काेमलप्रसाद पाेखरेलकाे ''मेराे अमेरिका यात्रा'' निवन्ध सङग्रहको कृतिपरक विश्लेषण र मूल्याङकन {Komalprasad pokhrelko mero america yatra nibandha sangrahako kirtiparak bislesan ra mulyankan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
Abstract
शोधसार
'मेरो अमेरिका यात्रा’ निबन्ध सङग्रहको कृतिपरक विश्लेषणग्रहको तथा मूल्याङतथा
शोधपत्रको प्रयोजन;त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाम, नेपाली विभाग अन्तर स्नातकोत्तर तह दसौं पत्रको लागि प्रस्तुत गरिएको हो ।
शोधनिर्देशकः उप.प्रा. रामप्रसाद गुरागाइँ नेपाली विभाग, इलाम
शोधार्थीः ठगबहादुर विश्वकर्मा
शैक्षिक सत्रः २०६३÷०६५
प्रस्तुत मितिः–२०७१÷२÷१७
प्रस्तुत शोधपत्र निबन्धकार कोमलप्रसाद पोखरेलको मेरो अमेरिका यात्रा निबन्ध
सङ्ग्रह २०६८ को कतिपरक विश्लेषणमा आधारित छ । यस शोधपत्रको पहिलो परिच्छेदमा
शोधपत्रको परिचय प्रस्तत गरिएको छ । शोधपत्रको शीर्षक, प्रयोजन, विषय परिचय,
समस्या कथन, शोधको उद्देश्य, पूर्वकायको समीक्षा, शोधकार्यको औचित्य, शोधकार्यको
सीमाङ्कन, सामग्री सङ्कलन तथा शोधविधि, प्राक्कल्पनाका साथै शोधपत्रको रूपरेखा यस
परिच्छेदमा समावेश गरिएको छ ।
दोस्रो परिच्छेदमा इलाममा जन्मेर झापामा आफ्नो जीवन गुजारा गरिरहेका
कोमलप्रसाद पोखरलेको जीवनी र उनका व्यक्तित्वको छोटकरीमा परिचय प्रस्तुत गरिएको
छ । यसै परिच्छेदमा पोखरेलले आफ्ना जीवनमा प्राप्त मानसम्मान तथा पुरस्कारहरूको
चर्चा गरिएको छ । त्यस्तै गरेर पोखरेलले साहित्य सजनातर्फ लाग्ने प्रेरणा र प्रभाव ग्रहणका
कुराहरू पनि जीवनी र व्यक्तित्वका शीर्षकमा चर्चा गरिएको छ ।
तेस्रो परिच्छेदमा नेपाली निबन्ध परम्पराको थालनीदखि यसका प्रवत्तिहरू हुँदै
नियात्रा साहित्यको ऐतिहासिक स्वरूपलाई छोटकरीमा चिनाइएको छ ।
चौथो परिच्छेदमा साहित्यकार कोमलप्रसाद पोखरेलको पचास वर्ष लामो
साहित्य यात्रालाई तीन चरणमा विभाजन गरी उनका चरणगत उपलब्धीहरूको मूल्याङन
तथा विश्लषण गरिएको छ । यहाँ उनका साहित्यिक प्रवृत्तिहरूको छोटकरीमा चर्चा गरिएको
छ ।
पाँचौ परिच्छेदमा कोमलपसाद पोखरेलको यात्रा सस्मरणात्मक निबन्ध मेरो
अमेरिका यात्रा २०६८ लाई विश्लेषण गरिएको छ । यस संस्मरणमा रहेका तेह्र वटा यात्रा
संस्मरणात्मक निबन्धहरू पोखरेलले आफै अमेरिका भ्रमण गरेर तयार पारेका हुन् । यो
कृतिलाई नियात्राका रूपमा विश्लषण गरिएको छ ।
छैटौ परिच्छेदमा उपसंहार प्रस्तुत गरिएको छ । यसमा समग्र रूपमा
कोमलप्रसाद पोखरेलको जीवनी, व्यक्तित्व र साहित्यिक प्राप्तिहरूको सारांश प्रस्तुत गरिएको
छ । अन्त्यमा आवश्यक शाधशीर्षकहरू, सन्दभगन्थ सची राखि यो शोधपत्र पूरा गरिएको छ ।
