दलित विद्यार्थीहरुले बीचैमा कक्षा छाड्नुका कारणहरु {Dalita vidyarthiharule bicaima kakṣa chaḍnuka karaṇaharu}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Faculty of Education

Abstract

दलित बालबालिकाहरुले बीचैमा विद्यालय छाड्नुका कारणहरुको पहिचान गरि निराकरणका लागि उपायहरुको खोजी गर्नु वर्तमान परिप्रेक्षमा अत्यन्तै सान्दर्भिक हुने भएकाले “दलित विद्यार्थीहरुले बीचैमा कक्षा छाड्नुका कारणहरु ” शीर्षक राखी यो शोधपत्र तयार गरिएको छ । प्रस्तुत शोधपत्रका प्रमुख उद्देश्यहरु प्राथमिक तहका दलित विद्यार्थीहरुको विद्यालय भर्नाको स्थिति र सहभागिता अध्ययन गर्ने, प्राथमिक विद्यालयहरुमा बीचैमा कक्षा छाड्ने दलित विद्यार्थीहरुको संख्या पत्ता लगाउने र दलित विद्यार्थीहरुले बीचैमा विद्यालय छाड्ने कारणहरु पत्ता लगाई समाधानका उपायहरु सिफारिस गर्ने राखिएको छ । उल्लेखित उद्देश्य प्राप्तीका लागि प्बच िःबचह ९ज्ञडज्ञड(ज्ञडडघ० को सामाजिक वर्गिकरणको सिद्धान्त र ःबह ध्भदभच ९ज्ञडटद्ध(ज्ञढद्दण्० को सामाजिक स्तरीकरणको सिद्धान्तलाई यस अध्ययनको वैचारिक खाकाको रुपमा राखिएको छ । अध्ययनका लागि छनौट गरिएको क्षेत्र केराबारी स्रोतकेन्द्र (उत्तरी मोरङका पाँच गा.वि.स.हरु समेट्ने गरी ) का विद्यालयहरु मध्ये १० विद्यालयहरुलाई नमूना छनौट गरी अध्ययन कार्य सम्पन्न गरिएको छ । यसै गरी अध्ययनको तथ्याङ्क संकलनको लागि प्राथमिक तथ्याङ्क संकलन विधी अन्तर्गत दलित विद्यार्थी, दलित विद्यार्थीका अभिभावक र विद्यालयका विभिन्न जिम्मेवार व्यक्तिहरुसँगको प्रत्यक्ष अन्तर्वार्ता र छलफलबाट जानकारी लिई सोको विश्लेषण गरिएको छ । साथै तथ्याङ्क संकलनको लागि द्घितिय तथ्याङ्क संकलन विधि अन्तर्गत विभिन्न पत्र–पत्रीका, पुस्तक, सम्बन्धित शोध पत्रहरु, छनौट गरिएका विद्यालयका संकलित रेकर्ड ईत्यादिबाट सूचना समावेश गरी सोको विश्लेषण गरिएको छ । अध्ययनबाट प्राथमिक तहमा अध्ययन गर्ने दलित बालबालिकाहरुले कक्षा छाड्ने दर १०.८६% रहको र उक्त संख्या अन्य जातिको तुलानामा बढी नै रहेको पाइएको छ । दलित बालबालिकाहरुको कक्षा उत्तीर्ण दर समेत न्यून भएकाले कक्षामा अनुत्तीर्ण हुने डरले कक्षा छाड्नेको संख्या बढी रहेको पाइयो । प्राथमिक तहका दलित विद्यार्थीहरुले कक्षा छाड्नुका अन्य कारणहरु अध्ययन गर्दा आर्थिक तथा सामाजिक पक्षहरु पनि उत्तिकै जिम्मेवार रहेको पाइयो । विद्यालयहरुमा विद्यामान दलित विद्यार्थीहरुले कक्षा छाड्ने प्रवृत्तिलाई न्यूनीकरण गर्नका लागि सामाजिक चेतना, प्रोत्साहनमूलक शैक्षिक कार्यक्रम, सहभागितामूलक सिकाइ, भयरहित र बालमैत्री सिकाइ जस्ता कुराहरुमा जोडदिनु पर्ने कुराहरु मुख्य सुझावको रुपमा प्रस्तुत गरिएको छ ।

Description

Citation