वैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभावः (पोखरा–२७, हेमजामा आधारित एक समाजशास्त्रीय विश्लेषण) {Impact of Foreign Employment on Household Livelihood: (Pokhara-27, a Sociological Analysis Based on Hemja)}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र सङ्काय
Abstract
नेपालको वैदेशिक रोजगारको इतिहास लामो छ । विशेष गरी सुगौली सन्धी (१८१६) पछि व्रिटिश
भारतीय सरकारले नेपालीलाई व्रिटिश भारतीय सेनामा भर्ति गर्न शुरु गरेपछि वैदेशिक रोजगारको
ढोका खुुलेको छ । जुन अहिले सम्म जारी छ । सीमित स्रोत साधन कम उत्पादकत्व, वेरोजगारीले
गर्दा मानिसहरूलाई वैदेशिक रोजगारीमा जान उत्प्रेरित गरेको छ । भने कतिपय व्यक्तिलाई
वैदेशिक रोजगारमा संलग्न साथीभाई इष्टमित्रहरूले वैदेशिक रोजगारमा आउनको लागि उत्प्रेरित
गरेका हुन्छन ् । अन्तर्राष्ट्रिय श्रम बजारको विश्वव्यापीकरण भएको अवस्थामा नेपाली पनि यस
देखि टाढा रहन सकेका छैनन ् । यसकारण नेपालीहरू पनि विश्वको विभिन्न भागमा रोजगारीका
लागि पुगेका छन ् । विशेष गरी मध्यम वर्गको नेपालीहरूले वैदेशिक रोजगारका लागि खाडी
राष्ट्रहरू र पूर्वी एशियाका देशहरूमा जान्छन ् । किन कि ती देशहरूमा प्राप्त हुने रोजगारको
आकर्षक गर्न सक्दछन ् । वैदेशिक रोजगार नेपालको राष्ट्रिय आयको मुख्य स्रोत भएको छ ।
वैदेशिक रोजगारमा थुप्रै किसिमका समस्याहरू भए तापनि विप्रेषण घरपरिवारको महत्वपूर्ण
आम्दानीको स्रोत भएको छ । यसले गर्दा वैदेशिक रोजगार जीविकोपार्जनको मुख्य आधार भै घर
परिवारको सामाजिक आर्थिक अवस्थामा ठूलो प्रभाव पारेको छ । यस अध्ययनको उद्देश्यहरू निम्न
छन् ः
सामान्य उद्देश्य ः
वैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभावबारे विश्लेषण गर्नु ।
विशिष्ट उद्देश्यहरू
वैदेशिक रोजगारप्रति घरपरिवारका सदस्यहरूको धारणा बारे अध्ययन गर्नु,
वैदेशिक रोजगारले गरिबी न्यूनिकरणमा पारेको प्रभावबारे विश्लेषण गर्नु रहेको छ ।
वैदेशिक रोजगारले घरपरिवारको जीवनयापनमा पारेको प्रभाव विषय शीर्षकमा कास्की जिल्लाको
पोखरा–२७, हेमजामा कार्यक्षेत्र अध्ययन गरिएको थियो त्यहाँ वैदेशिक रोजगारसँग संलग्न
घरपरिवारमा जम्मा २०९ छन ् । तिनीहरू मध्ये उद्देश्यमूल नमूना छनौट विधिबाट १०५
घरपरिवारलाई नमूना छनौट गरिएको छ । प्रस्तुत शोधपत्रमा प्राथमिक र द्वितीय दुवै खालका
तथ्याङ् क सङ् कलन गरिएको छ । आवश्यकता अनुसार सङ ् ख्यात्मक र गुणात्मक तथ्याङ ् क
सङ ् कलन गरिएको छ । साथै तथ्याङ ् क सङ ् कलन गर्नका निमित्त कार्य क्षेत्र अध्ययन प्रश्नावली
अनुसूची, मुख्य सूचनादाता र द्वितीय स्रोतको प्रयोग गरिएको छ ।
कार्यक्षेत्र अध्ययनको समयमा वैदेशिक रोजगारले घर परिवारको आर्थिक अवस्थामा प्रशस्त
योगदान पु¥याएको छ । वैदेशिक रोजगारले पारेको प्रभावको सम्बन्धमा परिवारको धारणा सन्तुष्ट
र असन्तुष्ट दुवै खालको पाइयो । तुलनात्मक रूपमा वैदेशिक रोजगारप्रति सन्तुष्ट रहेको
घरपरिवार धेरै र असन्तुष्ट रहेको घरपरिवार कम मात्रा पाइयो । अध्ययनको क्रममा वैदेशिक
रोजगारले सन्तुष्ट हुने परिवारले विदेशकै आम्दानीबाट घरपरिवारको खर्च, शिक्षा ऋण तिर्न, घर
मर्मत तथा घर निर्माण गर्न , जमिन किन्नको लागि गरेका छन ् । केही घरपरिवारका वैदेशिक
रोजगारमा संलग्न व्यक्तिहरूले तोकिएको जस्तो काम र तलब नपाउँदा आफ ् ना घरपरिवारको कुनै
पनि क्षेत्रमा उन्नति प्रगति नभएको पाइयो भने केही घरपरिवारमा पारिवारिक अवस्था विग्रेर
परिवार नै तहसनहस भएको पनि पाइयो । त्यस्ता घरपरिवारहरूमा वैदेशिक रोजगारप्रति
नकारात्मक धारणा रहेको छ ।
