तामाङ् समुदायमासुरक्षितमातृत्व सम्बन्धि ज्ञान र अभ्यासको अध्ययन {Study of knowledge and practice of safe motherhood in Tamang community}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

प्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय जनता बहुमुखी क्याम्पस शिक्षा शात्र सङ्काय तर्फ स्नातकोत्तर तह दोस्रो वर्ष जनसङ्ख्या शिक्षा विषयको आंशिक पाठ्यभार पूरा गर्न तयार पारीएको हो । यस अध्ययनको मुख्य उद्देश्य सुरक्षित मातृत्व सम्बन्धि समुदायका महिला र पुरुषको ज्ञान र अभ्यासको खोजी गर्नु, समुदयामा सुरक्षित मातृत्व सम्बन्धी अवस्था पत्ता लगाउनु र सुरक्षित मातृत्वका समस्याहरुलाई पहिचान गरी समाधानका लागि सुझाव संकलन गर्नु रहेको छ । यस अध्ययनमा संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वार्ड नं. ९ खाम्लिङ्ग टोलमा रहेको तामाङ्ग समुदायको १०९ घरधुरीको जम्मा ५४५ जना जनसंख्या रहेको छ । जसमध्येबाट २३% ले हुन आउने नमुना छनौट गर्दा १२६ जना अध्ययन समुह रहेको छ । यस अनुसन्धानका लागि सम्भावनायुक्त नमुना अन्तर्गतको सामान्य सम्भावनायुक्त नमुना छनौट विविध प्रयोग गरिएको छ । कुल १०९ घरधुरी मध्ये तामाङ समुदायकाको घरधुरीमा गरेको अनुसन्धान अनुसार कृषि पेसामा संलग्न पुरुष र महिलाहरू क्रमश ५२ प्रतिशत र ७४ प्रतिशत रहेका छन । त्यसै गरि नोकरीमा पुरुष ८ प्रतिशत र महिला २ प्रतिशत रहेका छन भने व्यापारमा २० प्रतिशत पुरुष र १६ प्रतिशत महिला संलग्न रहेको पाइयो भने ८ प्रतिशत महिला र २० प्रतिशत पुरुष अन्य पेसामा संलग्न रहेका पाइयो । महिलाहरुको पहिलो बच्चा जन्मदाको उमेर समूह १५–१९ वर्ष अनुसार जनसङ्ख्यामा १८ जना अर्थात २८ प्रतिशत २०–२४ वर्षमा ३८ जना वा ६० प्रतिशत र त्यसैगरी २५–२९ वर्षमा ७ जना अर्थात १२ प्रतिशत बच्चा जन्माइएको पाइयो । अध्ययन क्षेत्रका ६३ जना उत्तरदातामध्ये ८० प्रतिशतले सुरक्षित मातृत्व भन्नाले गर्भावस्थामा पोषणयुक्त खाना खान पाउनु, गर्भावस्थामा स्वास्थ्य परीक्षण गराउँनु, सुरक्षित रुपमा प्रसुति सेवा उपलब्ध हुनुलाई सुरक्षित मातृत्व भनेको पाइयो । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वार्ड नं. ९ खाम्लिङ्ग टोलको तामाङ समुदायमा महिलाको सुरक्षित मातृत्वमा पुरुषको भूमिका कस्तो छ र सो स्थानको तामाङ समुदायमा सुरक्षित मातृत्वको अवस्था कस्तो रहेछ भन्ने कुरा थाहा पाउनका लागि यो अध्ययन गरिएको छ । उक्त समुदायका ६३ महिला र ६३ पुरुष गरी १२६ जनामा गरिएको अध्ययनमा पुरुषको तुलनामा महिलाको अवस्था कमजोर रहेको पाइएको छ । अधिकांश महिलाहरु निरक्षर रहेको यस समुदायमा कसैले उच्च शिक्षा हाँसिल गरेका छैनन् । यस समुदायका अधिकांश व्यक्ति निरक्षर भएको तथा सुरक्षित मातृत्व र परिवार नियोजनको फाइदाका बारेमा पूर्ण रुपमा जानकारी नपाएको हुनाले जनसङ्ख्या वृद्धि हानिकारक छ भन्ने कुरा थाहा नभएर पनि कतिपयले परिवार नियोजनका साधनको प्रयोग नगरेको देखिन्छ ।

Description

Citation

Collections