माध्यमिक तहमा अनिवार्य विषयको शिक्षण सिकाइ क्रियाकलापको अवस्था {Madhyamik Tahama Aniwarya Bishayako Sikhshyan Sikai Kriyakalapko Awastha}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

पाठयक्रम तथा मूल्याङ्कन विभाग

Abstract

प्रस्तुत शीर्षक “माध्यमिक तहमा अनिवार्य विषयको शिक्षण सिकाइ क्रियाकलापको अवस्था” मा अध्ययन अनुसन्धान गर्नका लागि नुवाकोट जिल्ला गेर्खु गाविसका २ वटा विद्यालयहरुलाई भौगोलिक सुविधाका आधारमा नमूना छनौट विधिबाट नमूना विद्यालयको रुपमा छनौट गरी अध्ययन गरिएको थियो । अध्ययनका क्रममा नमूना छनौट गरिएको विद्यालयहरुको अनुसन्धानकर्ता आफैंले स्थलगत भ्रमण गरी आवश्यक तथ्याङ्क संकलन गरी शोधपत्र तयार गरिएको छ ।प्रस्तुत शीर्षकमा अनुसन्धान गर्नका लागि ३ वटा उद्देश्यहरु राखि अनुसन्धान गरिएको थियो । जसमा माध्यमिकतहका अनिवार्य विषय शिक्षण गन शिक्षकहरुको पृष्ठभूमी पहिचान गर्नु, शिक्षण विधि र शिक्षण सिकाइ क्रियाकलापको अवस्था पहिचान गर्नु र शिक्षण सिकाइ क्रियाकलाप प्रति शिक्षक तथा विद्यार्थीको दृष्टिकोण पहिचान गर्न उद्देश्य रहेका थिए । यस अध्ययनलाई गेर्खु गाविसका २ वटा विद्यालयका प्रधानाध्यापक अनिवार्य विषय शिक्षण गर्ने शिक्षकहरु र नमूना छनौटमा परेका विद्यार्थीहरुमा सिमीत गरिएको थियो ।प्रस्तुत अध्ययनबाट माध्यमिक तहमा अनिवार्य विषयहरु शिक्षण गर्ने शिक्षकहरुले माध्यमिक तह अध्यापन गराउन सक्ने योग्यता हासिल गरेको पाइयो । अध्ययन गरिएका विद्यालयका सम्पूर्ण शिक्षकहरु तालिम प्राप्त नै पाइएको थियो । उनीहरु शिक्षाशास्त्र संकाय अध्ययन गरेका शिक्षकहरुले स्वतः शिक्षा सम्बन्धि तालिम लिएका र अन्य संकाय अध्ययन गरेका शिक्षकहरुले शिक्षक तालिम लिई अध्यापन अनुमति पत्र हासिल गरेको पाइयो । अध्ययन क्षेत्रका शिक्षकहरु लामो समय सम्म अध्ययन गरेका र छोटा समयदेखि मात्र अध्यापन गर्न थालेको पाइएको थिया। यसरी अध्ययन गरिएका विद्यालयहरुमा अनिवार्य विषयहरु शिक्षण गर्ने शिक्षकहरुले मिश्रित प्रकारका अनुभव हासिल गरेको पाइएको थियो ।अध्ययन क्षेत्रहरुमा सबैभन्दा बढी प्रवचन विधि प्रश्नोत्तर विधि र छलफल विधि प्रयोग गरिएको पाइयो भने विषयवस्तुको प्रकृति अनुरुप अन्य विधिहर पनि प्रयोग गर्ने गरेको पाइयो । अध्ययन क्षेत्रका एक वटा विद्यालयमा नियमित गृहकार्य दिने र परीक्षण गर्ने गरेको पाइयो भने अर्को विद्यालयमा गृहकार्य र परीक्षणको स्थिति दयनिय रहेको देखियो ।अध्ययन क्षेत्रका विद्यालयका शिक्षकहरु आफनो रुचि भएर शिक्षण गरेका र सबै विद्यार्थीहरुलाई समान व्यवहार,समान अवसर प्रदान गरी शिक्षक तथा विद्यार्थी केन्द्रित विधिबाट शिक्षण गर्ने भएकाले शिक्षक तथा विद्यार्थीहरुका शिक्षण सिकाइ क्रियाकलापप्रति सकारात्मक धारणा रहेको पाइयो ।

Description

Citation