सामुदायिक तथा संस्थागत उ.मा.वि. मा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक अध्ययन : विर्तामोड नगरपालिका, झापा (Samudaik tatha sasthagat u.ma. bi ma arthik lagani ra saikshik upalabdhi ek adhyayan; Birthamod Nagarpalika Jhapa)

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

अर्थशास्त्र शिक्षा विभाग

Abstract

सामुदायिक तथा संस्थागत उ.मा.वि. मा आर्थिक लगानी र शैक्षिक उपलब्धि एक अध्ययन ; झापा जिल्ला विर्तामोड नगरपालिका शीर्षकमा गरिएको एक अनुसन्धान हो । यसमा सामुदायिक तथा संस्थागत उ.मा.वि. को आम्दानीको स्रोत तथा खर्चका क्षेत्रहरु पहिचान गर्नु, सामुदायिक तथा संस्थागत उ.मा.वि.को प्रति एकाई विद्यार्थी लागत पत्ता लगाउनु र सामुदायिक तथा संस्थागत उ.मा.वि. को प्रति एकाई विद्यार्थी लागत र शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ । शोधपत्रको उद्देश्य पुरा गर्न परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरी प्रमुख रुपमा प्राथमिक स्रोत र अपूरा तथ्याङ्क द्धितीय स्रोतका माध्यमबाट संकलन गरी प्राप्त तथ्याङ्कलाई आवश्यकताअनुसार तालिकाको माध्यमवाट विश्लेषण गरिएको छ । प्राथमिक स्रोतवाट तथ्याङ्क संकलन गर्न छुट्टाछुट्टै प्रश्न निर्माण गरी उ.मा.वि. का प्र.अ., अभिभावक, विद्यार्थी र विद्यालय व्यवस्थापन समिति लाई प्रत्यक्ष सोधेर संकलन गरिएको थियो भने यसका साथै अवलोकन सूची र छलफल निर्देशिकाको माध्यमवाट प्रत्यक्ष अवलोकन र लक्षित समुह छलफल सञ्चालन गरी प्राथमिक तथ्याङ्क संकलन गरीएको थियो जसका लागि उद्देश्यमुलक र सुविधाजनक नमूना छनौटका आधारमा विर्तामोड न.पा. मा रहेका ३ सामुदायिक र १२ संस्थागत उ.मा.वि. वाट सामुदायिक तर्फ महेन्द्र रत्न उ.मा.वि. र संस्थागत तर्फ कोहेड उ.मा.वि. लाई छनौट गरिएको थियो । द्धितीय तथ्याङ्कको स्रोतको रुपमा सम्बन्धित न.पा., अर्थ मन्त्रालय, उच्च माध्यमिक शिक्षा परिषद, जिल्ला शिक्षा कार्यालय, केन्द्रीय तथ्याङ्क विभाग, पत्रपत्रिका र अन्य प्रकाशित तथा अप्रकाशित तथ्याङ्कहरुलाई आधार मानिएको छ । सामुदायिक र संस्थागत उ.मा.वि.को भौतिक अवस्था हेर्दा ३ वटा भवन रहेको सामुदायिक उ.मा.वि. को कक्षाकोठामा औसत ३ विद्यार्थी वरावर १ डेक्स बेन्चको व्यवस्था भएको र प्रति विद्यार्थी क्षेत्रफल ९.४१ वर्गफिट रहेको पाईया भने संस्थागतमा ४ वटा भवन भएको जसमा कक्षाकोठामा औसत २ विद्यार्थी वरावर १ डेक्स वेन्चको व्यवस्था भएको र प्रति विद्यार्थी २.७२ वर्गफिट क्षेत्रफल रहेको देखियो । दुवै उ.मा.वि. मा खेल मैदान भएको, १÷१ वटा पुस्तकालय भएको र शौचालय दुवै उ.मा.वि. मा ४÷४ वटा रहेको पाईयो । अध्ययनमा रहेका दुवै उ.मा.वि. मा मानविकी, शिक्षा र व्यवस्थापन संकायहरु सञ्चालन भएको र विज्ञान संकाय संस्थागतमा मात्र सञ्चालन भएको पाईयो । सामुदायिक र संस्थागत दुवै उ.मा.वि. मा जम्मा ४३ जना शिक्षक रहेका छन जसमा महिला ५ जना र पुरुष ३८ जना पाईयो । सामुदायिक उ.मा.वि. मा विद्यार्थीको भर्ना दर २०७०÷०७१ मा औषतमा ५२.६५ प्रतिशत पाईयो भने २०७१÷०७२ मा ४७.३५ प्रतिशत पाईयो । त्यस्तैगरी संस्थागत उ.मा.वि. मा २०७०÷०७१ मा ४९.७१ प्रतिशत र २०७१÷०७२ मा ५०.