कक्षा सातको नेपाली किताबमा आधारित नमुना शब्दकोश{Sample Dictionary Based on Nepali Book of Class Seven}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली शिक्षाशास्त्र सङ्काय

Abstract

प्र्रस्तुत शोधपत्रको कक्षा सातको नेपाली किताबमा आधारित नमुना शब्दकोश शोध शीर्षक प्रस्तुत शोधको उद्देश्य कक्षा सातका बालबालिकाको स्तर सुहाउँदो एउटा नमुना शब्दकोशको निर्माण गर्नु हो । पाँच अध्यायमा विभाजित यस शोधको अध्याय एकमा परिचय, अध्याय दुइमा पूर्वकार्यको समीक्षा र सैद्धान्तिक अवधारणा, अध्याय तिनमा अनुसन्धान विधि, अध्याय चारमा कक्षा सातको नेपाली किताबमा आधारित नमुना शब्दकोशको प्रस्तुती र अध्याय पाँचमा निष्कर्ष तथा सुझाव रहेको छ । अध्यायको मूल भाग वा अध्याय चारमा ५०० शब्दलाई वर्णानुक्रममा राखी तिनको स्रोत, व्यत्पत्ति, शब्दवर्ग, शब्दस्रोत र अर्थलाई समावेश गरी वर्णानुक्रममा राखिएको छ । अध्ययनको अन्तिममा शोधलाई प्रामाणिक र वस्तुनिष्ठ बनाउन प्रयोग सन्दर्भ सामग्रीको सूची र परिशिष्ट राखिएको छ । वणविन्यास सम्बन्धी समस्याको समाधान भइसके तापनि शब्दकोश तथा पाठ्यपुस्तकमा भएको वणविन्या सगत अन्यौलता र छँदैछ त्यसमा पनि विद्यालय तहका लागि लेखिएका शब्दकोशको अवस्था ज्यादै न्यून रहेको देखिन्छ । संक्षिप्त, सरल, सजिलो शब्दकोश भनी नाम दिएर विद्यालय तहका विद्यार्थीका लागि पाठ्यपुस्तक तथा दैनिक व्यवहारका शब्दहरू सङ्ग्रहीत गरेर शब्दकोश लेखिएको स्थिति छ तर यी शब्दकोशहरूको प्रयोग भने लक्षित वर्गले न्यून रूपमा मात्र गरेको पाइन्छ । अहिलेको समयमा पनि कुनै–कुनै विद्यालयमा शब्दकोश न राखिएको पाइँदैन । राखिएको भए तापनि अधिकांश शिक्षकले त्यसको प्रयोग नै गरेको पाइँदैन । यस्तो अवस्थामा विद्यार्थीले शब्दकोशको प्रयोग गर्नु टाढाको कुरा भयो । नेपाली भाषा विषयका लागि शब्दकोशहरूको लेखन व्यावसायिक रूपमा हुन नसके तापनि अध्ययन, अनुसन्धान तथा शोधकार्यको उद्देश्य पूर्तिका लागि मात्र हुने गरेको पाइन्छ । यसले गर्दा पनि कम्तीमा विद्लाय स्तरमा तहगत वा कक्षागत रूपमा शब्दकोशको निर्माण गर्नु आजको आवश्यकता रहेको छ । यसरी हेर्दा कक्षा सातका विद्याथीहरूको स्तर सुहाउँदो शब्दकोशहरू निर्माण गर्न सकिने स्थिति देखिन्छ । विद्यालय स्तरमा तहगत वा विषयगत शब्दकोश निर्माण गर्दा शिक्षण सिकाइ क्रियाकलापमा उपयोगी हुने देखिन्छ । जस्तै शब्दको अर्थ थाहा पाउन, शब्दको स्रोत पत्ता लगाउन, शब्दको वाक्य निर्माण गर्न, शब्दको शुद्ध हिज्जे प्रयोग गर्न, एक शब्दलाई अनेक अर्थमा प्रयोग गर्न, शब्दको निर्माण प्रक्रिया बुझ्न, शब्दहरूलाई कोशीय अनुक्रममा राख्न, विद्याथीहरूमा शब्दकोश हेर्ने तथा प्रयोग गर्ने बानीको विकास गर्न ।

Description

Citation