिएको छ । यसअन्तर्गत शोधशीर्षक, शोधप्रयोजन, विषयपरिचय,समस्याकथन, शोधका उद्देश्यहरू, पूर्वकार्यको समीक्षा, अध्ययनको क्षेत्र र सीमा, अध्ययनविधि र शोधपत्रको रूपरेखा प्रस्तुत गरिएको छ । दोस्रो अध्यायमा रूपक विधाको परिचय र कक्षा ६ मा रूपक शिक्षणको उद्देश्य प्रस्तुतगरिएको छ । यसअन्तगत नाटक, एकाङ्की, वादविवाद, संवाद र मनोवादको सामान्यसैद्धान्तिक परिचय तथा कक्षा ६ मा रूपक शिक्षणका उद्देश्यहरू र कक्षा ६ मा रूपकशिक्षणका विधिहरू प्रस्तुत गरिएको छ । तेस्रो अध्यायमा कक्षा ६ को नेपाली भाषा पाठयक्रम र रूपक विधासँग सम्बन्धित पाठहरूप्रस्तुत गरिएको छ । यस अध्यायमा निम्नमाध्यमिक तहको भाषा पाठयक्रमको परिचय दिइतहगत उद्देश्य, साधारण उद्देश्य, विधाको क्षेत्र र क्रम तालिका, विधाका पाठहरूको वितरणतथा कक्षा ६ का नेपाली भाषा पाठयपुस्तकहरू हाम्रो नेपाली किताब र सजिलो नेपालीमालाभित्र समावेश गरिएका रूपक विधासँग सम्बन्धित पाठहरूका बारेमा उल्लेख गरिएकाछ । चौंथो शोधकार्यसँग सम्बन्धित अध्याय हो । यस अध्यायमा सुरुमा हाम्रो नेपाली किताब रसजिलो नेपाली मालाभित्र समावेश गरिएका रूपक विधासँग सम्बन्धित पाँचवटा पाठहरूकातŒवगत आधारमा विश्लेषण गरी उक्त दुई भाषा पाठयपुस्तकमा समावेश गरिएका संवादतथा वादविवादहरूलाई भाषाका चार सीपहरू सनाइ, बोलाइ, लेखाइ रपढाइका आधारमावर्णनात्मक र तालिकीकरण विधिद्वारा तुलनात्मक विश्लेषण गरिएको छ । पाँचौं अध्यायमा उपसंहार तथा निष्कर्ष राखिएको छ । यस अध्यायमा दुई भाषा पाठयपुस्तकभित्रसमाविष्ट रूपक विधाअन्तर्गतका पाठहरूको विश्लेषणको अलगअलग निष्कर्ष दिई दुबपाठयपस्तकका रूपक विधासँग सम्बन्धित पाठहरूका सबल तथा दुर्बल पक्षहरू केलाउँदआवश्यक सुझावहरू र भावी अनुसन्धानका लागि रूपक विधाबाट लेख्न सकिने सम्बन्धित केहीशीर्षकहरूसमेत दिइएको छ । साथै यसै अध्यायको अन्त्यमा सन्दर्भग्रन्थसूची राखिएको छ ।

Description

Citation