सामाजिक पाठ्यक्रमकाे मूल्याङ्कन (Samajik pathyakramko mulyangkan)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
पाठ्यक्रम तथा मूल्याङ्कन विभाग
Abstract
सामाजिक पाठ्यक्रमको मूल्याङकन शीर्षकमा तयार गरिएको यो शोध अध्ययनको प्रमुख उद्देश्य सामुदायिक विद्यालयका सामाजिक पाठ्यक्रमको मूल्याङ्कन गर्नु रहेको छ ।
यस अध्ययन कार्यलाई अगाडि बढाउनको लागि मोरङ जिल्ला सौठा स्रोत केन्द्रबाट संचालित ३६ वटा सामुदायिक विद्यालयहरूमध्ये ४ वटा सामुदायिक विद्यालयहरूलाई नमूनाको रूपमा लिइएको छ । उक्त ४ वटा विद्यालयका ४ जना प्र.अ. २० जना विद्यार्थी ४ जना विषय शिक्षक १ जना स्रोतव्यक्ति गरी जम्मा २९ जनालाई नमूना छनौटका लागि लिइएको छ । यस शोधको नमूना छनौट गर्दा विद्यार्थीहरूलाई सम्भावनायुक्त नमुना छनौट विधिको आधारमा गरिएको छ भने विद्यालय, प्र.अ., शिक्षक, स्रोतव्यक्तिलाई उद्देश्यमूलक नमुना छनौट विधिको आधारमा चयन गरिएको छ । यस शोधकार्यलाई पुष्टि गर्नको लागि व्याख्यात्मक, विवरणात्मक, विश्लेषणात्मक विधि अपनाउनुको साथै गुणात्मक ढाँचाको अबलम्बन गरिएको छ । प्रस्तुत शोधकार्यलाई पूर्णता प्रदान गर्नका लागि यस विषयसँग सम्बन्धित विभिन्न लेख, रचना, पुस्तकहरूलाई लिई सम्बन्धित साहित्यको पुनरावलोकन गरिएको छ जसमा स्टफलविमद्वारा प्रतिपादित सि.आई.पि.पि. नमुना सिद्धान्तलाई राखिएको छ । विषयको सान्दर्भिकता र आवश्यकता हेरी अन्तर्वार्ता, प्रश्नावली तथा छलफल विधि जस्ता साधनहरू अपनाइएका छन् ।
यस शोधपत्रका मुख्य प्राप्तिहरूमा सामाजिक विषयको शिक्षक निर्देशिका तथा पाठ्यक्रमको प्रयोग सन्तोषजनक नभएको पाइयो । सामाजिक विषयभित्रका चित्रहरू स्पष्ट र रङ्गीन रुपमा नराखिएको पाइयो । सामाजिक विषयका शिक्षण विधिहरूको प्रयोग गरेको पाइयो । शिक्षण विधिहरूको सबै विद्यालयमा प्रयोग भए तापनि शैक्षिक उपलब्धि भने एउटै रूपमा नरहेको पाइयो । सामाजिक विषय आफ्नो विषय विज्ञबाट पढाइ नभएको अवस्था पाइयो पर्याप्त मात्रामा विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूको उपलब्धता रहेको पाइयो । सामाजिक शिक्षण विधिहरू सबै विद्यालयहरूले प्रयोग गरे तापनि सौठा उच्च मा.वि.को शैक्षिक अवस्था राम्रो रहेको पाइयो भने सुनवर्षी उच्च मा.वि.को अन्य विद्यालयको तुलनामा कमजोर अवस्था रहेको पाइयो ।
यस शोधका लागि मुख्य सुझावहरूको रुपमा सामाजिक विषय विज्ञबाट मात्र पढाइ हुनुपर्ने, विद्यार्थीहरूको इच्छा, स्तर र रुचिका आधारमा पाठ्यक्रम निर्माण गरिनु पर्ने, पाठ्यक्रमभित्रका चित्रहरू स्पष्ट र रङ्गिन राखिनुपर्ने, छोटो छोटो समयमा विषय शिक्षकलाई आधुनिक उपकरणको प्रयोग सम्बन्धी तालिका दिनुपर्ने, शिक्षक निर्देशिका र पाठ्यक्रमको अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने छ । समय समयमा शैक्षिक भ्रमण विद्यार्थीहरूलाई गराउनुपर्ने अवस्था उचित देखिन्छ ।
