पूर्व प्राथमिक शिक्षामा शैक्षिक सामग्रीको प्रभावकारीता {Effectiveness of educational materials in pre-primary education}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र संकाय शिक्षा योजना तथा व्यवस्थापन

Abstract

पूर्व प्राथमिक शिक्षामा शैक्षिक सामग्रीको प्रभावकारिता शीर्षक राखेर गरिएको यस अध्ययनमा ३ वटा उद्देश्यहरू छन् जसमा समुदायद्वारा सञ्चालन गरिएका बालविकास केन्द्रहरू सामुदायिक विद्यालयमा आधारित शिशु कक्षाहरू र निजी तथा संस्थागत विद्यालयहरूमा सञ्चालित नर्सरी कक्षाहरूमा प्रयोग भइरहेका शैक्षिक सामग्रीहरूको प्रयोगबाट पूर्वबल्यावस्थाका बालबालिकाहरूमा भएको शैक्षिक उपलब्धि स्तरलाई तुलनात्मक रूपमा अध्ययन गरी यसका प्रभाव, समस्या र सुधारात्मक उपायहरू पहिल्याउनु रहेको थियो । पूर्व प्राथमिक शिक्षा नैे सफल जीवनको आधार स्तम्भ भएकोले ज्ञान आर्जन गर्ने क्रममा घर परिवार पछिको पहिलो र महत्वपूण अवधि मानिन्छ । यसै उमेरमा उपयुक्त शैक्षिक सामग्रीहरूको सहयोगबाट शिक्षण सिकाइ प्रभावकारी भएकै कारणले होला संसारका धेरै राष्ट्रले शिक्षा क्षेत्रमा ठूलो फड्को मारी आफ्नो मूलुकलाई विकसित राष्ट्रको स्थानमा राख्न सफल भएका छन् । शिक्षण सिकाइ प्रभावकारी एवम् दिगो बनाउन पहल गर्दा गर्दै पनि हाम्रो मुलुकमा अझै न्यून उपलब्धि देखिएको महशुस गरी पूर्वप्राथमिक शिक्षामा शैक्षिक सामग्रीको प्रयोगले सिकाइमा पार्ने प्रभावको बारेमा यो शोधपत्र तयार पारिएको छ । अध्ययन कार्यलाई सरल र सहज बनाउन एवं माथि उल्लेखित उद्देश्य पूरा गर्नका लागि उद्देश्यमूलक नमूना छनौट विधिका आधारमा चितवन जिल्ला र.न.पा.का २ वटा समुदायमा आधारित बालविकास केन्द्रहरू, २ वटा सामुदायिक विद्यालयमा सञ्चालित शिशु कक्षाहरू र २ संस्थागत विद्यालयका नर्सरी कक्षाहरूको २÷२ वर्षको शैक्षिक उपलब्धि स्तरलाई आधार मानि शिशु शिक्षिका, अभिभावक, वि.व्य.स. अध्यक्ष र प्र.अ. हरूसँग अन्तरवार्ता, प्रश्नावली र प्रत्यक्ष कक्षाअवलोकन गरी शैक्षिक सामग्रीहरूको निर्माण, संकलन, प्रयोग, व्यवस्थापन के कसरी गरिंदैछ र सिकाइमा ती सामग्रीको प्रभावकारितावारे अध्ययन गरिएको थियो । उपलब्धि स्तर विवरण फारम, अनुसन्धान उपकरणहरूको प्रयोग गरी प्राथमिक एवं द्वितीय तथ्याङ्कमा विद्यालय सुधार योजना र विद्यालयको अभिलेखबाट तथ्यांकको संकलन गरिएको थियो । यस अध्ययन रूसोको प्रकृतिबादी सिद्धान्त फ्रोबेल र मन्टेस्वरीको किण्डर गार्टन विधिलाई आधार मानि पूर्व प्राथमिक तहका बालबालिकाहरूले शैक्षिक सामग्रीको प्रयोग र मनोरञ्जनात्मक खेल विधिहरूबाट कसरी बढी भन्दा बढी सिकाइ प्राप्त गरी उनीहरूको अन्तरनिहीत प्रतिभाको प्रष्फुटन बालकक्षामा अध्यापन गराउने ममतामही, बालप्रेमी, तालिमप्राप्त, अनुभवी, अनुकरणीय , बालमनोविज्ञान बुझ्ने शिशु शिक्षिकाहरूबाट सम्भव छ भन्ने कुरामा आधारित छ । यससँग विभिन्न साहित्यहरूको अध्ययन गर्दा आकर्षक र मनोरञ्जनात्मक शैक्षिक सामग्रीहरू खेल नाटकहरूबाट बालबालिकाहरूमा सिर्जनात्मक रूपबाट ज्ञान, सीप र धारणाको विकास हुन गई भविश्यमा उनीहरू कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गर्न सफल हुन्छन् भन्ने विश्वास गर्न सकिन्छ । भिन्न किसिमबाट सञ्चालित बाल कक्षाहरूमा शैक्षिक सामग्रीको उपलब्धता र प्रयोगको विभिन्नताका कारण उनीहरूको उपलब्धि स्तरमा अत्यन्तै फरक पाइएकोले पूर्वप्राथमिक तहमा शैक्षिक सामग्रीको आवश्यकता छनौटमा परेका ३ किसिमका बाल कक्षाहरू मध्ये संस्थागत विद्यालयका बालबालिकाहरूको सिकाइ उपलब्धि स्तर उच्च रहनु प्रभावकारी शैक्षिक सामग्रीको प्रयोगको उपज हो र सामुदायिक विद्यालय एवम् समुदायद्वारा सञ्चालित शिशुकक्षाका बालबालिकाहरूको उपलब्धि स्तर न्यून देखिनु सम्बन्धित शिशु शिक्षक र शैक्षिक सामग्रीहरूको कम प्रयोग हुनु हो भन्ने शोधकर्ताको ठम्यायी छ । आधुनिक प्रविधिका शैक्षिक सामग्रीहरूको प्रयोग प्रसस्त रुपमा गर्नु पर्ने सम्बन्धित निकायहरुबाट अनुगमन, मूल्यांकन,शिक्षिकाहरुलाई अभिमूखीकरण तालिम, बालकक्षाको भौतिक एवम् शैक्षिक व्यवस्थापन उच्च राख्नु पर्ने, अभिभावकहरूसँग बालबालिकाको प्रगतिको बारेमा अन्तरक्रियालाई निरन्तरता दिनु पर्ने हुन्छ ।

Description

Citation