प्राथमिक तहमा अतिरिक्त क्रियाकलापको अवस्था {Prathamik Tahama Atirikta Kriyakalapko Awastha}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Abstract
यस शोध अध्ययनको शीर्षक प्राथमिक तहमा अतिरिक्त क्रियकलापको अवस्था रहेको छ र अध्ययनको मुख्य उद्देश्य प्राथमिक तहमा अतिरिक्त क्रियाकलापको अवस्था अध्ययन गर्नु रहेको छ ।
यो अध्ययन लुम्विनी अञ्चल, अर्घाखाँची जिल्ला, किमडाँडा–ढाकावाङ्ग श्रोतकेन्द्र धारापानीका दश वटा सामुदायिक विद्यालयको प्राथमिक तहमा मात्र सिमाङ्कन गरिएको छ । अध्ययनको लागि प्र.अ., शिक्षक, विद्यार्थी तथा वि.व्य.स. पदाधिकारीहरु लाई सर्वेक्षण फाराम र अन्तरवार्ता प्रश्नावली लाई मुख्य तथ्याङ्क संकलनका साधनको रुपमा लिइएको छ । अध्ययनको क्रममा प्राथमिक तथा सहायक तथ्याङ्कहरु संकलन गरिएको छ । तथ्याङ्कलाई गुणात्मक एवम परिमाणात्मक रुपमा विश्लेषण गरिएको यो शोधकार्य मिश्रित ढाँचामा आधारित छ ।
विद्यालयमा अतिरिक्त क्रियाकलापहरु कम संचालन भएको पाइएको छ भने संचालित क्रियाकलाप पनि विद्यार्थीको रुचि, क्षमता र स्तरअनुसारका हुनुपर्ने माग रहेको पाइएको छ । केहि शैक्षिक स्तर कमजोर भएका विद्यार्थीहरु पनि अतिरिक्त क्रियाकलापमा राम्रो स्थानमा रहेको पाइएको छ । अतिरिक्त क्रियाकलाप संचालनमा प्रभाव पार्ने तत्वहरुमा आर्थिक, भौतिक, प्रशासनिक, शैक्षिक र अन्य तत्वहरु पाइएका छन् ।
अतिरिक्त क्रियाकलापमा देखापरेका मुख्य समस्याहरुमा विषय शिक्षकको अभाव, कमजोर व्यवस्थापन पक्ष, विद्यालय भित्र मात्र केन्द्रित हुनु शिक्षणको अभिन्न अंगको रुपमा लिन नसक्नु, रुचिपूर्ण हुन नसक्नु उचित मुल्याङ्कन नहुनु, सुपरिवेक्षणको कमि हुनु, खेलमैदानको अप्रयाप्तता, आवश्यक तालिम, गोष्ठी, प्रक्षिणको अभाव, प्रयाप्त बजेटको अभाव, अभिभावक शिक्षित नहुनु, शिक्षक पाठ्यभार बढि हुनु, शिक्षक नियुक्ति पारदर्शी नहुनु, तालिमको अप्रयोग, अनिवार्य विषयको रुपमा लिन नसक्नु जस्ता रहेको पाइएका छन् ।
अतिरिक्त क्रियाकलाप संचालनमा देखापरेका समस्याहरु समाधान गर्न विषय शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने, तालिम, गोष्टी, प्रशिक्षणको व्यवस्था गर्नुपर्ने, रुचि अनुसारका हुनुपर्ने, पुरस्कार र दण्डको व्यवस्थाहुनु पर्ने, व्यवस्थापन पक्ष सक्रिय हुनुपर्ने, अनिवार्य विषयको रुपमा समावेस गरिनुपर्ने, विद्यालय बाहिर पनि सञ्चालन गरिनुपर्ने, भौतिक व्यवस्थापन हुनुपर्ने, शिक्षक दरबन्दी थप गर्नुपर्ने, अभिभावकहरुलाई सचेत गराउनुपर्ने, निरन्तर सुपरीबेक्षण हुनुपर्ने जस्ता उपायहरु प्रस्तुत गरिएका छन् ।
