गुणस्तरीय शिक्षा विकासमा स्रोतव्यक्तिको योगदान {Contribution of Resource Persons to Quality Education Development}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र संकाय शिक्षा योजना तथा व्यवस्थापन

Abstract

नेपालमा शिक्षाको गुणस्तर सन्तोषजनक छैन । यसो हुनुको प्रमुख कारण मध्ये विद्यालय सुपरीवेक्षण, निरीक्षणमा कमी ंर शिक्षकहरुमा दायित्वको अभाव हुनुलाई लिन सकिन्छ । विद्यालय तहको अन्तिम परीक्षा एस.एल.सी.को नतिजा हेर्दा सार्वजनिक विद्यालयको तुलनामा निजी विद्यालयको नतिजा धेरै राम्रो देखिन्छ । विद्यालय शिक्षा विकासमा प्रभाव पर्ने प्रमुख तत्व मध्ये विद्यालयमा सुपरिवेक्षण र निरीक्षण गर्ने प्रमुख व्यक्ति स्रोत व्यक्ति भएकोले “गुणस्तरीय शिक्षा विकासमा स्रोत व्यक्तिको योगदान” शीर्षक राखी अध्ययन गरिएको थियो । गुणस्तरीय शिक्षामा स्रोत व्यक्तिको के योगदान हुन सक्छ भन्ने कुरा पत्ता लगाउनु मुख्य उद्देश्य राखिएको थियो । स्रोत व्यक्तिले भोगेका चुनौती र स्रोत व्यक्तिको योगदान लाई प्रभावकारी बनाउने उपाय पत्ता लगाउने उद्देश्य राखिएको थियो । स्रोतव्यक्तिले विद्यालयको निरीक्षण सुपरिवेक्षणमा कक्षाकोठा शिक्षण अवलोकन गर्ने, भौतिक अवस्था, शैक्षिक स्थिति, आर्थिक अवस्था, प्रशासनिक तथा व्यवस्थापन पक्षको बारेमा शिक्षक, विद्यार्थी, अभिभावक प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिसंग छलफल गरी गुणस्तरीय शिक्षामा सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेको पाईयो । कक्षा शिक्षणमा शिक्षकलाई परेको समस्या समाधान गर्न विषयगत बैठक राखी शूक्ष्म शिक्षण अभ्यास, नमुना कक्षा प्रदर्शन, पथ प्रदर्शन र परामर्श सेवा प्रदानगरी पृष्ठ पोषण समेत गर्ने गरेको पाइयो । स्रोत व्यक्तिले गुणस्तरीय शिक्षा विकासका लागि विद्यालयका सरोकारवाला सवै पक्ष (विद्यार्थी, शिक्षक, प्रधानाध्यापक, वि.व्य.स., अभिभावक आदि) लाई कर्तव्य वोध गराउनुको साथै कामको मूल्याङ्कनको आधारमा राम्रो कामको लागि प्रशंसा, पुरस्कार र नराम्रो कामको लागि दण्ड सजाय हुन सक्ने कुरामा ध्यानाकर्षण गरी उत्प्रेरणा प्रदान गरेको पाइयो । समाजले जहिले पनि सहि मूल्याङ्कन गरिरहने भएकोले शिक्षकहरु सधैं चनाखो रही नविनतम् ज्ञानमा अद्यावधिक भईरहन परामर्श र उत्प्रेरणा दिएको पाइयो । शोध शीर्षकमा हर्जवर्ग को सिद्घान्त प्रयोग गरिएको छ । हर्जवर्गले आफ्नो ःयतष्खबतष्यल त्जभयचथ मा कामदारलाई संस्थाको उद्देश्य उन्मुख बनाउन काम प्रति उत्प्रेरित गर्ने खालका विभिन्न सेवा सुविधा, प्रशंसा, पुरस्कारको व्यवस्था आदिको माध्यमबाट आकर्षण बढाउन सकिने सल्लाह दिएका छन् । यसै सिद्वान्तलाई अवलम्बन गरी स्रोत व्यक्तिले प्रभावकारी शिक्षण गर्न गराउन शिक्षक, प्रधानाध्यापक र अभिभावकको मनसाय बुझेर विनयी तथा अनुशासित तरिकाले उत्प्रेरित गर्ने, हौसला प्रदान गर्ने, मनोरञ्जनात्मक तरिकाबाट शिक्षण गराउने र खेल विधिको प्रयोग गरी पठन पाठन गर्न लगाईएको पाइयो । गुणस्तरीय शिक्षा विकासमा स्रोतव्यक्तिको भूमिकाको अध्ययन गर्दा शिक्षाको गुणस्तर वृद्धि गर्न स्रोत व्यक्तिको अत्यन्त महत्वपूर्ण स्थान रहेकोले यसको आवश्यकता तथा औचित्य महशुस गरेको पाइयो । स्रोत व्यक्तिले विद्यालयको सुपरिवेक्षण र निरिक्षण प्रभावकारी र वैज्ञानिक तरिकाले गरी गुणस्तरीय शिक्षा विकासमा धेरै ठूलो सहयोग गरेको देखियो । तर स्रोत व्यक्ति सम्बन्धमा शिक्षा नियमावलीमा उल्लेख नहुनु स्रोत व्यक्तिको पद अस्थायी हुनुको साथै सेवा सुविधा, काम, कर्तव्य र अधिकारमा समेत अन्योल रहेको कुरा जानकारी पाइयो । स्रोत व्यक्तिको बारेमा शिक्षा नियमावलीमा उल्लेख गरी सम्भव भए सम्म स्रोत व्यक्ति स्थायी नियुक्ति गरिनु पर्ने र सो सम्भव नभए कम्तिमा पाँच वर्षको अस्थायी नियुक्ति दिई उनिहरुको काम कर्तव्य अधिकार सेवा सुविधा बारे स्पष्ट गरिनु पर्ने सुझाव दिइएको छ ।

Description

Citation