माध्यमिक तहका मैथिलीभाषी विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययन{ madhyamik tahaka maithalibhasi bidhyarthile estariy nepali ucharanma garne trutiharuko adhyayan}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपालीभाषा शिक्षा विभाग
Abstract
शोधशीर्षक ः “माध्यमिक तहका मैथिलीभाषी विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा
गर्ने त्रुटिहरूको अध्ययन”
शोधार्थी ः देवशरण यादव
शोधनिर्देशक ः सह–प्रा.महेश्वर न्यौपाने
विभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग, विश्वविद्यालय क्याम्पस, कीर्तिपुर
शैक्षिक सत्र ः २०६०÷०६२
अध्याय÷पृष्ठ ः अध्याय ५ र पृष्ठ
शोधप्रक्रिया
प्रस्तुत शोध त्रि.वि.शिक्षाशास्त्र सङ्काय नेपाली भाषा शिक्षा विभागअन्तर्गत एम.एड.दोस्रो वर्ष नेपा.शि.५९८ को आवश्यकता पूर्तिका लागि तयार परिएको हो ।
विद्यार्थीहरूले स्तरीय नेपाली उच्चारणमा गर्ने त्रुटिहरूको अध्ययनमा केन्द्रित रहेको छ । यसमा सिराहा जिल्लाका ग्रामिण इलाकाका सरकारी र आवसीय मा.वि.लाई समावेश गरिएका छन् । नमुनाका लागि प्रत्येक विद्यालयबाट १०÷१० जना छात्र छात्रहरू छानिएका छन् । ती मध्ये ५÷५ जनाबाट श्रुतिलेखन र ५÷५ जनाबाट उच्चारण गराइएको छ । उच्चारणलाई रेकर्ड पनि गरिएको छ । उनीहरूबाटै स्वतन्त्रलेखन गराउनुको साथै थप औच्चार्यको लागि एउटा अनुच्छेद पढन लगाई त्रुटिहरूको पहिचान गरिएको छ । यसका साथै मा.वि. तहका भाषा पाठ्यपुस्तक, स्थानीय शिक्षक, प्रवुद्धवर्ग र आफ्नो अनुभवबाट १५० वटा सम्भाव्य त्रुटि गर्न सक्ने शब्दहरू छानिएका छन् ।
नमुनाका लागि छानिएका सबै शब्दहरू प्रत्येक विद्यालयका ५÷५ जना विद्यार्थीहरूबाट उच्चारण गराइएको छ । लेखन र उच्चारणमा कति जनाले कति ठीक र कति गल्ती गरे त्यसको सङ्ख्या गणना गरिएको छ । जसका लागि श्रुतिलेखबाट प्राप्त सामाग्री र उच्चारणको लागि रेकर्ड गरिएको क्यासेट प्रयोग गरिएका छन् । त्यसकै आधारमा सही र गल्तिको प्रतिशताङ्क निकाली तालिकीकरण गरिएको छ ।
मा.वि.तहका मैथिलीभाषी विद्यार्थीहरू त्रुटि किन र के कति कारणले
गर्छन् ? त्यसको चर्चा गरी त्रुटिहरूको व्याख्या विश्लेषण र सामान्य वर्गीकरण गरिएको छ । अन्तमा सबैको निष्कर्ष देखाई त्यस्ता त्रुटिहरू कसरी पन्साउन सकिन्छ त्यसको लागि निराकरणका केही उपायहरू पनि सुझाइएको छ ।
