विद्यालय तहमा शैक्षिक सामग्रीको प्रयोग {Use of Educational Materials at School Level}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन सङ्काय
Abstract
विद्यालय तहमा शैक्षिक सामग्रीको प्रयोग शिर्षकमा यो शोधपत्र तयार गरिएको छ ।
सामुदायिक र संस्थागत विद्यालयहरुमा गणित विषयको शैक्षिक सामग्री प्रयोगको वर्तमान
अवस्था खोजी गर्नु यस अध्ययनको मुख्य उद्देश्य रहेको छ ।
यस शोधपत्र तयार गर्न झापा जिल्लाको दुईवटा स्रोतकेन्द्र का चारवटा सामुदायिक
र दुईवटा संस्थागत विद्यालय उद्देश्यपूर्ण नमूना छनौट विधिद्वारा छनौट गरी अध्ययन
गरिएको छ । छनौटमा परेका विद्यालयहरुका स्रोतव्यक्ति, प्रधानाध्यापक, विषय शिक्षक,
वि.व्य.स. र विद्यार्थीसँग प्रश्नावली तथा प्रत्यक्ष भेटघाट गरी तथ्याङ्क संकलन गरिएको छ ।
साथै विद्यालयको अभिलेखवाट विद्यालयमा हाल उपलब्ध शैक्षिक सामग्रीको विवरण तथा
कक्षा–९ र १० को २०६६, २०६७ र २०६८ का े परीक्षाफलको तथ्याङ्क लिई विश्लेषण
गरिएको छ । विद्यालयहरुमा आवश्यकता अनुसारको शैक्षिक सामग्री, सन्दर्भ सामग्रीहरु
पर्याप्त हुँदा विद्यार्थीहरुमा उत्सुकता र जागरुकता तथा शिक्षकहरुमा कार्यकुशलतामा वृद्धि
हुने देखिन्छ । समग्रमा भन्दा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण कार्य प्रभावकारी हुने कुरा
बताइएको छ । समय समयमा सान्दर्भिक शैक्षिक सामग्री निर्माण सम्वन्धी तालिमहरु
भएता पनि तालिममा सिकेका सीप र क्षमताहरुलाई व्यवहारमा प्रयोग भने आउन सकेको
पाइदैन । यसका लागि अनुगमन र निरीक्षण गर्ने जिम्मेवार निकायवाट निरन्तर अनुगमन
गरी आवश्यकता अनुसार पुरस्कार र दण्डको व्यवस्था हुनु पर्ने देखिन्छ । योजनाबद्ध र
शैक्षणिक सामग्रीको उचित प्रयोग गरी शिक्षण गर्ने र विषयवस्तुको व्यावहारिक र रोचक
प्रस्तुितले उपलब्धि स्तर वृद्धि गर्न सकिन्छ । यसको साथै विद्यालय प्रशासन तथा सम्वन्धित
निकायले पनि सहयोग पु¥याउन जरुरी छ ।
शिक्षा नै मानवको सर्वाङ्गीण विकास गर्ने उपयुक्त साधन भएकाले हरेक व्यक्तिले
शिक्षाको न्यानो ज्योतिको अनुभव गर्न पाउनु पर्छ । शिक्षाबाट आधारभुत ज्ञान प्राप्त गरी
गुणस्तरीय जीवन यापन गर्न सकिन्छ । त्यसमा पनि मानिसको जीवनमा गणित विषयका े
अति महत्व छ । दैनन्दिन जीवनको प्रत्येक अवस्थामा गणितको आवश्यकता महसुस गर्न
सकिन्छ । तर विद्यार्थीहरु गणितमा पारङ्गत हुन नसक्दा परीक्षामा असफल हुने, कक्षा
दोहो¥याउने र अन्त्यमा विद्यालय छाड् ने गर े को देख्न सकिन्छ । गणित विषय कमजोर हुनुका े
विधिन्न कारणहरु मध्ये गणितको अध्यापन गर्ने परिपाटी पनि एक हो । जवसम्म गणित
शिक्षणमा परम्परागत विधिको प्रयोग भैरहन्छ, तवसम्म यसको उपलब्धि उच्च हुने आशा
गर्न सकिदै न । त्यसैले शैक्षिक पक्षको सुधार गर्नका लागि शैक्षिक सामग्रीको प्रयोग अनिवार्य
छ । यस शोधपत्रको प्रम ु ख उद्देश्य शैक्षिक सामग ्र ीको निर्माण, संकलन र प्रयोग गर्ने
प्रक्रियाको अध्ययन गरी, सामग्रीको प्रभावकारीताको विश्लेषण गर्नु र शैक्षिक सामग्री
प्रयोगमा देखिएका समस्याहरुको पहिचान गरी समाधानका निम्ति उपायहरु बताइदिनु रहेको
छ ।
समग्रमा भन्दा विद्यालयहरुमा गणित विषयका लागि शैक्षिक सामग्रीको अवस्था साह्रै
कमजोर रहेको देखिन्छ । जे जति छन् तिनीहरुको उपयोग पनि उचित तवरले भएको
पाँइदैन । भएका सामग्रीहरु पनि उपयुक्त भण्डारणको अभावले सुरक्षित भएका े छैन ।
वर्तमान अवस्थालाई सुधार गर्न स्थानीय स्तरबाट सक्रियता वढाउनु पर्ने आवश्यकता छ ।
यसका साथै माथिल्लो निकायहरुबाट पनि विद्यालयहरुको अवस्था वुझि सामग्रीका लागि
आर्थिक, भौतिक सहयोग जुटाउन सहयोग पु¥याउनु पर्ने र गणित विषयमा रहेको न्यून
सिकाइ उपलब्धिमा सुधार ल्याउन अनुगमन, सुपरीवेक्षणमा सक्रियता ल्याउनु पर्ने देखिन्छ ।
