दलितमहिलाको नेतृत्वविकास र चुनौतीःएक समाजशास्त्रीयअध्ययन {Leadership Development and Challenge to Dalit Women: A Sociological Study}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
Faculty of Sociology
Abstract
आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कतिक, शैक्षिक लगायतका सबैक्षेत्रमा पछाडि परेको दलित समुदायलाई मूल प्रवाहीकरण गर्नका लागि समावेशीलोकतन्त्रले स्थानीय तहका निर्वाचनमा सबै वडाहरुमा दलित महिला सदस्यको एक सिटआरक्षण गरेको सन्दर्भ दलित महिलाको पष्ठभूमि र नतृत्वका चुनौतीका विषयमा केन्द्रितभई अध्ययन गरिएको हो । यस अध्ययनलाई कास्की जिल्लाका एक महानगरपालिका रचार गाँउपालिकाका ७२ वडास्तरसम्म केन्द्रित गरिएको छ । वडास्तरिय संरचनामा एकजना वडाध्यक्षको नेतृत्वमा अन्य चार जना वडा सदस्य रहने व्यवस्था रहेको छ । चारजना वडा सदस्यमा दुई जना खुला र बाँकी दुई महिलाबाट छनौट हुने व्यवस्था छ । दुइमहिला सदस्यमा एक जना दलित महिलाहरु बीचमा मात्र प्रतिस्प्रर्धा हुने गरी आरक्षणकाप्रावधान राखिएको छ । निर्वाचित दलित महिला सदस्यहरुसंग मुख्य रुपमा प्रश्नावलीअन्र्तवार्ताका माध्यमबाट सुचना संकलन गरी सामान्य गणितीय सुत्रहरुको प्रयोग गरीतुलनायोग्य बनाई तालिका, पाईचार्ट, स्तम्भचित्रबाट तथ्याङ्कहरु प्रस्तुत गरिएको छ ।
दलित नेतत्वका पृष्ठभूमिको अध्ययन गर्दा मुलभूत रुपमा समग्र दलितको कमजोरअवस्थाको प्रतिनिधित्व यस कास्की जिल्लामा पनि रहेको पाइन्छ । नेतृत्वमा रहेका ७८प्रतिशत सदस्यको शैक्षिक अवस्था एस.एल.सी.भन्दा कम भएको देखिन्छ । निर्वाचित भराजनीतिमा आउनुपूर्वको पेशागत अवस्था हेर्दा ७७ प्रतिशत सदस्य कृषिमा आबद्धताभएको पाइन्छ । ५४ प्रतिशत सदस्य स्थानीय तहको निर्वाचनका बेलामा मात्र दलियआवद्धतामा रहेको पाइन्छ । ७५ प्रतिशत नेतृत्वको परिवारका कुनै पनि सदस्य वानजिकका आफन्त राजनीतिका क्रियाशिल भएको पाइदैन । २७ पतिशत सदस्य कुनै पनिसामाजिक संघ संस्थामा संलग्न नभएको पाइन्छ । दलित महिला सदस्यका परिवारमा आयआर्जन गर्नका लागि श्रीमान वैदेशिक रोजगारमा गएको र केही मात्र स्वदेशमास्वरोजगारीमा रहेको देखिन्छ । धार्मिक आस्थाका तवरबाट हेर्दा लगभग सबै हिन्दधर्मालम्बी भएको देखिन्छ । सामुहिक कार्यक्रममा छुवाछुतको पाटो उल्लेख गर्नु पर्ने गरीनदेखिएको भएपनि गाँउघर परिवारमा सो परम्परा कायमै रहेको पाइन्छ । महिला सदस्ययसरी कठिन पृष्ठभूमिबाट नेतृत्वमा आउनु भएको छ ।महिला नेतृत्वका लागि समाज सेवाको भावसहित राजनीतिमा लाग्दा अनेकाचुनौतीहरुको सामना गर्न परेको देखिन्छ । कार्यानुभवको कमी, नेतृत्व सीपको कमी,समाजबाट सहज तवरले नेतृत्व स्वीकार्न नसकेको, पदिय कार्य जिम्मेवारी कानूनी रुपमाप्रष्ट भै नसकको, पारिवारिक दायित्वले किचिरहको, आर्थिक व्ययभार बढी रहेको,पितृसत्तात्मक सोच हावी रहेको, सामाजिक कुप्रथा कायमै रहेको, महिला वा दलित महिलालक्षित कार्यक्रमभन्दा पूर्वाधार विकासमा नै बढी चाप परेको, जनअपेक्षा र सोकापरिपूर्तिमा सामञ्जस्यता नभएको, स्वकार्य र जनसेवामा समय व्यवस्थापन गर्न कठिनभएको, आय आर्जनको आफनो परम्परागत रोजगारीलाई निरन्तरता दिन नसकेको आदिअनेकौ चुनौती विद्यमान भएको जटिल परिस्थितिमा दलित महिला सदस्यहरु रहनु भएकाछ । सक्रिय उमेर सदस्यको बाहुल्यता, सेवाभावको सोच राखी खटेका, सिक्नका लागिप्रयत्नशिल रहेका, आफना नेतृत्व सफल बनाई यस क्षेत्रमा अन्य दलित महिलालाई पनिआउनका लागि प्रेरणा दिन गरी दृढ विश्वासका साथ लागेका सदस्यहरु भएकाले आउदापाँच वर्षसम्मको कार्यावधिमा अपेक्षित उपलब्धी हुने विश्वास गर्न सकिन्छ ।
