चमारजातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक अध्ययन (कल्याणपुर नगरपालिका वाड नं.३, जिल्ला सिरहा){A Study of the Socio-cultural and Economic Condition of the Chamar Caste (Kalyanpur Municipality Ward No. 3, District Siraha)}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

समाजशास्त्र सङ्काय

Abstract

प्रस्तुत शोधपत्र“चमार जातिको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाको एक समाजशास्त्रीय अध्ययन”शीर्षक अन्तर्गत सिरहा जिल्लाका कल्याणपुर न.पा.–३ क्षेत्रभित्र सीमित रही अध्ययन गरिएकोछ । यस नगरपालिकामा चमारहरुको सङख्या अति कम रहे पनि यस जातिले भोगेको सामाजिक सांस्कृतिक तथा आर्थिक अवस्थाहरुको अध्ययन गर्नको लागि वडा नं.–३ भित्र ५६ घरधुरीमा चमारहरुका अध्ययन गरिएको छ । अध्ययन धेरै विधिबाट गर्न सकिने भएतापनि सा्रेत साधन र समयका कारण अनुसन्धानका क्रममा अन्तरवार्ता र अवलोकन विधिलार्ई मात्र यस अध्ययनमा पयोग गरिएको छ । चमारहरुको अधिकार र समानताका लागि भएका राष्ट्रिय र अन्तर्राष्टिय प्रयास र प्रतिवद्धता विषयमा भए गरेको कुराहरुको खोजी गर्ने प्रयास गरिएको छ । शोधपत्रका चमारहरुको सामाजिक सांस्कृतिक र आर्थिक जीवनमा परेको असरका विषयमा अध्ययन गर्ने प्रयास गरिएको छ । साथै ऐतिहासिक पष्ठभूमि, समस्याको कथन, अध्ययनको उदेश्यहरु, अध्ययनका सीमा, र अध्ययनको सङगठन जस्ता कुराहरुयहाँ सामिल गरिएको छ । सन्दर्भ साहित्य अन्तगत रहेर यस क्षेत्रका चमारहरुको लागि भएका सैद्धान्तिक समीक्षा, अवधारणात्मक ढाँचा , सैद्धान्तिक मेललाई यस शोधपत्रमा समेटिएको छ । अनुसन्धानको क्रममा सख्यात्मक तथा गुणात्मक तथ्याङ्कहरुको संकलन, सकलन विधि र उपकरणहरुसाथमा व्याख्या तथा विश्लेषणको उल्लेख गरिएको छ । यस अध्ययनमा अवलोकन र अन्तरवार्ताका माध्यमबाट स्थलगत रुपमा अध्ययन क्षेत्रमा गई तथ्याङ्कहरु सङकलन गरिएको छ । अध्ययन वर्णनात्मक र विश्लेषणात्मक दुवै गरि मिश्रित ढाँचाको रहेको छ । नमूना छनौटको लागि ५६ घरधुरीका विभिन्न उमेर समुहका विभिन्न पेशा व्यवसायमा संलग्न चमारहरु छनौट भएका छन ।

Description

Citation

Collections