२९ प्रतिशत देखिएको छ । विद्यार्थी शिक्षक अनुपात सामुदायिकतर्फ १ः९ छ भने संस्थागत तर्फ १ः१६ रहेको छ । त्यस्तैगरी सामुदायिक उ.मा.वि. को विद्यार्थी उत्तीर्ण दर २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा क्रमशः २२.७२ र ३५.०६ प्रतिशत रहेको र कक्षा छोडने दर पनि क्रमशः १०.५१ र १३.०८ प्रतिशत रहेको छ । संस्थागत तर्फ विद्यार्थी उत्तीर्ण दर २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा क्रमशः २९.५ र ३५.३२ प्रतिशत र कक्षा छोडने दर ८.५० र ८.५९ प्रतिशत रहेको पाईयो । उ.मा.वि. को आर्थिक अवस्था अन्र्तगत सरकारी अनुदान र विद्यार्थी शुल्कलाई अध्ययन गरिएको छ । सामुदायिक उ.मा.वि. लाई २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा जम्मा रु.२३,५५,७४५ अर्थात ५२.३५ प्रतिशत सरकारी अनुदान र विद्यार्थी शुल्कबाट रु.२१,४३,८०० अर्थात ४७.६५ प्रतिशत आम्दानी प्राप्त भएका छ । यसरी सामुदायिक उ.मा.वि. लाई २ वर्षमा औसतमा रु.२२,४९,७७२.५ आम्दानी प्राप्त भएको छ भने संस्थागत उ.मा.वि. लाई सरकारी अनुदान प्राप्त नहुने हुनाले आम्दानीको स्रोत विद्यार्थी शुल्क भएकाले २ वर्षमा उक्त उ.मा.वि. लाई कुल रु.१,७०,१७,८०० आम्दानी भएको देखिएको छ भने औसतमा रु.८५,०८,९०० आम्दानी प्राप्त भएको छ । त्यस्तैगरी सामुदायिक उ.मा.वि. को खर्च विवरण हेर्दा २०७०÷०७१ देखि २०७१÷०७२ सम्ममा जम्मा रु.४२,९१,६२७ खर्च भएको छ भने संस्थागत उ.मा.वि. मा २ वर्षमा रु.१,२१,६५,८२८ खर्च भएको छ । उ.मा.वि. को प्रतिविद्यार्थी लागतको अवस्था हेर्दा सामुदायिक उ.मा.वि. को ११ र १२ मा प्रति विद्यार्थी लागत औसतमा रु.२१,५७५ रहेको पाईयो भने संस्थागत उ.मा.वि. को ११ र १२ मा प्रति विद्यार्थी लागत औसतमा रु.४०,५०० रहेको पाईयो । दुबै उ.मा.वि. को शैक्षिक उपलब्धिको तुलनात्मक विश्लेषण गर्दा २०७०÷०७१ मा सामुदायिकमा २२.७२ प्रतिशत र संस्थागतमा २९.५ प्रतिशत शैक्षिक उपलब्धि भएको पाईयो भने २०७१÷०७२ मा सामुदायिकमा ३५.०६ प्रतिशत र संस्थागतमा ३५.२२ प्रतिशत शैक्षिक उपलब्धि भएको पाईयो । यसरी २ वर्षको उपलब्धि हेर्दा सामुदायिकमा भन्दा संस्थागतमा शैक्षिक उपलब्धि बढी भएको देखियो । समग्रमा सामुदायिक उ.मा.वि.को आम्दानीको स्रोतमा सरकारी अनुदान र विद्यार्थी शुल्क रहेको र संस्थागत उ.मा.वि. मा विद्यार्थी शुल्क मात्र रहेको भएता पनि सामुदायिकको भन्दा संस्थागत उ.मा.वि.को आम्दानी बढी भएको देखिन्छ र खर्च पनि संस्थागत उ.मा.वि. मा नै बढी भएको देखिन्छ भने कक्षा छोडने दर सामुदायिक उ.मा.वि.मा बढी भएको देखिन्छ । त्यस्तैगरी उ.मा.वि. को प्रति विद्यार्थी लागत र शैक्षिक उपलब्धि हेर्दा सामुदायिक उ.मा.वि.मा भन्दा संस्थागत उ.मा.वि.मा प्रति विद्यार्थी लागत बढी भएको कारणले शैक्षिक उपलब्धि पनि बढी नै भएको देखिन्छ । अन्त्यमा सामुदायिक तथा संस्थागत उ.मा.वि. को लगानी र शैक्षिक उपलब्धि हेर्दा के भन्न सकिन्छ भने सामुदायिक उ.मा.वि. ले शैक्षिक उपलब्धि बढाउनको निम्ती लगानी त बढाउनुनै पर्छ यसको साथसाथै प्रशासन चुस्त दुरुस्त रहनु, सुधारित परीक्षा प्रणाली, स्वच्छ शैक्षिक वातावरण, वालमत्री विद्यालय र तालिम प्राप्त शिक्षक हुनु पनि अति आवश्यक देखिन्छ ।

Description

Citation