प्राथमिक तहमा कक्षाकाेठा व्यवस्थापन {Classroom management at primary level}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शैक्षिक योजना तथा व्यवस्थापन विभाग

Abstract

प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन विषयको यस शोध अध्ययनको मूल उद्देश्य प्राथमिक तहमा कक्षाकोठा व्यवस्थापन को अवस्था खोजी गर्नु रहेको छ । यो शोध अध्ययन कार्य सम्पन्न गर्न गुणात्मक ढाँचाको प्रयोग गरिएको छ । तथ्यांक संकलनका लागि अवलोकन फारम, अन्तर्वाता निर्देशिका, लक्षित समूह छलफल, सर्वेक्षण फारमको निर्माण एवं प्रयोग गरी तथ्यांक संकलन कार्य सम्पन्न गरिएको थियो । यस अध्ययनका लागि गोलाप्रथा संयोगिक नमूना छनौट विधिलाई आधार मानी चारवटा विद्यालयलाई नमूना छनौट गरिएको थियो । यसमा विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, विद्यालय निरीक्षक , विद्यार्थी, शिक्षकलाई नमूनाको रुपमा लिएर प्राथमिक तथ्याक संकलन गरिएको छ । यस शोधपत्र सम्पन्न पार्नको लागि मानव सम्बन्ध सिद्धान्तलाई वैचारिक खाकाको रुपमा लिएर कक्षाकोठाको व्यवस्थाको अवस्थालाई हेर्ने प्रयत्न गरिएको छ । कक्षाकोठा व्यवस्थापनमा देखिएका समस्याहरु पारिवारिक पृष्ठभूमि, अभिभावकको कमजोर आर्थिक तथा शैक्षिक अवस्था, अनुशासनको समस्या, विद्यार्थी विद्यार्थीबिच व्यवस्थापन, स्थानिय निकाय र संघसंस्थाबाट निरन्तर सहयोग तथा परामर्श हुन नसक्नु, मुल्याङ्कन तथा तालिमको अभाव, विद्यार्थीहरुको धारणा, शिक्षकको शिक्षणप्रति धारणा आदि समस्याहरु रहेका छन । यी समस्या समाधानका लागि विद्यालयले बालबालिकाहरुलाई कक्षाकोठा भित्र समान व्यवहार र समान अवसर प्रदान गर्नु पर्दछ र अभिभावकको सोचाइमा परिवर्तन गर्न लैङ्गिक संचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । विद्यालयको कक्षाकोठाको व्यवस्थापनका लागि विद्यार्थीबीच सहभागीता, सामग्रीहरुको परिचालन , अभिभावकमा संचेतना कार्यक्रम, शिक्षक र अभिभावकबिच संचालन शैक्षिक परामर्श, नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने यस अध्ययनको सुझाव रहेको छ ।

Description

Citation