कास्की जिल्लाको पत्रकारिता क्षेत्रमा महिला सहभागिताका समाजशास्त्रीय अध्ययन{Sociological study of women's participation in the field of journalism in Kaski district}
Date
Authors
Journal Title
Journal ISSN
Volume Title
Publisher
समाजशास्त्र संकाय
Abstract
कास्कीमा पत्रकारिता क्षेत्रमा महिलाहरूको सहभागीता बढ् दै गएको छ । यो अध्ययनले
कास्कीमा पत्रकारितामा महिलाहरूको आर्थिक तथा सामाजिक स्थिति कस्तो छ ?
उनीहरूका व्यवसायिक समस्या के छन् ? यो पेशामा किन लागे ? सञ्चार क्षेत्रमा भएका
लैंगिक विभेद, यो पेशा सम्वन्धि पत्रकार महिलाहरूका े धारणा आदि प्रश्नको सेरोफेरोमा रही
शोधपत्र तयार गरिएको छ । यस अध्ययनको मुख्य उद्देश्य कास्की जिल्लाको पत्रकारिता
क्षेत्रमा लागेका पत्रकार महिलाहरूको आर्थिक तथा सामाजिक अवस्थाको विश्लेषण गर्नु हो ।
यो शोध अध्ययनमा नेपाल पत्रकार महासंघ कास्की शाखामा सदस्यता लिएका ५० जना
पत्रकार महिला मध्ये ४४ जना सँग प्रश्नावली तयार गरी सर्भेक्षण फारम भरी अध्ययन
गरिएको हो । सर्भेक्षण फाराममा भरिका प्रश्नोत्तरको आधारमा तथ्याङ्ग विश्लेषण गरिएको
छ । यस अध्ययनले पूर्व अध्ययन समाग्रीको विश्ले षण गर्ने क्रममा नेपालमा पत्रकारिताको
विकासक्रम, नेपाली पत्रकारितामा महिला क्रियाशीलता, कास्कीको पत्रकारिताको विकासक्रम
र कास्कीको पत्रकारितामा महिला क्रियाशीलता लगायतका विषयहरूको विश्लेषण गरेको
छ ।
यस अध्ययनमा गरिएका तथ्याङ्क विश्ले षण, विवेचना र नतिजाहरूले कास्कीमा क्रियाशील
पत्रकार महिला पछिल्लो समयमा कास्कीमा संख्यात्मक रुपमा बढेको देखाएको छ । यस
क्षेत्रमा महिलाहरूलाई अवसर र सम्भावना सँगै पछिल्लो समयमा आर्थिक र सामाजिक
हैतियत पनि राम्रो भएको अध्ययनले देखाएको छ ।
यद्यपी विषयवस्त ु को ज्ञानको अभाव, समयले नबाधिएको पेशा र महिलाको दोहोरो
जिम्मेवारीका कारणले यसलाई महिलाले एक अवधि अगालेपछि विस्तारै छोड् न थालेको
पाइएको छ । चुनौती भित्र अवसर खोज्ने कतिपय महिलाहरू निरन्तर यही पेशामा लागेका
पनि छन् तर उनीहरूलाई सम्वन्धित निकाय नेपाल पत्रकार महासं घ, नेपाल सरकार
लगायत सम्वन्धित सं घसस्थाबाट उत्प्रेरणा गर्न आवश्यक देखिन्छ । महिलाहरूलाई
पत्रकारिता पेशामा टिकाई राख्नका लागि विभिन्न किसिमका आर्थिक तथा भौतिक सुरक्षाका
लागि नेपाल सरकारले पहल गर्नु पर्छ
