फर्किएर हेर्दा कथा सङ्ग्रहको शैलीवैज्ञानिक अध्ययन {Pharkiera Herda Katha Sangrahako Sailibaigyanika Adhyayana}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली शिक्षा सङकाय
Abstract
शोध शीर्षक ः ‘फर्किएर हेर्दा’ कथासङग्रहको शैलीवैज्ञानिक अध्ययन’
शोधार्थी ः चम्पादेवी खनाल
शोध निर्देशक ः स.प्रा. तेजप्रसाद खनाल
विभाग÷क्याम्पस ः त्रिभुवन विश्वविद्यालय, शिक्षाशास्त्र सङकाय, कनकाई बहुमुखी क्याम्पस,
सुरुङ्गा, झापा
शैक्षिक वर्ष ः २०७५
शोधको उद्देश्य
क कथावस्तु र पात्रका आधारमा ‘फर्किएर हेर्दा’ कथासङग्रहमा सङ्ग्रहित कथाहरू मध्ये
निर्धारित कथाहरूको विश्लेषण गर्नु ,
ख. चयन, विचलन तथा समानान्तरताका आधारमा उक्त कथाहरूको विश्लेषण गर्नु ।
शोधको सीमाङ्कन
(क) ‘फर्किएर हेर्दा’ कथासङग्रहमा सङ्ग्रहित कथाहरू मध्ये चोर, प्रयत्न, श्रद्धा सुमन, फर्किएर
हेर्दा, उर्लिएको तरङ्
ग , सार्थक सपना र आड भरोसा गरी ७ वटा कथाहरूको मात्र
कथावस्तु र चरित्रका आधारमा अध्ययनलाई केन्द्रित गरिएका छ ।
(ख) चयन, विचलन र समानान्तरताका आधारमा उक्त कथाहरूकोे अध्ययन, विश्लेषण
गरिएका छ ।
शोधप्रव्रिmया
‘फर्किएर हेर्दा’ कथासङग्रह झापाली स्रष्टा कथाकार विनोद खनालद्वारा लेखिएको सामाजिक
यथार्थवादी, मनोवैज्ञानिक, प्रयोगवादी कथाहरू समाविष्ट एक उत्कृष्ट कथासङग्रह हो । २२ वटा
कथाहरू र पाँच लघकथाहरू समावेश गरिएको उनको ‘फर्किएर हेर्दा कथासङग्रह को शैलीवैज्ञानिक
अध्ययन गर्ने व्रmममा चोर, प्रयत्न, श्रद्धा सुमन, फर्किएर हेर्दा, उर्लिएको तरङग , सार्थक सपना र
आड भरोसा गरी ७ वटा कथाहरूको कथानक र पात्रका आधारमा शैलीवैज्ञानिक अध्ययन विश्लेषण
छ
र शैलीविज्ञानका प्रमुख मान्यताहरू चयन, विचलन र समानान्तरताका आधारमा अध्ययन विश्लेषण
गरिएको छ ।
प्रस्तुत शोधपत्र ‘फर्किएर हर्दा’ कथासङगहको शैलीवैज्ञानिक अध्ययन गर्ने व्रmममा पहिलो अध्यायमा
शोधको परिचय अन्तर्गत विषयप्रवेश, समस्याकथन, शोधकार्यको उद्देश्य, अध्ययनको औचित्य र
महत्व अध्ययनको सीमाङकन तथा अध्ययनको रूपरेखा प्रस्तुत गरिएको छ । यस शोधपत्रको दोस्रो
अध्यायमा पूर्वकार्यको समीक्षा र सैद्धान्तिक रूपरेखालाई प्रस्तुत गरिएको छ ।
तेस्रो अध्याय शोधकार्यको विधि र प्रव्रिmया उल्लेख गरिएको छ । यो शोधकार्य गर्दा पुस्तकालयीय
विधिको प्रयोग गरिएको छ भने अनुसन्धानका निम्ति प्राथमिक स्रोतका रूपमा ‘फर्किएर हेर्दा’
कथासङग्रहमा समाविष्ट निर्धारित कथाहरूलाई लिइएको छ । अन्य विभिन्न पत्रपत्रिकामा प्रकाशित
समीक्षात्मक लेख र विभिन्न शोधपत्रहरूलाई द्वितीय स्रोतका रूपमा लिइएको छ ।
शोधको चौथो अध्यायमा कथानक र पात्रका आधारमा आधारमा ‘फर्किएर हेर्दा’े कथासङग्रहमा
समाविष्ट चोर, प्रयत्न, श्रद्धा सुमन, फर्किएर हेर्दा, उर्लिएको तरङग, सार्थक सपना र आड भरोसा
कथाहरूको शैलीवैज्ञानिक विश्लेषण गरिएको छ । शैलीवैज्ञानिक अध्ययनको व्रmममा उपर्युक्त
कथाहरूको कथानकको तथ्याङकलाई बँुदागत रूपमा प्रस्तुत गर्दै फेटागको कथानक विश्लेषण
सिद्धान्त अनुसार विश्लेषण गर्ने प्रयास गरिएको छ । उक्त कथाहरूमा भएका पात्रहरूलाई
शैलीवैज्ञानिक तालिकाद्वारा प्रष्ट पारिएको छ । यसै अध्यायमा भाषाको आधारमा शैलीवैज्ञानिक
अध्ययन विश्लेषण गरिएको छ । सो व्रmममा चयनका आधारमा तत्सम, तदभव र आगन्तुक तीन
ओटै स्रोतबाट आएका शब्दहरूको चयन गरिएको छ । शब्दवर्गको आधारमा नाम, सर्वनाम, विशेषण,
व्रिmया, व्रिmयाविशेषण, नामयोगी, विस्मयादिबोधक, निपात र संयोजकको चयन गरिएको छ । उपर्युक्त
कथाहरूमा प्रयुक्त विचलन अन्तर्गत व्याकरणिक, ध्वनिप्रव्रिmयात्मक र अर्थतात्विक विचलनको
अध्ययन विश्लेषण गरिएको छ भने समानान्तरता अन्तर्गत आन्तरिक र बाहय समानान्तरताको पनि
अध्ययन विश्लेषण गरिएको छ ।
