दराई परिवारमा सम्पति माथि महिलाहरुको स्वामित्व एवं निर्णय भूमिका (चितवन नगरपालिका वडा नं १२ मा गरिने समाजशास्त्रीय अध्ययन) {Ownership and Decision-Making Role of Women over Property in Darai Family (A Sociological Study to be Conducted in Ward No. 12 of Chitwan Municipality)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

माजशास्त्र संकाय

Abstract

सोधपत्र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकाय अन्र्तगत समाजशास्त्र र मानवशास्त्र विभागमा समाजशास्त्र विषयको स्नाकोत्तर तह द्धितीय बर्षका आठौ पत्रको लागि तयार पारिएको हो । उत्पादन व्यवस्थामा महिलालाई पुरुषको विकल्पका रुपमा नहेरी पुरुषका सहयोगीको रुपमा मात्र परिभाषा गर्ने प्रचलन र मान्यताले विश्वमा नै महिलाको आफना स्वतन्त्र भुमिका रहन सकको छैन । जवकी सामाजिक उत्पादन व्यवस्थामा महिला विनाका पुरुष र पुरुष विनाको महिलाको कल्पना हुदैन । दुवैको समान भुमिका र महत्व रहने गर्दछ । समाज विकाशको प्रारम्भिक समयमा जुन समाज शिकारी र कन्दमल बटुल्ने उत्पादन प्रणालीमा आधारित थियो , त्यस समयमा महिला र पुरुषको बराबरी हैसियत थियो । श्रम विभाजनको आधारमा काम हने भएता पनि त्यस बेला सामाजिक विभेदको अवस्था भनथिएन । समाज दास युगमा प्रवेश गरेपछि सम्पतिमा नीजि सवालले महत्व पायो । पुरुषहरु घर बाहिरका कार्यहरुमा र महिलाहरु बाल बच्चा स्याहार तथा कृषितर्फ उन्मख भए यस समयदेखि सम्पति माथि को नियन्त्रणमा पुरुषको पहुँच बढी रहन पुग्यो । महिलाका अधिकार , कार्यक्षेत्र तथा स्वतन्त्रहरुमा कटौती भयो । त्यस समय देखि नै महिलाको अवस्था पुरुषको तुलनामा कमजोर बन्यो यो प्रक्रिया दास उत्पादन हुदै पुँजीवादी उत्पादन प्रणाली सम्म आईपुग्दा झन जटिल र विसम बन्यो । समाजशास्त्रीय अध्ययनहरुमा जातजातिको जनजीवनसँग सम्बन्धित धेरै प्रकारका अध्ययन भएका छन साथै विभिन्न जातिका महिलाहरुको शैक्षिक अवस्था , समाजिक अवस्था , शसक्तीकरणले पारेको प्रभाव , प्रौढ शिक्षाले पारेको प्रभाव र पर्यटन विकाशमा महिलाको योगदान जस्ता विषयलाई लिएर विभिन्न अध्ययन भएको पाईन्छ तापनि यस अध्ययन क्षेत्रका दराइ महिलाहरुको बारेमा अध्ययन भएका पाईदैन । त्यसैलाइ मध्य नजर गरी “दराई परिवारमा महिलाको सम्पति माथि स्वामित्वको स्थिति र घरायसी निर्णय प्रक्रियामा महिलाको भुमिका”पत्ता लगाउने उद्धेश्यले यस सोधकार्यलाई अगाडि बढाईएको छ । यो अध्ययनमा वर्णनात्मक तथा विश्लेषणात्मक ढाँचाको प्रयोग गरिएको छ । यो अध्ययन क्षेत्रगत रुपले विविधता र असीमितता भएतापनि औचित्य र सन्दर्भका दृष्टिले भरतपुर नगरपालिकाको वर्डा नं. १२ दराईटोलमा मात्र सीमित गरिएको छ । अध्ययन क्षेत्रमा ५० घरधुरी दराई बस्ती रहेकोमा सम्पूर्ण परिवारका महिलालाई वैयक्तिक अध्ययनमा समेटदा उनीहरुको गहिराईमा पुग्न समय स्रोतको अभाव साथै सोधपत्र भद्धा हुने ठानी ५०घरधुरी मध्ये बाट महिलाको उमेर र परिवारको आर्थिक स्थितिको आधारमा वगीकरण गरी उद्धेश्यमुलक तरिकाले दुवै स्तर बाटै जम्मा २३ जना महिलाहरुलाई नमुनाको रुपमा लिइ तिनीहरुको वैयक्तिक अध्ययन गरिएको छ । यस अध्ययनलाई औचित्य पुर्ण बनाउनको लागि प्राथमिक तथा द्धितीय दुवै प्रकतिका तथ्याङ्कहरु संकलन गरिएको छ । व्यक्तिगत अध्ययन , अवलोकन र मुख्य सुचनादाता बाटप्राथमिक तथ्याङ्क प्राप्त भएका छनभने द्धितिय पकृतिका तथ्याङ्कको लागि विभिन्न लेखरचना , समीक्षा विश्वविद्यालयका सोधपत्र , पत्रपत्रिका जस्ता श्रोतबाट लिईएको छ ।व्यक्तिगत अध्ययनका आधारमा प्राप्त भएका गुणात्मक तथ्यहरुलाई विश्लेषण गर्दै वर्णनात्मक शैलीमा प्रस्तुत गरिएको छ पितृसतात्मक वा पुरुष प्रभुत्वलाई स्विर्काने उक्त दराई परिवारमा पैत्रिक सम्पतिका उत्तराधिकारी छोरालाइ न मानिले हुँदा अहिलसम्म महिलाको पहुँच पत्रिका सम्पति माथिपुगेको छैन । घरायसी सम्पतिको परिचालन महिलाको पहुँचमा भएको पाईएन । महिलाले माईती बाट पेवाको रुपमा पाएको वा राजश्व छुट पाउने आशामा महिलाको नाममा पासगरिएको भएता पनि घरजग्गा जस्ता अचल सम्पतिको भोगचलनको अधिकार महिलामारहेको पाईदैन । तर अन्य पेवा दाईजो तथा स्वआर्जनको सम्पतिहरु धेरै जसो महिलाहरु आफुले नै चलाउने गरेको पाईयो । आर्थिक निर्णयहरु त्यसमा पनि घरजग्गा जस्ता अचल सम्पतिको निर्णय पुरुषहरुले नै गर्ने गरेको पाईयो भने केही श्रीमान वैदेशिक रोजगारीमा गएका परिवारमा घरका अचल सम्पति वाहेकका अन्य आर्थिक लेनदेनहरु महिलाहरु स्वयमले नै गर्ने गरेको पाइयो ।आर्थिक निर्णयहरुमा महिलाहरुले लिन नसक्नुमा आर्थिक आय आर्जनमा पछाडि पर्नु नै हो भने परिवारमा महिलाको सम्पतिको स्वामित्वको अभाव र पुरुषलाई प्रमुख स्थान दिनुनै हो । दराई परिवारमा महिलाहरु आर्थिक निर्णयमा पछाडि भएतापनि अन्य निर्णयहरु सन्तान उत्पादन , शिक्षा , घरभित्रका भान्सा , मेलापात तथा संघ संस्था जस्ता विषयहरुमा महिलाहरुको पनि राम्रो सहभागिता तथा सक्रियता रहेको पाईयो ।

Description

Citation

Collections