विद्यालयमा वितरण हुने छात्रवृत्ति र त्यसको सिकाइमा प्रभाव{Bidyalayama bitaran hune chatrabriti ra tyasko sikaima prabhab}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
शिक्षाशास्त्र संकाय
Abstract
सामुदायिक विद्यालयमा वितरण गरिने छात्रवत्ति त्यसको सिकाइमा प्रभाव शीर्षकको यस अध्ययनको मुख्य उद्देश्य छात्रवृत्ति कार्यक्रमको शैक्षिक उपलब्धीमा पारेको प्रभाव लेखाजोखा गर्न रहेको छ । अध्ययनको उद्देश्य पुरा गर्न ताप्लेजुङ जिल्ला मैवाखोला स्रोत अन्तर्गत मौवाखोला
गाउँपालिकामा रहेको दुई वटा माध्यमिक र दुईवटा आधारभूत विद्यालयहरू छनौट गरिएको छ । सुचना सुरुवात गर्नका लागि सोही विद्यालयहरूका प्र.अ., शिक्षक, विद्यार्थी, स्रोतव्यक्ति नमुनाका रुपमा छनोट गरिएको छ । परिमाणात्मक तथ्याङ्कहरू अन्तर्वार्ता प्रश्नावली, छलफल, स्थलगत
अध्ययनको माध्यमबाट सङ्कलन गरिएको छ । माथि उल्लखित स्रोतहरूबाट प्राप्त तथ्याङ्कको व्याख्या विश्लेषण परिमाणात्मक तथा गुणात्मक विधिबाट गरिएको छ ।
अध्ययनको निष्कर्षले छात्रवृत्तिले विद्यार्थीहरूको सिकाई उपलब्धी बढेको देखिएता पनि सन्तोषजनक छैन । किनभने अध्ययन गरिएका विद्यालयका कतिपय कक्षाहरूमा छात्रवृत्ति नपाउने विद्यार्थीको सिकाइ उपलब्धी छात्रवृत्ति पाउने विद्यार्थी भन्दा बढी छ । यसको प्रमुख कारण प्राथमिक
तहका विद्यार्थीहरू र तीनका अभिभावकले छात्रवत्तिको तात्पर्य नबुझेको अवस्था छ जसको फलस्वरुप सामुदायिक विद्यालयमा छात्रवृत्तिको प्रभाव न्यन दखिन्छ तर छात्रवृत्तिले विद्यार्थी भर्ना दरमा भने बृद्धि भएको छ । छात्रवृत्ति स्वरुप पाएको रकम विद्यार्थीहरूल पोसाकमा पनि खर्च भएकाले यसले बालबालिका सरसफाइको स्थितिमा सधार ल्याएको छ । शिक्षक, प्र.अ., स्रोत व्यक्ति धारणा अनुसार छात्रवृत्ति शैक्षिक सत्रको अन्त्यमा वितरण गर्नुपर्ने र रकम वृद्धि गर्नुपर्ने धारणा विश्लषणबाट प्राप्त भएको छ । छात्रवृत्ति रकमको प्रयोग विद्यार्थीका पढाईमा सहयोग पुग्ने काममा
नै खर्च गन गरेको अभिभावकहरूको प्रतिक्रियाबाट पत्ता लागेको छ । सामुदायिक विद्यालयमा छात्रवृत्ति वितरण कतिपय विद्यालयमा औपचारिक समारोह बिना नै वितरण गर्ने गरेको साथै सामुदायिक विद्यालय तहमा सम्पूर्ण विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नुपर्ने धारणा अनुसन्धानबाट प्राप्त भएको छ । छात्रवृत्तिको प्रभावकारिता अझ बृद्धि गर्न विद्यार्थी छनोट गर्दा सामुदायिक विद्यालयमा छात्रा, दलित, सिमान्तकृत नभनी समग्रमा गरिबीको स्तर, नियमितता, सिकाइ उपलब्धी, लगानशीलता,अनुशासनलाई समेत आधार मान्नुपर्ने सुझाव प्राप्त भएको छ । छात्रवत्तिको कोटो विद्यार्थी सङ्ख्याको आधारमा उपलब्ध गराई रकमलाई विद्याथीहरूको शैक्षिक आवश्यकता अनुसार आवश्यक
शैक्षिक सामग्री वर्षभरीमा लागि पुग्ने गरी वृद्धि गरिनुपर्ने, छात्रवत्ति रकमका सदुपयोगका लागि सम्बन्धित विद्यार्थी एवम अभिभावकलाई सचेत गराउनु पर्ने, छात्रवृत्ति वितरणको प्रभावकारी निरिक्षण, अनुगमन र नियन्त्रणका लािग संयन्त्र निर्माण गरिनुपर्ने, वितरण प्रणाली पारदर्शी,प्रचारमुलक जिम्मेवारीपूर्ण हुनुपर्ने र प्रभावकारीता वृद्धि गन सम्बन्धित विद्यार्थी, अविभावक, शिक्षक प्र.अ. स्रोत व्यक्ति र अन्य सरोकारवालाहरूको सकारात्मक भावनाको विकास गर्न आवश्यक रहेको कुरा अध्ययनल सिफारिस गर्दछ ।
