दृष्टिबिहीन वालवालिकाहरुकाे शैक्षणिक व्यवस्थापन (Drishtibihina Balbalikaharuko shaikshanik byabasthapan)
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Abstract
शिक्षा प्राप्त गर्नु सवैको नैसर्गीक अधिकार भएकोले समाजका विकलाङ वालवालिकाहरुको शिक्षा तथा तालिमको अवस्थाका वारेमा अध्ययन गर्न ‘दूष्टिविहिन वालवालिकाहरुको शैक्षणिक व्यावस्थापन’ शिर्षकमा यो शोध अध्ययन सम्पन्न गरिएको छ यस शोध अध्ययनको मूख्य उद्धेश्य विशेष शिक्षा स्रोत कक्षाको शैक्षणिक व्यवस्थापनको स्थिति पत्ता लगाउनु रहेको छ ।
विशेष शिक्षा स्रोत कक्षाको शैक्षणिक व्यावस्थापनमा संलग्न प्र.अ.,स्रोत शिक्षक , आया र सम्वन्धित अन्य पक्षहरु विचको प्रत्यक्ष सम्वन्धले व्यावस्थापनलाई प्रभाव पार्ने हुदा व्यावस्थापनका सिद्धान्तहरु मध्ये जर्ज इल्टन मायो र मरी पार्कर फोलेटको मानव सम्वन्ध सिद्धान्त तथा शिक्षामा निष्पक्षता सिद्धान्त यस सोध अध्ययनको शैद्धान्तिक खाकाको रुपमा लिइएको छ । यस अध्ययनमा उदेश्यपूर्ण नमूना छनोट विधि प्रयोग गरी श्री फिदिम स्रोत केन्द्रको गढि मा.वि.कक्षाका स्रोत शिक्षकहरु , प्र.अ. आया , स्रोत व्यक्ति , वि.व्य.स.अध्यक्ष , विद्यार्थीहरु र अभिभावकहरु संग प्रश्नावली , छलफल र स्थलगत सर्वेक्षणका माध्यमवाट तथ्याङकसंकलन गरीएको थियो ।
यस अध्ययनमा स्रोत कक्षाहरुको आवास भवन पूर्णरुपमा घेरावारा नभएको , भवन आवासको मापदण्ड अनुरुप नवनेको , छात्रछात्राहरुका लागि छुट्टा छुट्टै आवास भवन नवनेको पाइयो। भवनमा झ्याल डोका प¥याप्त नभएको खाना वनाउने सामग्रीहरु प¥याप्त रहेपनि उपयुक्त भौतिक सामान सहितको नरहेको पाइयो । कक्षामा दृष्टिविहिनहरुका लागि आवश्यक व्रेल वुकहरु प्रसश्त मात्रामा रहेको पाइयो । विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापको अवस्था सन्तोेष जनक पाइएन । शैक्षणिक व्यावस्थापनमा प्र.अ. , स्रोत शिक्षक र आयाको भुमिका महत्वपूर्ण पाइयो । भने महंगीको अनुपातमा सरकारी अनुुदान तलव र भत्ता वृद्धि नभएको पाइयो । शैक्षणिक व्यावस्थापनमा आर्थिक स्रोत जुटाउनका लागि सरकारी र गैर सरकारी गएर संस्थाहरु संग समन्वय नगरीएको विद्यार्थीहरुलाई चिकित्सा सेवा उपलव्ध नगराइएको स्वास्थ्यप्रद वसाईका लागि आवश्यक भौतिक सुविधाको लागि व्यावस्था गर्नू पर्ने निष्कर्ष निकालिएको छ ।
विशेष प्रकारको शिक्षाको आवश्यकता भएको असाधारण बालवालीकाहरुलाई शिक्षा प्रदान गर्न स्रोत कक्षाको आवास व्यवस्थापनमा मात्र सुधार गरेर गुणस्तरिय र प्रभवकारी शिक्षा प्रदान गर्न सकिन्छ भन्नु एक पक्षय बुझाई मात्रा हुन जान्छ । तसर्थ विशेष शिक्षाको स्रोत कक्षामा अध्यायनरत विद्यार्थीहरुलाई गुणस्थरीय शिक्षा र व्यावसायीक तालीम तथा सीप प्रदन गर्न निम्न क्षेत्र तथा विषयहरुमा विशेष शिक्षा सग सरोकारािलाहरुले थप अध्ययन अनुसन्धान गर्न सक्ने गरी सुझावहरु प्रस्तुत गरीएको छ ।
विशेष शिक्षा का अपेक्षा र उपलव्धिहरु ,विशेष शिक्षाको शैक्षिक अवस्थाको व्यवस्थापन,आर्थिक अवश्थाको व्यवस्थपन भौतिक अवश्थाको व्यवस्थपन,प्रशासनिक अवस्थाको व्यवस्थपन, बिशेष शिक्षाको व्यवस्थापनमा संलग्न व्यक्ति तथा संस्थको भूमिका,विशेष शिक्षाको स्रोतको व्यवस्थापन आदी पक्षहरुमा थप अनुशन्धान हुनजरुरीरि छ ।
विशेष शिक्षाका सम्वन्धमा छुट्टै निति र पाठ्यक्रम निर्माण गर्नु पर्ने, दृष्टिविहिन वालवालिकाहरुलाई शिक्षा तथा तालिमको व्यवस्था गरी रोजगारीका विभिन्न क्षेत्र साथै राज्यको निकायमा पहुँच प¥याउन आरक्षणको व्यावस्था गर्नु पर्ने, आवासको भौतिक तथा शैक्षिक स्थिति सुधार्न सरकारी अनुदानलाइ महंगीको अन्तरमा बृद्धि गरिनु पर्ने, व्यावस्थापनमा आर्थिक स्रोत जुटाउन सरकारी र गैरसरकारी संस्था तथा व्यक्तिहरुसंग समन्वय गर्नु पर्ने देखिन्छ ।
